ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पार्टी प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवार दिइने : शंकर पोखरेल

१५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवार दिइने बताएका छन्। ललितपुर, च्यालसस्थित एमाले केन्द्रीय कार्यालयमा ‘घर फर्क अभियान’का सन्दर्भमा आयोजित भेटघाट कार्यक्रममा उनले विभिन्न करणले पार्टीबाहिर रहेर फर्किने नेता, कार्यकर्ता कसैले पनि...

दाङमा अदालत र प्रहरी कार्यालय तोडफोड तथा आगजनी आरोपमा हालसम्म १९ जना पक्राउ

१६ मिनेट अघि   सेतोपाटी

भदौ २४ गते जेनजी आन्दोलनका नाममा अदालत र प्रहरी कार्यालयहरू तोडफोड गरेको आरोपमा हालसम्म प्रहरीले १९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। हालसम्म घोराही क्षेत्रबाट १४ र तुलसीपुर क्षेत्रबाट ५ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। उच्च अदालत तुलसीपुर र...

भारत सरकारले भन्यो– दिल्ली विस्फोट 'आतंकवादी हमला' हो

२० मिनेट अघि   सेतोपाटी

भारत सरकारले राजधानी दिल्लीको लाल किल्लामा भएको विस्फोटलाई 'आतंकवादी हमला' घोषणा गर्दै त्यससम्बन्धी प्रस्ताव पारित गरेको छ। भारतीय अखबार 'टाइम्स अफ इन्डिया' का अनुसार बुधबार बसेको साप्ताहिक मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संघीय मन्त्री अश्विनी वैष्णवले लाल किल्ला विस्फोट 'क्रूर र कायरतापूर्ण आतंकवादी हमला' भएको बताएका छन्। घटनामा संलग्न...

एभरेस्ट महिला भलिबल लिग : ललितपुरको अपराजित यात्रामा पूर्णविराम

४२ मिनेट अघि   सेतोपाटी

एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले पहिलो हार बेहोरेको छ।  बुधबार भएको दिनको दोस्रो खेलमा ललितपुरमाथि पोखरा निन्जाजले पहिलो जित निकालेको हो।  खेलमा पोखराले ३-० को सोझो सेटमा जित निकालेको हो।  पोखराले पहिलो सेट २५-२२ ले जित्यो। दोस्रो सेट २५-१३ र...

नितिश कि तेजस्वी– एक्जिट पोलका अनुसार बिहारको सत्ता यसपालि कसको हातमा?

४६ मिनेट अघि   सेतोपाटी

बिहार विधानसभा चुनावको दुवै चरणको मतदान सकिएको छ। चुनावको नतिजा शुक्रबार सार्वजनिक गरिनेछ। यस पटकको चुनावमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको एनडिए गठबन्धन तथा राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेसको महागठबन्धनबीच मुख्य प्रतिस्पर्धा छ। त्यस्तै, जन सुराज पार्टी पनि पहिलो...

एन्फा प्रेसिडेन्ट लिग : नव जनजागृतिको फराकिलो जित

५३ मिनेट अघि   सेतोपाटी

एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत बुधवार भएको खेलमा  नव जनजागृति युवा क्लबले टाइगर्स क्लबलाई ५–० ले हराएको छ। विजयी टोलीका विजय उरन्व, प्रताप सिंह राई, सुजन डङ्गोल, प्रताप सिंह राई र पूजन थापाले गोल गरे । प्रताप सिंह प्लेयर...

एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा : सर्वेक्षण

१ घण्टा अघि   थाहाखबर

हालै सार्वजनिक गरिएको एक अन्तरराष्ट्रिय सर्वेक्षणले मानिसहरूका लागि कृत्रिम बुद्धिमत्ता (एआई)द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज गरिएको सङ्गीतबीचको भिन्नता छुट्याउन झण्डै असम्भव भइसकेको देखाएको छ। फ्रान्सस्थित सङ्गीत स्ट्रिमिङ प्लेटफर्म डिजरका लागि पोलिङ फर्म इप्सोसले गरेको अध्ययनमा करिब नौ हजार...

गगन थापालाई संस्थापन पक्षको प्रश्न– क्रियाशील सदस्यताको टुंगो कहिले लाग्छ?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका संस्थापन पक्षधर महाधिवेशन प्रतिनिधी एवं कार्यकर्ताहरूले महामन्त्री गगन थापाले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाएका छन्।  पार्टीको १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण तथा नया सदस्यता वितरणसम्बन्धि समितिको संयोजक भएर थापाले जिम्मेवारी पूरा नगरेको उनीहरूले बताएका हुन्।...

दिल्ली विस्फोट योजनाबद्ध थियो कि आकस्मिक? के बम कारको बोनटमा लुकाइएको थियो?

१ घण्टा अघि   सेतोपाटी

भारतको राजधानी दिल्लीको मुटुमा कम्तिमा १३ जनाको ज्यान जाने गरी कार विस्फोट भएको दुई दिनपछि अनुसन्धानकर्ताहरू घटनाको रहस्य सुल्झाउने प्रयासमा छन् — के भयो र किन भयो? भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' का अनुसार सोमबार साँझ लाल किल्ला नजिक विस्फोट भएको कारका आधारमा...

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी...

दुर्लभ खनिज पदार्थ अमेरिकी सैन्य सामग्रीमा प्रयोग हुन नदिने चीनको नीति

१ घण्टा अघि   सेतोपाटी

चीनले अमेरिकालाई दुर्लभ खनिज पदार्थ निर्यात खुकुलो पार्दा तीनको सैन्य सामाग्रीमा प्रयोग भने नियन्त्रण गर्ने नीति लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच अक्टोबर महिनाको अन्त्यमा भेट भएपछि दुइ देशले एक वर्षका लागि व्यापार–युद्ध विराम गरेका...

मुख्यमन्त्री यादवको नियुक्ति विवाद : वैधताबारे कारणसहित लिखित जवाफ माग

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ।  न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले आज मुख्यमन्त्री यादवलाई १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ माग गर्ने आदेश गरेको हो।  मुख्यमन्त्री...

रक्षा बम भन्छिन्– युवाहरूमा पनि 'पावर हंगर' देखिएको छ

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि अधिकांश राजनीतिक दलहरू चुनावको तयारीमा छन्। नेकपा एमाले बाहेकका दलले फागुन २१ का लागि घोषित निर्वाचनमा भाग लिने सन्देश दिइसकेका छन्। यसबीच जेनजी प्रतिनिधिहरू राजनीतिमा होमिन्छन् कि होमिँदैनन्, नयाँ दल खोल्छन् कि पुरानैमा समाहित हुन्छन् भन्ने...

निर्वाचनको वातावरण निर्माणमा सबै सक्रिय भएर लाग्नु पर्छ- मुख्यमन्त्री शाह

१ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निर्वाचनको वातावरण निर्माणमा सबै पक्ष सक्रिय हुनुपर्ने बताएका छन्। बुधबार अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेतासमेत रहेका मुख्यमन्त्री शाहले मुलुक निर्वाचनको दिशामा अघि बढिसकेको भन्दै राजनीतिक र प्रशासनिक सबै निकायले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने...

इजरायली राष्ट्रपतिलाई ट्रम्पको आग्रह : प्रधानमन्त्री नेतान्याहूलाई माफी दिनुस्

१ घण्टा अघि   थाहाखबर

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बुधवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट एक पत्र प्राप्त भएको बताएका छन्। पत्रमा भ्रष्टाचारका तीन अलगअलग मुद्दाको सामना गरिरहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई माफी दिन आग्रह गरिएको छ। प्रधानमन्त्री नेतन्याहूले चलिरहेका अदालती मुद्दाहरूमा कुनै पनि गलत काम नगरेको...

संकटापन्न देश जोगाउन एकता : प्रचण्ड

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अहिले असाधारण संकटको अवस्थामा रहेको वस्तुगत आवश्यकताको आधारमा कम्युनिष्ट घटकबीच एकता भएको टिप्पणी गरेका छन्। बुधवार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी...

प्रधानमन्त्रीले गरिन् निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गरेकी छन्। आयोगका कार्यवाहक प्रमुख कायुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरू समेतको टोली छलफलका लागि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो। आयोगले निर्वाचन तयारीअन्तर्गतका...

गोविन्दा अस्पतालबाट डिस्चार्ज

२ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन्। मंगलबार राति १ बजे बेहोस भएपछि उनलाई मुम्बईको क्रिटिकेयर अस्पतालमा भर्ना गरिएको थियो। बुधबार दिउँसो उनी अस्पतालबाट बाहिरिँदै आफ्नो स्वास्थ्यबारे जानकारी दिए। उनले अत्यधिक शारीरिक क्रियाकलापका कारण थकान भएर बेहोस भएको बताए। गोविन्दाले...

जेनजी आन्दोलनपछि मात्र २१ दल दर्ताका लागि निवार्चन आयोगमा

२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको आन्दोलनपछि २१ दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन गर्न मिति तोकेको छ।  ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङको पार्टीका रूपमा चिनिएको उज्यालो नेपाल...

गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौँ जिल्लाकै उत्कृष्ट

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो। स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र...

नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्छ, युवाहरूलाई धेरै टिकट दिन्छौं: प्रचण्ड

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति हुने बताएका छन्। उनले नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो शक्ति हुनबाट अब कसैले रोक्न नसक्ने पनि बताए। ‘अस्ति १० पार्टीको ऐतिहासिक हो है यो एकता भनेको थिएँ, यसलाई...

चौथो खेलमा अपराजित कर्णाली फाइनलमा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : डिफेन्डिङ च्याम्पियन कर्णाली लगातार चौथो खेलमा अपराजित रहँदै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को फाइनलमा पुगेको छ। जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधवारबाट काठमाडौंमा सुचारू भएको हो। यसअघि पोखरामा लिग भए पनि आन्दोलनपछि आयोजक इनफिनिटी...

एभरेस्ट महिला भलिबल लिगमा मधेशमाथि कर्णालीको जित

२ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनका कारण स्थगित भएको एभरेस्ट महिला भलिबल लिगका  खेलहरू बुधबारदेखि सुरू भएका छन्। यसअघि पोखरा भएको प्रतियोगिताका बाँकी खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरु भएको हो। बुधबार भएको खेलमा कर्णाली याश्विसले मधेश युनाइटेडलाई ३-० को सेटमा...

जेनजी आन्दोलनपछि दल दर्ताको लहर चल्नु पछाडिका कारण के ?

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गैरराजनीतिक ब्यानरमा भएको ऐतिहासिक जेनजी आन्दोलनपछि नयाँ दल खोल्नेहरूको लर्को लागेको छ। मध्यावधि निर्वाचन नजिकिदै गर्दा विभिन्न पृष्ठभूमिबाट उदाएका व्यक्तिहरूले नयाँ दल खोलेका हुन् भने पुरानै दलबाट विद्रोह गरेर पनि कतिपयले नयाँ दल दर्ता गराएका छन्।    जेनजी आन्दोलनपछि ६...