ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एमालेको महाधिवेशनमा २६ सय १३ प्रतिनिधि सहभागी हुँदै

२१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमाले को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको सूची अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ।  पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको समूह प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने काममा जुटेका छन्। ...

मोरङको रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो

२३ मिनेट अघि   सेतोपाटी

हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा- केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ। सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ।...

पोखरेली महिला यसरी बनाउँछन् पेपर पेन्सिल- तस्विर

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पत्रपत्रिका पढेपछि काम नलाग्ने वस्तुको रूपमा लिइन्छ। मिल्काइन्छ वा बेचिन्छ। पोखराका केही महिलाले भने यही पुराना पत्रपत्रिका प्रयोग गरेर पेन्सिल बनाइरहेका छन् । कोइकाको आर्थिक सहयोगमा पोखरेली सिसा कलम नामको परियोजना अन्तर्गत ‘पेपर पेन्सिल परियोजना सञ्चालनमा ल्याइएको हो। यो कामका...

एमाले महासचिवमा को–को छन् प्रतिस्पर्धी?

३० मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११औं महाधिवेशन सुरू हुन अब ५ दिन मात्रै बाँकी छ। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिए पनि अरू पदहरूमा दुवै प्यानलतर्फ को-को उम्मेदवार हुन्छन् यकिन भइसकेको छैन। नेताहरूले आफ्नो समूहमा आफू उठ्न चाहेको पद दाबी गरिरहेका छन्।...

१४ वर्षअघि सुनामी आएको जापानको उत्तर–पूर्वी क्षेत्रमा ७.५ म्याग्निच्युडको भुइँचालो

४७ मिनेट अघि   सेतोपाटी

जापानको उत्तर–पूर्वी क्षेत्र आइओमोरी वरपर मंगलबार राति ७.५ म्याग्निच्युडको शक्तिशाली भुइँचालो गएको छ। भुइँचालोमा परेर कम्तीमा ३० जना घाइते भएका छन् भने हजारौं मानिसलाई घर छाडेर सुरक्षित स्थानमा सारिएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार भुइँचालो राति ११:१५ बजे (स्थानीय...

रतुवा-केशलिया सडकको ठेक्का तोडियो

५९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडेको छ।  हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ।  सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न...

आजको 'हाइ-भोल्टेज म्याच'– विराटनगर भर्सेस सुदूरपश्चिम

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज मंगलबारबाट प्लेअफका खेल सुरू हुँदैछन्। मंगलबार अपराह्न ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर हुन लागेको हो। यो खेलको विजेता शनिबार हुने फाइनलमा पुग्नेछ।  सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो। अघिल्लो सिजन...

एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल सहितको टिम प्रतिनिधिहरूको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर जुटेका छन्।  विभागका प्रमुख अधिकारीले...

सार्कलाई गतिशील बनाउनु पर्छ : प्रधानमन्त्री

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेकामा जोड दिएकी छिन्। सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त...

महेश बस्नेतको आरोप– एमालेको महाधिवेशन बिथोल्न सरकारले नागढुंगा–मलेखु सडक बन्द गराउन लाग्यो

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारले पार्टीको महाधिवेशन बिथोल्न नागढुंगा–मलेखु सडक बन्द गराउन लागेको आरोप लगाएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियत राखेरै एमालेको महाधिवेशनको समय पारेर आगामी २४ (बुधबार) देखि पुस १ गतेसम्म बिहान साढे १० देखि...

राप्रपाले आज काठमाडौंमा बृहत् प्रदर्शन गर्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौं बृहत् प्रदर्शन गर्ने भएको छ।  राजा, जेनजी र राजनीतिक दलहरूबी त्रिपक्षीय सम्झौता हुनुपर्ने मागसहित राप्रपाले आज काठमाडौंको रत्नपार्कमा प्रदर्शन गर्न लागेको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मध्यान्ह १२ बजे प्रदर्शनमा सहभागी...

सुरक्षाको ग्यारेन्टी बिना अर्थतन्त्रमा विश्वास फर्किँदैन

१ घण्टा अघि   सेतोपाटी

अर्थतन्त्रको 'थ्रेट' सम्पादकीय नोट — भदौ २४ को प्रदर्शन क्रममा सरकारी संस्थाहरू मात्र होइन, निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानमाथि पनि ठूलो संख्यामा हमला भयो। व्यवसायीका घरदेखि होटल र व्यापारिक मलहरू आगजनी र तोडफोडको सिकार भए। यसले देशको अर्थतन्त्र हाँक्ने निजी क्षेत्रको मनोबलमा ठूलो धक्का...

अख्तियारका दुई सहसचिव सचिवमा बढुवा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत दुई सहसचिव सचिवमा बढुवा भएका छन्।  अख्तियारका सहसचिवद्वय पुष्कर सापकोटा र राजेन्द्रकुमार पौडेल सचिवमा बढुवा भएका हुन्।  सापकोटा कानुनतिरको सचिवमा बढुवा भएका हुन् भने प्रशासनतिरको सचिवमा पौडेल बढुवा भएका छन्।  सापकोटाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगद्वारा जारी विज्ञप्तिमा यही मङ्सिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटी सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरिएको छ।  आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले २०८२ भदौ ५...

आज भ्रष्टाचारविरुद्धको दिवस

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : आज भ्रष्टाचारविरुद्धको दिवस, विभिन्न कार्यक्रम गरि मनाइदैछ।  हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचारविरुद्धको दिवस मनाउने गरिन्छ। सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचारविरुद्धको दिवसका रुपमा मान्यता दिएको हो। आजको दिन संसारभरि...

तस्विरमा हेर्नुहोस् कालिकोटको ग्रामीण जनजीवन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कालिकोटको तिलागुफा नगरपालिका-२ स्थित देवारतोली गाउँ। घाम ताप्दै स्थानीयवासी।  हर्नुहोस् तस्विर-

लालीगुराँस गाउँपालिकामा माटोको उर्वराशक्ति जोगाउने अभियान

२ घण्टा अघि   थाहाखबर

धनकुटा : मानव स्वास्थ्य र माटोको उर्वराशक्ति जोगाउने उद्देश्यले तेह्रथुमको लालीगुराँस नगरपालिकाले अर्गानिक (प्राङ्गारिक) कृषि प्रणालीलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेको छ।  रासायनिक मलको अत्यधिक प्रयोगले माटो कमजोर र स्वास्थ्यमा जोखिम बढाइरहेको अवस्था मध्यानजर राख्दै, नगरपालिका नौवटै वडामा स्थानीय कृषकको सहभागितामा...

एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने

२ घण्टा अघि   सेतोपाटी

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ। त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन्। सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा...

फेरि बढ्यो अमेरिकी डलरको भाउ

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ केही वृद्धि भएको छ। आज अमेरिकी डल एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ। सोमबार अमेरिकी...

समानुपातिकतर्फ गरियो निर्वाचन अधिकृतको कार्यालय स्थापना

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो।. कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेको...

थर्पु अस्पतालमा आँखा उपचार सेवा शुरु हुने

३ घण्टा अघि   थाहाखबर

तनहुँ : म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा सञ्चालन गरिने भएको छ। यसका लागि म्याग्दे गाउँपालिकाले पोखरास्थित हिमालय आँखा अस्पताल घारीपाटन पोखरासँग सम्झौता गरेको छ। यो भेगका सर्वसाधारणलाई सहज रुपमा आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित हिमालय आँखा...

पदाधिकारीमा आकांक्षीको लर्को लागेपछि एमालेमा विधान संशोधन तयारी

३ घण्टा अघि   सेतोपाटी

विधान महाधिवेशनको तीन महिना नबित्दै नेकपा (एमाले) ले विधान संशोधनको तयारी गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको संरचना चार तहको रहने, केन्द्रीय कमिटी र पदाधिकारीहरूको संख्या पनि थप्ने संकेत गरेका हुन्। प्रेस चौतारी अध्यक्ष गणेश पाण्डेसँगको कुराकानीमा...

एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलको पहिलो क्वालिफायर्समा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ।  खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो चार बजे सुरु हुनेछ।  लिग चरणमा शानदार   प्रदर्शन गरेको सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुग्ने लक्ष्यमा छ। आजको विजेताले...

कस्तो रहला आजको मौसम ?

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम...