ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रामहरिको राजीनामालगत्तै राज्य व्यवस्था समिति सभापति छान्नेबारे सभामुखले गरे छलफल

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सभामुख देवराज घिमिरे र राजनीतिक दलहरूका प्रमुख सचेतकबीच कुलिङ अफ पिरियड संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे छलफल भएको छ। यस्तै उनले समिति सभापतिको निर्वाचनका विषयमा पनि छलफल गरेका छन्। मंगलवार साँझ सिंहदरबारमा प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले...

माछा पोखरीमा डुबेर गुल्मीमा एक पुरुषको मृत्यु

६ घण्टा अघि   थाहाखबर

गुल्मी : माछा पोखरीमा डुबेर गुल्मीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका‐८ रजाली टोल बस्ने ४५ वर्षीय तुल्सीबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।  चन्द्रकोट गाउँपालिका‐८ रामपुरस्थित स्थानीय बहुउद्देश्यीय कृषक समूहले माछापालन गर्दै आएको पोखरीको...

ध्रुबबहादुर प्रधानको नेतृत्वमा सरकारले गठन गर्‍यो ओलम्पिकको तदर्थ समिति

६ घण्टा अघि   सेतोपाटी

नेपाल ओलम्पिक कमिटीको विवाद थप चर्कने भएको छ। सरकारले नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष ध्रुबबहादुर प्रधानको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरेपछि ओलम्पिक विवाद झनै बढ्ने भएको हो। जीवनराम श्रेष्ठको अध्यक्षतामा रहेको  नेपाल ओलम्पिक कमिटीलाई अबैध बताउँदै आएको सरकारले प्रधानलाई...

विद्यार्थीहरूको नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन हुँदै

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँमा विद्यार्थीका लागि नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलनको १०औँ संस्करण हुने भएको छ।  रिलायन्स शैक्षिक सञ्जालको आयोजनामा ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलनको १०औँ संस्करण हुन लागेको आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।  यही साउन...

नयाँ नेपाल निर्माणका लागि युवाहरूलाई उद्यमशीलतासँग जोड्नुपर्छ : प्रचण्ड

७ घण्टा अघि   थाहाखबर

भक्तपुर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ नेपाल निर्माणका लागि युवाहरूलाई  उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन्। भक्तपुरमा इको युथ नेपालले आज आयोजना गरेको इतिहासमै पहिलो र सबैभन्दा ठूलो मेकअप (शृङ्गारिक कला) कार्यशालाको समापनमा उनले सामन्तवादको छालमा...

फोनिजले गर्‍यो १२ पत्रकारलाई सम्मान

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पत्रकारहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ। फोनिजको २६औँ स्थापना दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा १२ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको हो। फोनिज राष्ट्रिय पत्रकारिता सम्मान निवर्तमान अध्यक्षसमेत रहेका गजुरधन राई...

रूपन्देहीमा एमालेका उम्मेदवार टुंगो लगाउने जिम्मा पदाधिकारीलाई

७ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले रूपन्देहीले क्षेत्र नम्बर ३ को आसन्न उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन जिल्लाका पदाधिकारीलाई जिम्मा दिएको छ। यसअघि बसेको पार्टीको निर्वाचन क्षेत्र नम्बर ३ को बैठकले निर्वाचनका लागि ४ जना आकांक्षीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो। मंगलबार बुटवलमा बसेको जिल्ला...

यो सत्ता समीकरण ०८४ को निर्वाचनसम्मै रहन्छ : गृहमन्त्री लेखक

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले ०८४ सालको निर्वाचनसम्मै वर्तमान सत्ता समीकरण अघि बढ्ने बताएका छन्। काठमाडौँमा मंगलवार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताए। उनले अहिले नेपाली का‌ग्रेस र नेकपा एमाले मिलेर स्थिर सरकार दिएको...

रवि लामिछानेलाई भेटेपछि राजेन्द्र लिङ्देनको प्रतिक्रियाः भैरहवा कारागार सुविधा र सुरक्षा दुवैले अनुपयुक्त

८ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलले भैरहवा कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। अध्यक्ष लिङ्देनले मंगलबार सभापति लामिछानेलाई भेटेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्। उनले देशको एउटा महत्त्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया...

रामहरि खतिवडाको राजीनामा स्वभाविक : महेश बर्तौलाले

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको राजीनामा स्वभाविक भएको बताएका छन्। मंगलवार संघीय संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले संसदीय छानबिन समितिले सभापतिलाई राजनीतिक र...

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

८ घण्टा अघि   थाहाखबर

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी बानियाँले राखेको प्रस्तावको पक्षमा ६३ मत, विपक्षमा २२ मत र ७ जना तटस्थ रहेका थिए। मंगलबारको मतदानमा ९२ जना सांसद उपस्थित...

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

८ घण्टा अघि   सेतोपाटी

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन्। बानियाले मंगलबार प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ६३ मत परेको छ। प्रस्तावको विपक्षमा २२ मत र तटस्थमा ७ मत परेको छ। बागमती प्रदेश सभा ११० सदस्य भए पनि आजको...

कर्मचारी खटनपटनमा गृहको कडाइ: शाखा अधिकृतसहित दुई कर्मचारीको गयलकट्टी

८ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गयलकट्टी गरेको छ। गृहसचिव स्तरको निर्णयबाट एक शाखा अधिकृत र एक जना नायब सुब्बाको गयलकट्टी गरिएको गृह मन्त्रालयले जनाएको छ। केही समययता कर्मचारी खटनपटनमा कडाइ गरिरहेको गृह मन्त्रालयले नायब सुब्बा सुवास पौडेल र...

सर्वोच्चले खारेज गर्‍यो मुकुल ढकालको रिट

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीको हैसियतले काम गर्न पाउनुपर्ने माग गर्दै मुकुल ढकालले दायर गरेको रिट निवेदन खारेज गरेको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले आज उक्त रिट निवेदन खारेज हुने आदेश गरेको...

राम्रो राजनीतिक नेतृत्व जन्माउन उज्यालो नेपाल अभियान: कुलमान घिसिङ

९ घण्टा अघि   सेतोपाटी

अमेरिकाको दुई साता लामो भ्रमण सकेर  बेलायत आइपुगेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा राम्रो राजनीतिक नेतृत्व जन्माउन उज्यालो नेपाल अभियान सुरू गरेको जनाएका छन्।   तमु धिं युकेद्वारा सोमबार बेलुका सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले नेपालमा समृद्धिको खाका...

इको पहिरोले सडक अवरूद्ध हुँदा चीनमा अड्कियो पाँच सय कन्टेनर

९ घण्टा अघि   सेतोपाटी

काठमाडौँ- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ स्थित इकोमा गएको पहिरोले १० दिनदेखि सडक अवरूद्ध छ। सडक अवरूद्ध भएपछि चीनबाट नेपाल सामान ल्याउन सकिएको छैन। करिब दुई किलोमिटर अवरूद्ध भएको सडक नखुल्दा व्यवसायी मात्रै होइनन् आवतजावत गर्न स्थानीयलाई पनि समस्या भएको छ। सडक...

गणतन्त्रको जगमा उभिएर समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा : राष्ट्रपति

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा आइसकेको बताएका छन्। अन्तरराष्ट्रिय युवा दिवस २०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल...

रोशीको थाप्लामा चल्छन् सय डोजर, दाता गुहारेर राजमार्ग बनाउँदैछ सरकार

९ घण्टा अघि   सेतोपाटी

रोशी कहर–३ गत वैशाख २९ गते लेदो सहितको बाढीले बिपी राजमार्ग झन्डै १३ घन्टा अवरूद्ध बन्यो। त्यस दिन त्यहाँ (खोपासी केन्द्रमा) ६ घन्टाको अवधिमा ४३ मिलिमिटर मात्रै वर्षा भएको थियो। मध्यम वर्षाले नै काभ्रेपलाञ्चोकको पनौती–रोशी क्षेत्रमा गेग्रान बहावको झट्का दियो। पनौती–५, सुब्बा...

०८४ पछि पनि काँग्रेस वा एमालेकै सरकार बन्ने हो : प्रधानमन्त्री ओली

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ पछि पनि काँग्रेस वा एमालेकै सरकार बन्ने दावी गरेका छन्। यो सरकार ०८४ को पुससम्म जाने बताउँदै त्यसपछि पनि एमालेले सरकार बनाउने‚ एमालेले नबनाए काँग्रेसले बनाउने बताएका छन्। त्यति भएन भने एमाले र...

सहिद स्मारक लिगको मिति घोषणा गर्न खेलाडी संघको माग

९ घण्टा अघि   सेतोपाटी

नेपाल फुटबल खेलाडी संघले नेपाली फुटबललाई चलायमान राख्न डिभिजन फुटबलको निरन्तरता दिने माग राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई समक्ष मंगलबार ज्ञापन पत्र बुझाएको छ।  यो वर्ष गर्ने भनिएको ए डिभिजन लिगको मिति अझै घोषणा गरिएको...

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

१० घण्टा अघि   थाहाखबर

तनहुँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ सहिदको उच्च सम्मान गर्ने बताएका छन्। सहिद कल्याण खनालको २३औँ स्मृति दिवसको अवसरमा तनहुँको भिमाद नगरपालिका–६ मा आज आयोजित स्मृतिसभामा सभापति देउवाले सहिदको योगदानकै कारण पार्टी आजको स्थितिसम्म आइपुगेको...

राजीनामा घोषणा गर्दै रामहरिले भने- म एउटा फिस्टोकै रूपमा भए पनि इतिहासमा नाम दर्ज गर्न चाहन्छु

१० घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन्। संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडका सम्बन्धमा भएको त्रुटिमा नैतिक जिम्मेवारी लिँदै खतिवडाले राजीनामा दिएका हुन्। कांग्रेसकै सांसद जीवन परियार नेतृत्वको छानबिन विशेष समितिले समिति सभापतिका रूपमा खतिवडाले उत्तरदायीपूर्ण...

मदन भण्डारी फाउण्डेशनविरुद्धको बोली : ‘खाएकै थालमा चुठ्दै’ ओली

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष एवं देशको वर्तमान प्रधानमन्त्री हुन्। पार्टी अध्यक्षको दोस्रो कार्यकाल पूरा गर्न लागेका उनी देशका प्रधानमन्त्रीका रूपमा तेस्रोपटक आसीन छन्।  ओलीलाई यसरी पार्टी अध्यक्ष हुँदै देशकै नेतृत्वसम्म पुर्‍याउने महत्वपूर्ण एउटा खुड्किलो हो मदन भण्डारी फाउण्डेशन।...

भारतमा अब एक हजार मेगावाट बिजुली निर्यात

१० घण्टा अघि   सेतोपाटी

नेपालले छिमेकी मुलुक भारतमा अब एक हजार मेगावाटभन्दा बढी बिजुली निर्यात गर्न अनुमति पाएको छ। यसअघि ८११ मेगावाटसम्म मात्र बिजुली निर्यात गर्ने अनुमति भारतले दिएको थियो। अहिले थप २०० मेगावाट किन्ने भारतले जनएको छ। पछिल्लो २०० मेगावाट निर्यातको सम्झौता चार वर्षका लागि भएको...