ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निजामती जागिर खाँदाको पहिलो निराशा!

६ मिनेट अघि   सेतोपाटी

सर्वसाधारणको सोचाइ तथा भनाइअनुसार ‘सबै सरकारी कर्मचारीहरू सुखी हुन्छन्, उनीहरूको जीवनशैली सधैँ सहज हुन्छ, दुःख भोग्नुपर्दैन...’ आदि आदि। वास्तवमा यो सोचाइ र भनाइ सबै कर्मचारीहरूमा भने लागू हुँदैन। सरकारी सेवाका सिलसिलामा आफूले भोगेका कैयन असहज अवस्थाहरूमध्ये केही प्रसंगहरू यहाँ प्रस्तुत...

एन्टोइन सेमेन्यो भित्रिए म्यानचेस्टर सिटी

७ मिनेट अघि   सेतोपाटी

 इंग्लिस क्लब म्यानचेस्टर सिटील बर्नमाउथबाट घानाका अन्तर्राष्ट्रिय खेलाडी एन्टोइन सेमेन्योलाई करिब ६ करोड ५० लाख पाउण्ड (करिब १० अर्ब ८० करोड नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको छ। सिटीले सेमेन्योको 'रिलिज क्लज' (सम्झौता फुकुवा रकम) तिरेपछि यो बर्नमाउथका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो मूल्यको...

पाँच महिनामा विदेशी आम्दानी खर्चभन्दा धेरै, बाह्य कारोबार ४२१ अर्ब बचतमा

८ मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा नेपालले विदेशबाट पाउने आम्दानी खर्चभन्दा धेरै भएको छ। यस अवधिमा देशको बाह्य कारोबारबाट ३५८ अर्ब ८३ करोड रूपैयाँ बचत भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत १५८ अर्ब ४५ करोड रूपैयाँ मात्रै...

शुल्क घटाउने सहमति लागू नभएको भन्दै त्रिविमा क्रान्तिकारीले लगाए ताला

१३ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर तथा रजिष्ट्रारको कार्यालयमा एक सातादेखि तालाबन्दी गरेका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास गरी चार विभागको शुल्क घटाउने गरी विद्यार्थीसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै...

एकै महिनामा १८३ अर्ब रूपैयाँको रेमिटेन्स

१५ मिनेट अघि   सेतोपाटी

मंसिर महिनामा मात्रै १८३ अर्ब रूपैयाँको रेमिटेन्स भित्रिएको छ। कात्तिक महिनासम्म ६८७ अर्ब रूपैयाँको रेमिटेन्स आएकोमा मंसिर अन्तिमसम्म आइपुग्दा कुल रेमिटेन्स ८७० अर्ब रूपैयाँ पुगेको हो। यससँगै चालु आर्थिक वर्षमा रेमिटेन्सको वृद्धिदर निरन्तर बलियो बन्दै गएको देखिएको छ।...

पाँच महिनामा नेपालको भ्रमण आय घट्यो, खर्च भने करिब ८९ अर्ब पुग्यो

२२ मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा नेपालको खुद सेवा आय ३६ अर्ब ५४ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ६७ करोडले घाटामा रहेको थियो। राष्ट्र बैंकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार...

समानुपातिक सूची विषयलाई लिएर राप्रपामा विरोध

२६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक उम्मेदवार सूची सच्याउन माग गर्दै नेताहरू केन्द्रीय कार्यालय धुम्बाराही पुगेका छन्। पार्टीले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभा समानुपातिक सूची सच्याउन माग गर्दै उनीहरू केन्द्रीय कार्यालय पुगेका हुन्। राप्रपा समानुपातिक सूचीमा पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी...

भेनेजुएलाकी विपक्षी नेता मचाडोबाट गत वर्षको नोबेल शान्ति पुरस्कार थाप्ने ट्रम्पको घोषणा

२७ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोबाट गत वर्षको नोबेल शान्ति पुरस्कार स्वीकार गर्ने बताएका छन्। इसराइल र हमासको युद्ध लगायत आठ वटा युद्ध रोकेको भन्दै ट्रम्पले नोबेल शान्ति पुरस्कार आफूले पाउनु पर्ने दाबी गर्दै आए पनि...

महॅंगी दर १.५ प्रतिशतमा सीमित, कात्तिकको तुलनामा मंसिरमा भने बढ्यो

२९ मिनेट अघि   सेतोपाटी

मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महॅंगी दर) १.६३ प्रतिशतमा सीमित देखिएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत थियो। अघिल्लो वर्षको यो महिनासँग तुलना गर्दा न्यून वृद्धिदरमा महॅंगी देखिए पनि कात्तिकको तुलनामा भने केही बढेको छ। कात्तिकमा...

नेपाल आएका संजय दत्तलाई कुन-कुन कलाकारले भेटे?

३२ मिनेट अघि   सेतोपाटी

चर्चित बलिउड अभिनेता संजय दत्तले नेपाली कलाकारहरूसँग भेटघाट गरेका छन्। अभिनेता प्रदीप खड्का, सन्दीप क्षेत्री, अभिनेत्री नीति शाह, गायिका स्मिता दाहाल लगायतले बिहीबार संजयसँग भेट गरेका हुन्।  कलाकारहरूले संजयसँग भेटका तस्बिर सामाजिक सञ्जालमा साझा गरेका छन्।  सन्दीप क्षेत्रीले 'बाल्यकालको हिरो' भन्दै...

भोलि १ बजे भृकुटीमण्डपबाट सुरू हुँदैछ विशेष महाधिवेशन र्‍याली

३७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो महाधिवेशनको तयारी तीव्र भइरहँदा विभिन्न समितिहरू सक्रिय भइरहेका छन्। त्यस क्रममा भ्रातृ तथा शुभेच्छुक समन्वय समितिले र्‍याली निकाल्ने भएको छ। समिति संयोजक तथा कांग्रेस नेतृ प्रतिमा गौतमले शनिबार दिउँसो समितिले र्‍याली निकाल्ने जानकारी दिएकी हुन्।  उनले दिउँसो...

महाधिवेशनले पुनरवलोकन गर्न सक्छ केन्द्रीय कार्यसमितिको निर्णय- महेश आचार्य

३८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता महेश आचार्यले कांग्रेसको १० प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यसमितिको कुनै पनि निर्णय पुनरवलोकन गर्ने प्रस्ताव राख्न सक्ने र महाधिवेशनबाट निर्णय  हुन सक्ने बताएका छन्।  सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आचार्यले ‘पार्टी विधानको निरन्तर बेवास्ता, नीतिगत अन्योल, सांगठनिक दुरावस्था...

कांग्रेस प्रचार विभाग प्रमुखले भने- यो संकटबाट पार्टीलाई बाहिर निकाल्नुपर्छ

४१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले अहिलेको संकटबाट पार्टीलाई बाहिर निकाल्नुपर्ने बताएका छन्। उनले संवाद र सहमतिबाट मतभेद अन्त्य गर्नुपर्ने बताएका हुन्। विशेष महाधिवेशनलाई लिएर कांग्रेसमा मतभेद भइरहेको छ। ‘निषेध, नियन्त्रण, अस्वीकार वा वहिस्कार होइन, विधि विधानका धाराको सहाराले मात्र...

विवादका कारण खेलकुद मन्त्री गुप्ताको अमेरिका भ्रमण रद्द

५३ मिनेट अघि   सेतोपाटी

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता आगामी माघ ३ गते अमेरिका भ्रमणमा जाने कार्यक्रम रद्द भएको छ।  मन्त्री गुप्ताका स्वकीय सचिव विनोद रिमालले समय अपुग भएकाले मन्त्री गुप्त अहिलेका लागि अमेरिका नजाने बताए।  'भिसा लगायतका प्रक्रियाका लागि समय लाग्ने भयो। त्यसैले समय अपुग भएकाले उहाँ अहिलेका लागि अमेरिका जानु...

विशेष महाधिवेशन पक्षमा ५०० जनाको हस्ताक्षर थप हुन्छ: विश्वप्रकाश शर्मा

५६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका पक्षमा अब ५०० जनाको हस्ताक्षर थप हुने अवस्था देखिएको बताएका छन्। आज विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेअनुसार विधानबमोजिम विशेष महाधिवेशन हुन लागेको बताए। पहिले...

कोही पनि नेता कार्यकर्ताले पार्टी विभाजन होस् भन्ने चाहेका छैनन्- नेता राणा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीका कुनैपनि नेता कार्यकर्ताले पार्टी विभाजन होस् भन्ने नचाहेको बताएका छन्। शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राणाले आसन्न प्रतिनिधि सभा निर्वाचन कांग्रेसका लागि ठूलो चुनौती रहेको उल्लेख गर्दै सामना गर्न पार्टीभित्र आन्तरिक एकता अपरिहार्य रहेको...

भोलिदेखि सुरू हुने एमाले केन्द्रीय कमिटी बैठकका यी हुन् कार्यसूची

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक शनिबारदेखि ललितपुरमा सुरू हुँदैछ। ललितपुर, एकान्तकुनास्थित म्याजिस्टिक ग्राण्ड भाटी भेन्यूमा बस्ने केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनीत गर्दैन। यसअघि सचिवालयले प्रदेश संयोजनको जिम्मेवारीसहित जिल्ला संयोजनको काम टुंग्याएकाले तीसँग सम्बन्धित विषय अनुमोदन हुने सचिव राजन...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो 'युनियन–पे कार्ड' सेवा

१ घण्टा अघि   सेतोपाटी

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले एनआइएमबी युनियन–पे कार्ड सेवा सञ्चालनमा ल्याएको छ।  बैंकले ग्राहकहरूका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआइएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको हो।  युनियन–पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा...

कांग्रेस विशेष महाधिवेशनबारे सर्वोच्चका पूर्वन्यायाधीश खतिवडाको टिप्पणी

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले कांग्रेस विशेष महाधिवेशनबारे टिप्पणी गर्दै 'विधिसम्मत रूपमा हुनुपर्ने महाधिवेशन हुनु नदिनु लोकतान्त्रिक मूल्य-मान्यताको प्रतिकूल कदम' भनेका छन्। पूर्वन्यायाधीश खतिवडाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो टिप्पणी सार्वजनिक गरेका हुन्। उनी लेख्छन्, 'नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा...

युवा तयार छन्, के प्रणाली पनि तयार छ?

१ घण्टा अघि   सेतोपाटी

नेपाल आज गम्भीर पर्यावरणीय मोडमा उभिएको छ। सुक्दै गएका पानीका स्रोत, बढ्दो वायु प्रदूषण, पहिरो, बाढी र अनियमित मनसुन अब भविष्यका चेतावनी होइनन्— यी हाम्रो दैनिक जीवनका यथार्थ बनिसकेका छन्। विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान भए...

विश्वप्रकाश शर्मासँगै चन्द्र भण्डारी र सुनिल शर्मा पनि विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डपमा मञ्चलगायत निर्माण भइरहेको छ। महाधिवेशन तयारी अवलोकन गर्न महामन्त्री विश्वप्रकाश शर्मा आज दिउँसो भृकुटीमण्डप पुगेका हुन्। सोही बेला केन्द्रीय सदस्य चन्द्र भण्डारी र निवर्तमान सांसद सुनिल शर्मा पनि भृकुटीमण्डप पुगेका छन्। उनीहरू दुवै नेता...

थुनामुक्त गर्न माग गर्दै टोपबहादुर रायमाझी उच्च अदालतमा, कैफियत प्रतिवेदन माग्न आदेश

१ घण्टा अघि   सेतोपाटी

थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पाटन पुगेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश भएको छ। पूर्वउपप्रधान एवं ऊर्जामन्त्री समेत भएका रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई थुनामुक्त गर्न माग गरेको निवेदनमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश...

२७ देखि ४६ वर्ष उमेर समूहको खर्चभन्दा आम्दानी बढी, १५ खर्ब २७ अर्ब जीवनचक्र घाटा

१ घण्टा अघि   सेतोपाटी

नेपालको जीवनचक्र खाता अनुसन्धानले २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिहरूको आम्दानी खर्चभन्दा बढी रहेको देखाएको छ। यस उमेर समूहमा जीवनचक्र नाफा देखिएको छ। समग्रमा भने नेपालीको श्रम आम्दानी भन्दा १५ खर्ब २७ अर्ब बढी खर्च हुने गरेको देखिएको छ।...

अमेरिकाले नेपालीहरूको भिसामा कडाइ गरेपछि पर्ने ४ असर, भिसा भएकालाई के हुन्छ?

१ घण्टा अघि   सेतोपाटी

अमेरिकाले बिजनेस (बी१) र भिजिट (बी२) भिसाका लागि नेपालीहरूलाई कडाइ गर्ने नीति लिएको छ। यी दुई भिसामा अमेरिका जान अब नेपालीहरूले ७ लाखदेखि २१ लाख रूपैयाँभन्दा बढी धरौटी राख्नुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले आउँदो माघ ७ (जनवरी २१) देखि...