जसले डिजाइन गरे प्रहरीको 'स्मार्ट ज्याकेट'
नेपाल प्रहरीले औपचारिक पोसाक अन्तर्गत जाडो यामका लागि नयाँ ज्याकेट प्रयोगमा ल्याएको छ। यो ज्याकेट प्रारम्भिक चरणमा सिनियर अधिकारीहरूलाई उपलब्ध गराइएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए। पछि क्रमशः अन्य कर्मचारीलाई पनि उपलब्ध गराइनेछ। 'यसअघि जाडोको औपचारिक पोसाक स्वेटर थियो। अन्य सुरक्षा संगठनमा सिनियर...
