त्यो समाज पछ्यौटे नै रहन्छ जसले उद्यमशील नागरिकलाई खलनायक ठान्छ!
जेन–जी प्रदर्शनको भोलिपल्ट, भदौ २४ गते जुन विध्वंश गरियो, त्यसले नेपाली समाजको तन्तु हल्लाइदिएको छ। त्यो दिन राज्यको सम्पत्ति, व्यवसाय र व्यक्तिका निजी सम्पत्तिमाथि नियोजित हमला भयो। यो स्तरको अराजकता हुँदा अरू मुलुकमा पनि मुख्य बजार वा सडक छेउमा भएका व्यवसायमाथि...