रामेश्वर खनाल र कुलमान घिसिङ मन्त्री बन्ने टुंगो, ओमप्रकाश अर्यालसँग छलफल जारी
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले दुई जना मन्त्री टुंगो लगाएकी छन्। अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको कार्की निकट स्रोतले जानकारी दियो। प्रधानमन्त्री कार्कीले उनीहरूसँग सुरुमा फोनमा कुराकानी गरेकी थिइन्। त्यसपछि बालुवाटारमै बोलाएर छलफल गरेर टुंगो लगाइसकेको स्रोत बताउँछ।...