महाधिवेशनको मुखैमा योगेश निकट ताप्लेजुङका दुई नेतामाथि एमालेको कारबाही
नेकपा एमालेका सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङका उनीनिकट दुई नेतालाई पार्टी प्रदेश कमिटीले कारबाही गरेको छ। पार्टी महाधिवेशनको मुखैमा प्रदेश सल्लाहकार परिषद् सदस्य तथा कोशीका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमुलाई प्रदेश कमिटीले कारबाहीको पत्र...
