खण्डहर र बाढी: एउटा सपना!
एकान्तमा सुस्तिरहेका खण्डहरले आफ्ना भाँचिएका दाँत देखाउँदै मलाई सोधे— ‘के यो नयाँ युगले मेरो मृत्युलेख लेखिसक्यो?’ म चुप लागेँ। एउटा ढुङ्गामा अड्केको वर्षौँको धूलोले मात्र उत्तर दियो— ‘हामी मर्दैनौँ, हामी बदलिन्छौँ।’ अचानक आकाश फुट्यो पानीले आफ्नो इतिहास हाम्रो खुट्टामा राखिदियो...