प्रिमियरको उद्यमशील प्रदर्शनीमा उद्योगजगतको ध्यानआकर्षण: व्यावसायिक प्रस्तावदेखि लगानीसम्म
प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलद्वारा आयोजित एक उद्यमशील प्रदर्शनी कार्यक्रमले युवा नवप्रवर्तकहरू, उद्योग क्षेत्रका विद्वानहरू तथा अभिभावकहरूलाई एकै स्थानमा ल्याउँदै विद्यार्थीद्वारा सञ्चालित व्यावसायिक अवधारणाहरूको प्रेरणादायी प्रस्तुति दिएको थियो। विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कक्षा ११ का एनइबी व्यवस्थापनका विद्यार्थीहरू...
