ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

४० सेकेन्ड अघि   सेतोपाटी

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्। १४ हजार ९३१ मतअन्तरले विजयी भएका हुन्। उनले २२ हजार ८५० मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७९१९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६६४६...

दाङमा फराकिलो मतान्तर बनाउँदै रास्वपा

८ मिनेट अघि   सेतोपाटी

लुम्बिनी प्रदेशको दाङ जिल्लाका सबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतान्तरका साथ अग्रता लिइरहेको छ। दाङ नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीको राम्रो मत भएको जिल्ला मानिन्थ्यो। यसपालिको निर्वाचनमा भने यहाँ रास्वपाले यी तीनै दललाई पछि पारेको...

महेश बस्नेतले भने- परिणाम अनुकूल भएन, जनताको निर्णय सर्वोपरि

८ मिनेट अघि   सेतोपाटी

भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार्ने बताएका छन्। शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले जनताको निर्णयलाई सर्वोवरि भन्दै स्वीकार्ने बताएका हुन्। ‘यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णय नै...

बिहान ८ बजेसम्मको अपडेट – २८ सिटमा विजेता घोषित, कहाँ कसले जिते?

१२ मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। शनिबार बिहान ८ बजेसम्म २८ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अन्तिम परिणाम घोषणा भइसकेका २८ निर्वाचन क्षेत्रमध्ये २० वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् भने पाँच वटामा कांग्रेस,...

चितवन-२ बाट ३९ हजार मतान्तरसहित निर्वाचित भए रवि लामिछाने

३४ मिनेट अघि   सेतोपाटी

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।  शनिबार प्राप्त मत परिणाममा उनले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा जम्मा मत ८७ हजार ०२८ मत गणना भएको...

बाँके ३ मा रास्वपा उम्मेदवार खगेन्द्र सुनार विजयी

५२ मिनेट अघि   सेतोपाटी

बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भएका छन्। खगेन्द्र सुनारले २९५५१ ल्याएका छन्। आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्ललाई उनले ९९३६ मतान्तरले हराएका हुन्।  मल्लले १९६१५ मत प्राप्त गरेका छन्।  नेपाली कांग्रेसका अमरसिंह पुन १३२१५...

एमालेले कहाँकहाँ लिइरहेछ अग्रता?

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका शीर्ष नेताहरू निकै पछाडि देखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले निकै पछाडि पारेका छन्। निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार शाहले २६ हजार ६२ मत प्राप्त गर्दा एमाले...

सर्लाहीका सबै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता, कांग्रेस-माओवादीका ठूला नेतालाई धक्का

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा सर्लाहीका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ। सर्लाहीका चार क्षेत्रमध्ये तीन वटा क्षेत्रमा कांग्रेस र माओवादीका 'ठूला' नेताहरू चुनाव लड्न पुगेका थिए।  उनीहरूलाई पछि पार्दै रास्वपाले मतान्तर बढाइरहेको छ। यी क्षेत्रमा बढीमा २० हजार र कम्तिमा ३...

रवि लामिछानेले बनाए ३६ हजार बढीको मतान्तर

१ घण्टा अघि   सेतोपाटी

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो अग्रता कायम गरेका छन्।  उनले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेललाई ३६ हजार १४५ मतले पछि पारेका छन्।  पछिल्लो मत परिणाम अनुसार ७९ हजार ४४७ मत गणना...

महोत्तरी १ मा रास्वपाका प्रमोदकुमार महतो विजयी

१ घण्टा अघि   सेतोपाटी

महोत्तरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन्। उनी २२०१२ मतले विजयी भएका छन्। महतोले ३४ हजार ६३६ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत ल्याएको निर्वाचन आयोगको तथ्यांक छ।...

बाग्लुङ २ मा रास्वपा र कांग्रेसबीच कडा टक्कर

१ घण्टा अघि   सेतोपाटी

बाग्लुङ २ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसका उम्मेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ। पछिल्लो परिणामअनुसार रास्वपाका सोम शर्मा  १०११४ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका टेकराज पौडेलले १,००६ मत प्राप्त गरेका छन्। यी दुई बीच १०८ मतको मात्रै...

हिमाली भेगमा हल्का वर्षा तथा हिमपातको सम्भावना

१ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी...

राप्रपाले अग्रता लिइरहेको एक मात्र निर्वाचन क्षेत्र

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक मात्र सिटमा अग्रता लिएको छ। राप्रपाका ज्ञानेन्द्र शाहीले जुम्लामा आफ्नो अग्रता कायम राखेका हुन्। पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार २५९ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। उनका निकट प्रतिद्वन्द्वी नेपाली...

स्याङजा १ मा रास्वपाका धनञ्जय रेग्मी विजयी

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा स्याङ्जा क्षेत्र-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनञ्जय रेग्मी विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वीलाई १०२१४ मतअन्तरले पछि पार्दै जित निकालेका हुन्।  रेग्मीले २९०७१ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८८५७ मत...

रून्देही ४ मा रास्वपाका बनियाको जित

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा  रूपन्देही ४ मा रास्वपा उम्मेदवार विजयी भएका छन्। निर्वाचन कार्यालयका अनुसार रास्वपाका कन्हैया बनियाले २८ हजार ६६ मत लिएर विजयी भएका छन्।  रूपन्देही ५ निर्वाचन क्षेत्रमध्ये यो क्षेत्रमा तीन पक्षीय प्रतिस्पर्धा देखिएको थियो।  अन्तिम परिणाम...

अमरेशले बढाए मतान्तर, गगन थापा ३२ सय मतले पछि

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा सर्लाहीको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायम गरेका छन्।  उनले नेपाली कांग्रेसका सभापति गगन थापालाई ३२ सय मतले पछि पारेका हुन्।  निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार सिंहले ९०३७ मत ल्याएका...

गुल्मी २ मा गोकर्णलाई पछि पार्दै रास्वपाका गोविन्दको अग्रता

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ मा फेरि रास्वपाका गोविन्द पन्थीले अग्रता लिएका छन्।  पछिल्लो मतगणनाको परिणाम अनुसार पन्थीले १२ हजार ७३५ मत सहित अग्रता लिएका हुन्। उनका निकट प्रतिन्द्वन्द्वी एमालेका गोकर्ण विष्टले १२ हजार १६९ मत...

एमालेका भानुभक्त ढकाललाई पछि पार्दै तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा तेह्रथुममा कांग्रेस उम्मेदवार विजयी भएका छन्। निवर्चान अधिकृत कार्यालयका अनुसार कांग्रेसका सन्तोष सुब्बाले जित निकालेका हुन्।  सुब्बाले निकटतम प्रतिस्पर्धीलाई ८७९ मतले पछि पारेर विजयी भएका हुन्।  सुब्बाले ११५६१ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी एमालेका...

हर्क साम्पाङले उछिने गोमा तामाङलाई, कति ल्याए मत?

२ घण्टा अघि   सेतोपाटी

सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) लाई उछिनेका छन्। सुरूवातमा सरिनले अग्रता लिइरहेको सुनसरी १ मा अहिले हर्क साम्पाङ अघि छन्।  निर्वाचन आयोगको अद्यावधिक मतपरिणाम अनुसार यो क्षेत्रमा अहिले उनले...

सिन्धुपाल्चोक-१ मा रास्वपाको अग्रता कायम, अर्को क्षेत्रमा नेकपाका दुलाल अघि बढ्दै

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोकको दुई क्षेत्रमध्ये एक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अर्को क्षेत्रमा नेकपाले अग्रता लिएको छ।  क्षेत्र नम्बर एकमा रास्वपाका भरतप्रसाद पराजुलीले अग्रता लिइरहेका छन्। उनले ५११९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका माधव सापकोटाले...

बाँके १ मा रास्वपाका सुरेशकुमार चौधरीको जित

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेश कुमार चौधरी विजयी भएका छन्।  ५६ वर्षीय चौधरीले ३२७९२ मत प्राप्त गर्दै जित निकालेका हुन्।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण प्रसाद गौडेलले १५३०१ मत प्राप्त गरे।  यो क्षेत्रमा...

गगन थापाले छाडेको काठमाडौं-४ मा रास्वपाका पुकार बम विजयी

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बम विजयी भएका छन्। उनी २० हजार ३१८ मतान्तरले विजयी भएका हुन्। उनले २९ हजार १४२ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले ८ हजार ८२४ मत प्राप्त...

कांग्रेसका शेखर कोइराला भन्दा चार गुणाभन्दा बढी मत लिएर विजयी भइन रास्वपाकी रूविना

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रूविना आचार्य विजयी भएकी छन्।  उनले ५५५१३ मत प्राप्त गरेर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।  यहाँ निकटतम प्रतिस्पर्धी कांग्रेसका शेखर कोइराला भए। उनले १२८५० मत प्राप्त गरेका छन्। ...

बिहान ५ बजेसम्मको अपडेट – १९ सिटमा विजेता घोषित, कहाँ कसले जिते?

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। शनिबार बिहान ५ बजेसम्म १९ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अन्तिम परिणाम घोषणा भइसकेका १९ निर्वाचन क्षेत्रमध्ये १२ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् भने चार...