सुरू भयो मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरू भएको छ। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ। मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको...
