गृहमन्त्री अर्याललाई प्रश्न– पूर्वमन्त्री दीपक खड्का भागे भनेर के आधारमा भन्नुभयो?
पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का सोमबार आफ्नो बुढानिलकण्ठ निवासमा सार्वजनिक भएपछि उनलाई 'देश छाडेर भागिसके' भनेका गृहमन्त्री ओमप्रकाश अर्यालमाथि प्रश्न उठेको छ। गृह प्रशासनको नेतृत्व गरेकै मन्त्रीलाई गलत सूचना आएको हो वा उनले बिनाआधार यस्तो दाबी गरेका हुन् भनेर सेतोपाटीले गृहमन्त्री अर्याललाई प्रश्न गरेको छ।...