ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

यसरी हेरचाह गरिँदैछ सुकुम्बासी बस्तीमा रहेका घरपालुवा जनवरलाई (तस्बिरहरू)

१ मिनेट अघि   सेतोपाटी

सुकुम्बासी बस्तीमा रहेका घरपालुवा जनावरहरूको हेरचाह गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार घरपालुवा कुकुर, गाईलगायतलाई हेरचाह गर्ने काम भइरहेको छ। घरपालुवा जनावरहरूलाई स्नेहा केयर, क्याट लगायतका संस्थाहरूले खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी भएका घरपालुवा जनावरहरूको उपचार गर्ने कार्य गर्दै...

मनोहरामा प्रहरीले यसरी घरबाहिर निकाल्यो बिरामीलाई (तस्बिरहरू)

१० मिनेट अघि   सेतोपाटी

मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा डोजर चलिरहेको छ।  बिहान करिब १० बजेपछि त्यस क्षेत्रको संरचना भत्काउन थालिएको थियो।  शनिबार अ‍वरोध भएपछि आइतबार ठूलो संख्यामा प्रहरी उपस्थित भएर त्यहाँको घर टहरा भत्काउन थालिएको हो। अगाडि ठूलो संख्यामा प्रहरी तैनाथ गरेर डोजरले...

रकम दुरुपयोग गर्ने सहकारी सञ्चालकको अंशबन्डापछि सारिएको सम्पत्तिसमेत लिलाम हुने

१७ मिनेट अघि   सेतोपाटी

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्तालाई लक्षित गर्दै सरकारले नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। 'समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३' राजपत्रमा वैशाख १० गते प्रकाशित भएसँगै लागु भएको हो। सरकारले पहिलो चरणमा साना बचतकर्ताहरूको रकम...

एन्फा अध्यक्षसहित २४ जनाको पासपोर्ट कालोसूचीमा, विदेश जान रोक

४३ मिनेट अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसहित पंकजबिक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा परेको छ।  अध्यागमन विभागका अनुसार शुक्रबार एन्फाका २४ जनाको पासपोर्ट कालोसूचीमा राख्न निवेदन प्राप्त भएको र त्यहिँअनुसार कालोसूचीमा राखिएको छ। यसअघि राष्ट्रिय खेलकुद परिषदले एन्फाको विषयमा छानविन...

भोलि दिउँसो १ बजे कांग्रेस संसदीय दल नेता चयन गरिन्छ- सहमहामन्त्री रसाइली

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले सोमबार दिउँसो १ बजेसम्म पार्टी संसदीय दल नेता चयन भइसक्ने बताएका छन्। उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा संसदीय दल नेता चयनका लागि सहमति जुटाउन छलफल भइरहेको छ। सोमबार केन्द्रीय कार्यसम्पादन समिति...

अहिलेसम्म २१९ परिवारका ९९७ जना सुकुम्बासी पुगे रंगशाला

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहको निर्देशनमा भत्काइएका थापाथली, गैरीगाउँ, सिनामंगल लगायतका सुकुम्बासी बस्तीबाट आइतबार मध्याह्नसम्म २१९ परिवार रंगशाला पुगेका छन्। प्रहरीले सुकुम्बासी बस्ती भत्काएपछि अन्त कतै जाने ठाउँ नभएका र आफै आवास प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सुरूमा दशरथ रंगशाला लगिएको हो। त्यहाँ विवरण टिपेपछि विभिन्न पाँचवटा 'होल्डिङ सेन्टर'...

कांग्रेस संसदीय दल नेता चयनमा ढिलाइ किन?

१ घण्टा अघि   सेतोपाटी

चुनाव सकिएको डेढ महिना बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दल नेता चयन गर्न सकेको छैन। फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन भएको थियो। तर कांग्रेसले आज पनि संसदीय दल नेता चयन गर्न छलफल गरिरहेको छ। कांग्रेसमा जम्मा ३८ जना सांसद...

जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत

२ घण्टा अघि   सेतोपाटी

जापान वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका गणेशबहादुर खड्काले स्वर्ण पदक जितेका छन्।  गणेशले ८७ केजी माथि तौल समूहमा स्वर्ण जितेका हुन्। उनले स्वर्णको भिडन्तमा जापानका खेलाडीलाई हराएका थिए। यस्तै ८० केजी मुनीको तौल समूहमा प्रवीण श्रेष्ठले रजत पदक जित्न सफल...

अभिनेता रमित ढुंगानालाई मातृशोक

२ घण्टा अघि   सेतोपाटी

अभिनेता, निर्माता तथा निर्देशक रमित ढुंगानालाई मातृशोक परेको छ। उनकी आमा ज्ञानुदेवी ढुंगानाको ८८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो। ललितपुरस्थित सुमेरू सिटी अस्पतालमा उपचारका क्रमममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना...

बुटवलमा पनि चल्यो डोजर (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

बुटवल उपमहानगरपालिकाले झण्डै एक दशकदेखि अतिक्रमणमा परेको सरकारी जग्गामा डोजर चलाएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासको अनुरोधमा अतिक्रमणमा परेको उच्च अदालतकै जग्गा उपमहानगरपालिकाले आइतबार बिहान डोजर चलाएको हो।  डोजर चलाउने भएपछि त्यहाँका मानिसहरूले स्वस्फूर्त रूपमा सामानहरू सारेका थिए।  उपमहानगरपालिका...

'परालको आगो' को सुखद् सुरूआत, दुई दिनको कमाइ कति?

२ घण्टा अघि   सेतोपाटी

फिल्म 'परालको आगो' ले सुखद् सुरूआत गरेको छ। सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापा अभिनीत फिल्मले दुई दिनमै १ करोड रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको निर्माणपक्षले जनाएको छ।  निर्माता सुशील पोखरेलका अनुसार फिल्मले शुक्रबार र शनिबार गरेर उक्त कमाइ...

भत्काउनुअघि यस्तो देखियो मनोहराको सुकुम्बासी बस्ती (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

मनोहराको सुकुम्बासी बस्तीका घर-टहरा भत्काउन सुरू भएको छ।  शनिबार स्थानीयको अवरोधका कारण प्रहरी संरचना नभत्काइ फर्केको थियो।  आइतबार बिहान ठूलो संख्यामा मनोहरा पुगेको प्रहरी टोलीले १० बजेदेखि संरचना भत्काउन थालेको हो।  थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी बस्ती भने शनिबार नै भत्काइएको...

बिपी राजमार्गमा अलपत्र ४७६ यात्रुको उद्धार गरिँदै

२ घण्टा अघि   सेतोपाटी

बिपी राजमार्गमा अलपत्र ४७६ यात्रुको उद्धार भइरहेको छ। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले अलपत्र यात्रुको उद्धार भइरहेको बताए। शनिबार राति रोशी लगायत नदीमा भेलबाढी आउँदा बिपीको अस्थायी डाइभर्सन बगाएको थियो। डाइभर्सन खोलाले बगाएपछि काभ्रेको भकुण्डेबेसीबाट वैकल्पिक मार्ग, तेमाल गाउँपालिका...

बिपी राजमार्ग अवरूद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

३ घण्टा अघि   सेतोपाटी

बाढीले बिपी राजमार्ग अवरूद्ध छ। बाढीले सडक बिगारेपछि आज बिहानदेखि मर्मत कार्य सुरू गरिएको छ। आज थप पानी नपरे दिउँसो १:३० बजेबाट सडक खुल्नेछ। मंगलटारमा अलपत्र रहेका यात्रुहरूलाई वैकल्पिक सडकबाट गन्तव्यमा पठाइएको छ। महिला, बालबालिका र विदेश जाने टिकट भएका यात्रुलाई...

गगन थापाको नेतृत्वमा म र साथीहरू छौं- भीष्मराज आङ्देम्बे

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बेले आफू र साथीहरू सभापति गगन थापाको नेतृत्वमा रहेको उल्लेख गरेका छन्। उनले आफूले संसदीय दल नेतामा दाबी गरिरहेको बेला यो वा त्यो समूहको नभनिदिन पनि आग्रह गरेका छन्। ‘अहिलेको बेलामा पार्टीको नयाँ योजना र नयाँ...

एकैदिन तोलामा २७ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ बढेको छ।  शुक्रबार तोलामा दुई हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला दुई हजार सात सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार...

मनोहरा सुकुम्बासी बस्तीका घर-टहरा थालियो भत्काउन (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

मनोहराको सुकुम्बासी बस्ती भत्काउन थालिएको छ।  बिहान ९ बजे प्रहरी डोजरसहित पुगेकोमा साढे १० बजेपछि घर-टहरा भत्काउन थालिएको हो।  घर भत्काउनुअघि प्रहरीको टोली बस्ती छिरेको थियो। त्यसपछि काठमाडौं महानगर प्रहरीको टोलीले पनि हेरेपछि भत्काउन सुरू गरिएको थियो।  स्थानीयले शनिबारदेखि आइतबार...

मध्यरातसम्म चल्यो डोजर, ओतबिहीनहरू सुते सडक किनारामै

३ घण्टा अघि   सेतोपाटी

आँखैअगाडि ३० वर्षदेखि बस्दै आएको टहरा भत्काएपछि रातभरि निद्रा परेन विष्णु तामाङलाई। उनको पुर्ख्यौली थातथलो काभ्रे हो। तर उनी अहिलेसम्म गएका छैनन्। उनको परिवार नै शान्तिनगरस्थित सडक किनारामा आश्रय लिएर बसेका थिए। ‘मेरो पुर्ख्यौली घर त काभ्रे हो। त्यहाँ जग्गाजमिन...

मनोहराको सुकुम्बासी बस्तीमा छिर्‍यो प्रहरी

३ घण्टा अघि   सेतोपाटी

मनोहराको सुकुम्बासी बस्तीमा प्रहरी प्रवेश गरेको छ। बिहानै डोजरसहित ठूलो संख्यामा उपस्थित भएको प्रहरी १० बजेपछि बस्तीमा छिरेको हो। त्यसअघि जडिबुटी र लोकन्थली जोड्ने पुल मुनि प्रहरीहरू बसेका थिए। बस्ती छिर्नुअघि प्रहरीले स्थानीयलाई सम्झाइ बुझाइ गरेका थिए। अहिले दुई ठाउँबाट प्रहरीको...

गणित गुमाएका छौं, राजनीति हारेका छैनौं- राप्रपा अध्यक्ष लिङ्देन

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले गणित गुमाएको तर राजनीति नहारेको बताएका छन्। पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षामअन्तर्गत शनिवार तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीले...

उच्च अदालत तुलसीपुर बुटवल इजलासको अतिक्रमित जग्गा पनि खाली गराउने तयारी

४ घण्टा अघि   सेतोपाटी

बुटवल उपमहानगरपालिकाले झण्डै एक दशकदेखि अतिक्रमणमा परेको सरकारी जग्गामा डोजर लगाउने तयारी गरेको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासको अनुरोधमा अतिक्रमणमा परेको उच्च अदालतकै जग्गा उपमहानगरपालिकाले खाली गराउने तयारी गरेपछि त्यहाँ बसोबास गरेकाहरुले घर खाली गरिरहेका छन्। उपमहानगरपालिका स्रोतका अनुसार...

रोकिराखेको ट्रकमा गाडी ठोक्किँदा २ जनाको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

कपिलवस्तुमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्लाको महाराजगन्ज नगरपालिका – ११ बनगाइका ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका– ६ धरमनगरका ५५ वर्षीय चिन्नी कुर्मीको मृत्यु भएको छ। उनीहरु दुबै जनालाई जिल्ला अस्पताल तौलिहवामा  पुर्‍याइ चेकजाँच गर्दा...

मनोहरामा पुग्यो डोजर, ठूलो संख्यामा प्रहरी परिचालन (तस्बिरहरू)

५ घण्टा अघि   सेतोपाटी

मनोहरा सुकुम्बासी क्षेत्रको घर-टहरा आइतबार भत्काइने भएको छ। शनिबार थापाथली र  सिनामंगल क्षेत्रको सुकुम्बासी बस्तीका संरचना भत्काएपछि मनोहराको वस्ती पनि भत्काउका लागि सुरूमा प्रहरी पुगेको थियो। तर स्थानीयले अवरोध गरेपछि रात पनि परिसकेका कारण प्रहरी टोली फर्किएको थियो। आइतबार बिहान ९...

मनोहरा सुकुम्बासी बस्तीका मानिसहरूले निकाल्न थाले सामान

५ घण्टा अघि   सेतोपाटी

काठमाडौंको मनोहरा क्षेत्रमा बिहानैदेखि मानिसहरूले सामान सार्न थालेका छन्।  शनिबार बिहान थापाथली क्षेत्रमा, दिउँसो सिनामंगल क्षेत्रका सुकुम्बासी बस्तीका संरचना हटाएको थियो। अपराह्नतिरबाट मनोहरा क्षेत्रमा प्रहरी पुगे पनि स्थानीयले अवरोध गरेका थिए।  सुकुम्बासीहरू भेला भएर नाराबाजी गरेपछि केहीबेर ढुंगामुढा भएको थियो।...