पहिरोले हेटौँडा-सिस्नेरी-दक्षिणकाली सडक अवरुद्ध
बागमती : हेटौँडा-काठमाडौँ जोड्ने हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ। अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ ज्यामिरेमा पहिरो खस्दा आज साँझदेखि सो सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। बिहीवारदेखि परेको अविरल...
