ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मार्टिन गप्टिलले लगातार दोस्रो सिजन एनपिएल खेल्ने

३५ सेकेन्ड अघि   सेतोपाटी

न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण पनि खेल्ने भएका छन्। उनलाई विराटनगर किंग्सले उनलाई दोस्रो सिजनका लागि आबद्ध गरेको घोषणा गरेको हो। ३९ वर्षीय गप्टिलले गत सिजन विराटनगरका लागि ६ खेलमा १३७ रन जोडेका थिए।...

रास्वपाले केन्द्रीय विभागमा गर्‍यो जिम्मेवारी हेरफेर, कसको के जिम्मेवारी?

१ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठकले केन्द्रीय विभागको जिम्मेवारी हेरफेर गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख तोकेको छ। अधिकारी लामो समयदेखि नेपालका विविध अनुसन्धानमा कार्यरत रहेको प्रवक्ता मनिष झाले...

सहकारी पीडितद्वारा बुद्धनगरमा प्रदर्शन (तस्वीरहरू)

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को नेतृत्वमा आज सहकारी पीडितहरूले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयसामु प्रदर्शन गरेका छन्। सुशीला कार्कीको अन्तरिम सरकारले सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कुनै कदम नचलाएको उनीहरूले आरोप लगाएका छन्।

राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन सर्वोच्चको अन्तरिम आदेश

११ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ। आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजालासले राजदूत फिर्ता गर्ने सरकारको निर्णय अन्तिम निर्णय नहुन्जेलसम्म कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो। ‘अन्तिम आदेश...

बाह्रबिसे नगरपालिकामा अख्तियारले मार्‍यो छापा

१३ मिनेट अघि   सेतोपाटी

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार छापा मारेको छ। अस्पतालका लागि भन्दै मेयर बालकृष्ण बस्नेतले भोटेकोशी जलविद्युत आयोजनासँग ५ करोड रुपैयाँ लिएको आरोपमा लागेको थियो। सोही कारण अख्तियारको टोली नगरपालिका पुगेको स्रोतले जानकारी दिएको छ।  'अख्तियारमा उजुरी परेपछि टोली पुगेको हो,'...

प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरूको बैठक सुरू

१७ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको मुख्यमन्त्रीहरूको बैठक बालुवाटारमा सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न ४ बजेबाट बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए। बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती...

युनेस्कोले यसरी बनायो ललितपुरलाई संगीतको सहर

२६ मिनेट अघि   सेतोपाटी

युनेस्कोले छनोट गरेका विश्वका ५८ सहरमध्ये ललितपुर 'संगीत' विधामा छनोट भएको छ। युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रिएटिभ सिटिज नेटवर्क) अन्तर्गत विश्व सहर दिवसको अवसरमा शनिबार ललितपुरलाई यो विधामा छनोट गरिएको हो। रचनात्मक सहर सञ्जाल अन्तर्गत युनेस्कोले विश्वभरका सहरलाई आठ वटा रचनात्मक...

वाम्बुले राई भाषाको ‘२६औं कविता प्रतियोगिता’ माथिल्लो रिचुवामा हुने

३१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : किरात वाम्बुले राई भाषाको ‘२६औं कविता प्रतियोगिता’ ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका वडा-५ स्थित माथिल्लो रिचुवामा आयोजना हुने भएको छ।  वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिता आगामी २०८२ मंसिर २० गते माथिल्लो रिचुवा गाउँमा गर्ने  निर्णय गरेको हो। वाम्रासले...

बंगलादेश र मलेसियाविरूद्धको प्रारम्भिक टोलीका लागि प्रशिक्षक हरि खड्काले बोलाए ३५ खेलाडी

३९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले मलेसिया र बंगलादेशविरूद्धको खेलका लागि प्रारम्भिक टोलीमा ३५ खेलाडी बोलाएका छन्। खड्काले बंगलदेशविरूद्धको मैत्रीपूर्ण खेल र एएएफसी एसियन कप छनोटको खेलका लागि प्रारम्भिक टोली घोषणा गरेका हुन्।  यसअघि मुख्य प्रशिक्षक म्याट रसले पदबाट...

भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा

५३ मिनेट अघि   थाहाखबर

यस हप्ताको लगातार भारी वर्षा र बाढीका कारण मध्य भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन्। विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार २४ घण्टाभित्र १.७ मिटर (५ फिट ६ इन्च) सम्मको रेकर्ड वर्षा भएपछि तटीय...

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

५५ मिनेट अघि   सेतोपाटी

बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रराज भट्टका अनुसार सिगास गाउँपालिका–३ धमकट्टेका...

पदाधिकारीले केन्द्रीय समितिलाई बन्धक बनाए: नैनसिंह महर

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी पदाधिकारीहरूले केन्द्रीय समितिलाई बन्धक बनाएको बताएका छन्। पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका समयमै नल्याएर बारम्बार केन्द्रीय समिति बैठक स्थगित गरिएको भन्दै महरले यस्तो अवस्थाले समग्र केन्द्रीय समितिलाई नै बन्धक बनाएको अनुभूति भएको बताएका हुन्। मंगलबार...

गफले रोजगारी सिर्जना हुँदैनः हर्क साम्पाङ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाकाका प्रमुख(मेयर) हर्क साम्पाङको गफले मात्रै रोजगारी सिर्जना नहुने बताएका छन्। आइतवार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उनले यस्तो बताएका हुन्। उनले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताए। श्रम...

एक्स्ट्रा म्यारिटल अफेयर!

१ घण्टा अघि   सेतोपाटी

पियारा, एउटा प्रश्न गर्न मन थियो। मनमा हजार प्रश्नहरू त छन् तर ती सबै प्रश्नहरू सोध्न योग्य रहेनन् र अब उत्तर पाएँछु भने पनि ती उत्तर मेरा लागि उत्तर हुँदैनन्, झन् अर्को नयाँ प्रश्न बन्नेछन्। त्यसैले यो सम्बन्धबाट जाँदा-जाँदै एउटा प्रश्न...

कमेडियन कैलाश कार्कीको निर्देशनमा नयाँ कमेडी शो दर्शकमाझ

१ घण्टा अघि   सेतोपाटी

कमेडियन कैलाश कार्कीले नयाँ कमेडी कार्यक्रम दर्शकमाझ ल्याएका छन्। इम्प्रभ कमेडी विधामा आधारित 'फन टूस शो' शनिबारदेखि प्रसारणमा आएको हो। अब हरेक शनिबार राति ९ बजे ओएसआर रियालिटी च्यानलमा शो प्रसारण हुनेछ। हिल्स एण्ड होराइजन फिल्म्स प्रा.लि.को प्रस्तुत यो शोको निर्देशन...

आजदेखि सिंहदरबारको आफ्नै मन्त्रालयबाट शिक्षातर्फका सेवा सुरु

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि सिंहदरबारको आफ्नै भवनबाट शिक्षा तर्फको सेवा सुरु गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै उक्त जानकारी दिएको हो। जेनजी आन्दोलनको क्रममा मन्त्रालय जलेपछि सबै सेवा केशरमहलबाट सुचारु गरिएकाे थियो। सूचनामा भनिएको छ,‘मन्त्रालयबाट प्रवाह...

१५ दिनभित्र माग पूरा नभए फेरी बन्द हुने छ बञ्चरेडाँडा !

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बञ्चरेडाँडाबासीले फोहोर विसर्जन गर्न अवरोध गरेको चार दिनपछि उक्त अवरोध हटेको छ। अवरोध हटेपछि अहिले धमाधम फोहोर विसर्जन भइरहेको छ। तर,१५ दिनभित्रमा उनीहरूको माग सरकारले पूरा गर्न सकेन भने फेरी फोहोर विसर्जन...

सरकार, नर्सिङ संघ र निजी अस्पतालबीचको सहमति किन अस्वीकार गरे नर्सहरूले?

१ घण्टा अघि   सेतोपाटी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नर्सिङ संघ र निजी अस्पताल संचालकहरुबीच शनिबार भएको भनिएको सहमति आन्दोलनरत नर्सहरुले अस्वीकार गरेका छन्। नर्सहरुका तर्फबाट वार्तामा गएका नर्स तथा स्वास्थ्यकर्मी संघर्ष समितिकी संयोजक ज्योती रानाभाटले सहमतिपत्रमा हस्ताक्षर गरेकी छैनन् भने आन्दोलनलाई निरन्तरता दिने बताएकी...

दराज एक्सप्रेसद्वारा ‘लास्ट–माइल डेलिभरी सोलुशन’ सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेस (डिइएक्स) मार्फत नयाँ सेवा ‘लास्ट–माइल डेलिभरी सोलुशन’ सार्वजनिक गरेको छ। यो सेवा दराज प्लेटफर्ममा नभएका ब्रान्ड र विक्रेताहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधानका रूपमा ल्याइएको हो।  दराज...

केशर महलबाट फेरि सिंहदरबारमै सर्‍यो शिक्षा मन्त्रालय

१ घण्टा अघि   सेतोपाटी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय फेरि सिंहदरबारभित्रै सरेको छ। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयमा आगजनी भएपछि केशर महलबाट मन्त्रालयले कामकाज गर्दै आएको थियो। केशर महलबाट आज शिक्षा मन्त्रालय सिंहदरबारभित्रैकै भवनमा सरेको हो। शिक्षा मन्त्रालयका प्रवक्ता...

नेप्सेमा दोहोरो अंकको वृद्धि, फाइनान्स र जीवन बीमामा उच्च आकर्षण

१ घण्टा अघि   सेतोपाटी

आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१ विन्दुमा पुगेको हो।  आइतबार कारोबार रकम पनि बढेको छ। गत बिहीबार सात अर्ब ५१ करोड रूपैयाँको कारोबार भएकोमा यो आइतबार नौ अर्ब २० करोड रूपैयाँको कारोबार...

नेपाल प्रहरीका सई शेर्पा पासाङ ल्हामु शेर्पा साहसी महिला पर्वतारोही पुरस्कार’ बाट सम्मानित

१ घण्टा अघि   थाहाखबर

काठमाडौं  : नेपाल पर्वतारोहण संघ (एनएमए) को ५२औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरीकी सई कुन्जाङ छोपाल शेर्पा सम्मानित भएकी छन् ।  'पासाङ ल्हामु शेर्पा साहसी महिला पर्वतारोही पुरस्कार’ बाट सम्मानित भएकी हुन् । उनले सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी अधिकारीको...

क्रिश्चियनको हत्या भएको भन्दै नाइजेरियामा सैन्य कारबाही गर्ने ट्रम्पको धम्की

१ घण्टा अघि   सेतोपाटी

क्रिश्चियनहरूको हत्या भइरहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा सैन्य कारबाहीको धम्की दिएका छन्। आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा शनिबार पोस्ट गर्दै ट्रम्पले पश्चिम अफ्रिकी राष्ट्र क्रिश्चियनहरूको हत्या रोक्न असफल भए द्रुत गतिमा सैन्य कारबाहीका लागि तयार रहन रक्षा मन्त्रालयलाई...

पाँच दिनपछि काठमाडौँको फोहर उठ्न थाल्यो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पाँच दिनदेखि रोकिएको काठमाडौँको फोहर आज दिउँसोदेखि उठ्न थालेको छ। शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका बासिन्दासँग विभिन्न समयमा भएका सहमति १५ दिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि फोहर उठ्न थालेको हो। अवरोध हटेपछि सडकमै अलपत्र परेका र...