ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भारतबाट १६ बालबालिकाको उद्धार

७ मिनेट अघि   थाहाखबर

जनकपुरधाम : भारतका विभिन्न ठाउँबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरूलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ। मधेश प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न ठाउँ पुर्‍याइएका ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ संस्थाले...

लुटपाट गर्ने गिरोह पक्राउ

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गास्थित फूलबारी गेटमा खुकुरी देखाएर लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले एक महिलालाई खुकुरी देखाएर लुटपाट गर्ने मकवानपुरको भीमफेदी गाउँपालिका–५ घर भई काठमाडौँको बूढानीलकण्ठ बस्ने २६ वर्षीय...

नर्स-सरकार वार्ता टुंगोमा पुगेन

२५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : आन्दोलनरत नर्सहरूको मागबारे स्वास्थ्य मन्त्रालयसँग आज भएको वार्ता कुनै टुंगोमा पुग्न सकेन। सरकारले कार्यदल नै गठन गरेर आन्दोलनरत नर्सहरूसँग आज छलफल गरेको थियो। माग सम्बोधनका विषयमा आज कार्यदलको बैठक बसे पनि कुनै टुंगोमा नपुगेको नर्सिङ संघकी अध्यक्ष प्राध्यापक चन्द्रकला...

‘ए’ डिभिजन लिग गर्न खेलकुद मन्त्रालयद्वारा सरोकार पक्षसँग छलफल

४९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपालको घरेलु फुटबलको शीर्ष लिग आयोजना गर्ने विषयमा युवा तथा खेलकुद मन्त्रालयले सरोकारवाला पक्षसँग छलफल गरेको छ।  नेपाली घरेलु फुटबलको सहिद स्मारक ‘ए’ डिभिजन लिग दुई वर्षदेखि रोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले होम एन्ड अवे फरम्याटमा...

महामन्त्री गगन थापा आज किन सहभागी भएनन् केन्द्रीय समिति बैठकमा?

५१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापा बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमै सहभागी नरहेको पाइएको छ। दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दुई घन्टा ढिलो गरी बसे पनि थापा अनुपस्थित रहे। बिहीबार झन्डै ३ घन्टा बैठक बस्यो, १५ जनाले धारणा राखे।...

एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा सम्पन्न

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा कात्तिक १२ गते बुधवार सम्पन्न भएको छ। सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ। सभाले शेयरधनीहरूका लागि ६५ बोनस शेयर, १४५ नगद लाभांश (बोनस शेयरमा लाग्ने...

महाधिवेशन विवादबीच कांग्रेसका महानगर सभापतिहरूले दिए यस्तो चेतावनी

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसमा नीति र नेतृत्व परिवर्तनको माग उठे पनि महाधिवेशन कार्यतालिका ल्याउन ढिलाइ भइरहेको छ। आजदेखि सुरू केन्द्रीय समिति बैठकमा पनि महाधिवेशन लगायत १० एजेन्डामाथि नेताहरूले धारणा राखेका छन्। यो बैठक केही दिन अझै चल्नेछ। मंसिरभित्रै नियमित महाधिवेशन, नभए विशेष वा चुनाव सकेर...

कांग्रेस केन्द्रीय समिति बैठक : बहुसंख्यक सदस्य नियमित महाधिवेशनको पक्षमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।  पार्टीभित्र नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि रस्साकस्सी चलिरहेका बेला पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरूले नियमित महाधिवेशनमा जानु नै उपयुक्त हुने धारणा राखेको पार्टी...

चित्रे बजारवासीलाई प्रशासनिक काममा दुई जिल्ला जानुपर्ने बाध्यता

१ घण्टा अघि   थाहाखबर

धनकुटा : धनकुटा र तेह्रथुम जिल्लाको सिमाना रहेको चित्रे बजारका स्थानीय बासिन्दालाई प्रशासनिक कामका लागि दुई जिल्ला धाउन बाध्य छन्। चित्रे बजारको बीचबाट चलेको कोशी राजमार्गले बजारलाई दुई जिल्लामा विभाजित गरेको छ। सडकको दायाँतर्फ धनकुटाको महालक्ष्मी नगरपालिका र बायाँतर्फ तेह्रथुमको लालीगुराँस...

ओलीको 'इगो' पूरा गर्न अब नयाँ सरकार बनाउनुपर्ने?

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ को आन्दोलनबाट पदच्यूत भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवासहित नयाँ सरकार गठनको प्रस्ताव गरेका छन्। यसबीच एमालेको केन्द्रीय कमिटी तथा निर्णय गर्ने तहको कुनै पनि कमिटीको बैठक बसेको छैन। आफूलाई निवासमै भेट्न पुगेका मानवअधिकार अलायन्सका...

हतियार देखाइ लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

प्रहरीले हतियार देखाइ लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।  बिहीबार मकवानपुर भिमफेदी गाउँपालिका-५ का २६ वर्षीय सुर्यबहादुर घलान र सिन्धुली दुधौली नगरपालिका- १० का २३ वर्षीय मनोज चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।  परिसरका अनुसार उनीहरूले खुकुरी देखाई तारकेश्वर नगरपालिका-...

धनकुटा जिल्लाकै सफल कृषक बने वडाध्यक्षहरू

२ घण्टा अघि   थाहाखबर

धनकुटा : धनकुटाको धनकुटा नगरपालिका वडा नं. २ का चन्द्रलाल तामाङ र महालक्ष्मी नगरपालिका वडा नं. १ का टेकबहादुर गुरुङ जनप्रतिनिधिको जिम्मेवारीसँगै खेतिकिसानीमा सक्रिय छन्।​ दुवैजना वडाध्यक्षले दोस्रो कार्यकाल समालिरहेका छन्। उनीहरूले वडामा बसेर जनताको दैनिक काम र गुनासा सम्बोधनसँगै...

पोस्टमर्टम रिपोर्ट भन्छ– कम्तीमा एक मिटर टाढाबाट हानिएको थियो गोली

२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ को जेन–जी आन्दोलनमा देशभरि ७६ जनाले ज्यान गुमाएकामा काठमाडौंमा ३४ जनालाई प्रहरीको गोली लागेको पोस्टमर्टम रिपोर्टले देखाएको छ। महाराजगन्जस्थित टिचिङ अस्पतालको फरेन्सिक विभागले काठमाडौंमा मारिएका ४८ जनाको पोस्टमर्टम गरेकामा तीमध्ये ३४ जनालाई गोली लागेको खुलेको हो। विभागले आफ्नो विस्तृत रिपोर्ट नेपाल प्रहरीको केन्द्रीय...

सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : सञ्चारमन्त्री खरेल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले रिक्त रहेका देशमा तत्काल राजदूत नपठाउने भएको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिम सरकारले तत्काल राजदूत नियुक्त नगर्ने बताए। “रिक्त रहेका देशमा...

प्रधानमन्त्री कार्की-जर्मन राजदूत भेट : राहदानी छपाइका लागि पहल गरिदिन आग्रह

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा विचार आदानप्रदान भएको हो। प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि उनीहरूबीचको यो पहिलो...

नेपाल युएईसँग ५ विकेटले पराजित

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : आईसीसी विश्वकप लिग–२ मा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ५ विकेटले पराजित भएको छ। बिहीबार नेपालले दिएको २ सय ३४ रनको लक्ष्य युएईले ४३ दशमलव  ३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। युएईका आर्याशं शर्माले सर्वाधिक ९८ रनको...

सरकारको ऋण २७ खर्ब २४ अर्ब ६५ करोड पुग्यो, यो वर्ष कति थपियो?

३ घण्टा अघि   सेतोपाटी

सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण असोज मसान्तसम्म २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामै सरकारले १ खर्ब ८४ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण परिचालन गरिएको छ।...

कप्तान रोहितको शतकका बावजुद अंक तालिकाको पुछारको टोली युएईसँग नेपालको हार

३ घण्टा अघि   सेतोपाटी

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कप्तान रोहितकुमार पौडेलको शतकका बावजुद नेपालले युएईसँग पराजय भोगेको छ।  बिहीबार घरेलु टोली युएईले नेपाललाई ५ विकेटले पराजित गरेको हो। नेपालले दिएको २३४ रनको लक्ष्य युएईले ४३.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। युएईका लागि ओपनिङ...

नियमित कि विशेष महाधिवेशन भनेर अल्झिन हुँदैन, फागुन २१ को चुनावमा जानुपर्छ: ईन्द्र बानियाँ

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले फागुन २१ काे निर्वाचनपछि पार्टीकाे १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन्। बिहीबारकाे केन्द्रीय समिति बैठकमा बोल्दै उनले निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका हुन्। ‘नेपाली कांग्रेस निर्वाचनमा जानुपर्छ। केन्द्रीय समितिबाट निर्वाचनमा जाने कुरा निर्णय...

संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको सचिवालयको दरबन्दी घटाउने सरकारको निर्णय

३ घण्टा अघि   सेतोपाटी

सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा हेरफेर गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।...

केन्द्रीय समितिको म्याद थप्न चाहनेले विशेष महाधिवेशन गर्न तयार रहनुपर्छ: प्रदीप पौडेल

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेको केन्द्रीय कार्यसमितिको म्याद थप गर्न चाहनेहरू विशेष महाधिवेशन गर्न तयार रहनुपर्ने बताएका छन्। यो केन्द्रीय कार्यसमितिको म्याद केन्द्रीय समितिले थप गरेका खण्डमा महाधिवेशन प्रतिनिधिहरूको पनि म्याद थपिने र विधानको धारा १७ को २...

१ लाख रूपैयाँ घुस लिएको आरोपमा लेखा अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

३ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ लाख रूपैयाँ घुस लिएको आरोपमा लेखा अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। दैलेख डुंगेश्वर गाउँपालिको कार्यालयमा काम गर्ने  वरिष्ठ लेखाअधिकृत टंकबहादुर कार्कीविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनले गाउँपालिकाको १, २, ३,...

प्रवक्ता महतले भने- अधिकांश साथीहरूले चुनावपछि नियमित महाधिवेशनमा जानुपर्छ भन्नुभएको छ

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आजको केन्द्रीय समिति बैठकमा धारणा राखेका केन्द्रीय सदस्यहरूमध्ये अधिकांशले चुनावपछि नियमित महाधिवेशनमा जानुपर्ने कुरा राखेको बताएका छन्। केन्द्रीय समिति बैठकपछि सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता महतले फागुन २१ को राष्ट्रिय चुनावपछि महाधिवेशनमा जानुपर्छ भन्ने धारणा...

मधेश मुख्यमन्त्री र बेलायती दूतावासका प्रतिनिधिबीच भेट

३ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलसँग नेपालका लागि बेलायती राजदूतावासको विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीले बिहीबार जनकपुरधाममा शिष्टाचार भेट गरेको छ। भेटका क्रममा मुख्यमन्त्री सोनलले प्रदेश सरकारको प्रमुख प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र रहेको उल्लेख गर्दै ती...