ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

उच्च अदालतले बदर गर्‍यो नेपवेस्टसँग सम्झौता रोक्ने काठमाडौं महानगरको निर्णय

४ मिनेट अघि   सेतोपाटी

पाटन उच्च अदालतले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि नेपवेस्टसँग भएको सम्झौता एकतर्फी रूपमा रोक्ने काठमाडौं महानगरपालिकाको निर्णयलाई बदर गरिदिएको छ। बुधबार चन्द्रमणि ज्ञवाली र हेमन्त रावलको संयुक्त इजलासले नेपवेस्टको रोकिएको परियोजना तत्काल अघि बढाउन र त्यसका लागि आवश्यक समन्वय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...

सरकारलाई कर्मचारीतन्त्रले नियन्त्रण गर्ने कुरा सह्य हुँदैन भन्दै कृष्ण सिटौला जंगिएपछि...

५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा एकाएक फरक दृश्य देखियो। नेपाली कांग्रेसका नेता तथा सांसद कृष्णप्रसाद सिटौला रिसाए। धेरै कांग्रेसजनले समेत नेता सिटौला रिसाएको देखेका छैनन् तर समितिका सदस्यले आज त्यो रुप पनि देख्न पाए। समितिको बैठकमा उर्जा, जलश्रोत...

जनावर रोक्न खेतमा लगाएको विद्युतीय तारमा छुँदा चितवनका मोक्तानको मृत्यु

३७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मकवानपुरको मनहरी गाउँपालिका-६ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।  मनहरी-६ जोगिताल पुछार टोलमा करेन्ट लाग्दा चितवनको राप्ती नगरपालिका १ बस्ने अन्दाजी ३५ वर्षका लालबहादुर मोक्तानको मृत्यु भएको छ। आफ्नै खेतमा जंगली जनावरबाट सुरक्षित राख्न बिजुलीको तारबाट हुकमार्फत...

पत्रकार तेजबहादुर भण्डारीको निधन

४७ मिनेट अघि   थाहाखबर

कञ्चनपुर : नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा आज निधन भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर निवासी भण्डारीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको हो। उनलाई केही दिनदेखि मुटुमा समस्या देखिएपछि अस्पतालमा...

जलवायु परिवर्तनबाट उत्पन्न प्रकोपको सामना गर्न विश्वव्यापी साझेदारीका लागि प्रधानमन्त्रीको आह्वान

१ घण्टा अघि   थाहाखबर

तुर्कमेनिस्तान : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामनाका लागि विश्वव्यापी सहकार्य र साझेदारी बढाउन जोड दिएका छन्। भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज आयोजित ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील...

कर्णाली विकास बैंक घोटाला प्रकरण: ३ जनालाई थुनामा राख्न र एक जनालाई धरौटीमा छाड्न आदेश

१ घण्टा अघि   सेतोपाटी

बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकको घोटाला प्रकरण सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई थुनामै राख्न फैसला सुनाएको छ। राष्ट्र बैंकका एक जना कर्मचारीलाई भने दुई लाख रूपैयाँ धरौटीमा छोड्न आदेश भएको...

दर्ता गर्ने ठाउँ फेरिँदैमा लोकतन्त्र खोसियो भन्न नथाल्नुस्, खुरुक्क गएर दर्ता गर्नुस् : सञ्चारमन्त्री

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यमहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनेकुरालाई लोकतन्त्र खोसियो भन्ने भ्रम नफैल्याउन सचेत गराएका छन्। बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, 'एक ठाउँको दर्ता अर्को ठाउँमा जाने...

एनआरएनए रेमिट फन्ड र इन्भेष्टमेन्ट कम्पनी गठन हुने

१ घण्टा अघि   सेतोपाटी

महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले साना लगानीकर्ता र ठूला लगानीकर्ताको लागि छुट्टाछुट्टै कम्पनी र फन्ड गठन गर्ने भएको छ। श्रेष्ठ नेतृत्वको एनआरएनएले साना पुँजीको लागि एनआरएनए रेमिट फन्ड र ठूला तथा मझौला लगानीकर्ताको लागि इन्भेष्टमेन्ट कम्पनी गठन गर्न...

बिनु यादवले अनशन तोडिन् (तस्वीरहरू)

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ६ दिनदेखि माइतीघरमा अनशनरत बिनु यादवले अनशन तोडेकी छिन्। बहुविवाह गर्न पाउने कानुन आउँदैन भनेर मन्त्रीले माइतीघरमै गएर प्रतिबद्धता जनाएपछि यादवले अनशन तोडेकी हुन्। कानुनमन्त्री अजय चौरसियाले यादवलाई जुस खुवाएर अनशन तोड्न लगाएका थिए।

भुटानविरूद्ध बराबरीमा रोकियो नेपाल

१ घण्टा अघि   सेतोपाटी

एएफसी यू-२० वुमन्स एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ। बुधबार भुटानमा सुरु भएको समूह ‘ए’ को खेलमा नेपाललाई घरेलु टोली भुटानले एक एक गोलको बराबरीमा रोकेको हो। नेपालका लागि सेनु परियारले खेलको ३८ सेकेन्डमै गोल गरेकी...

बागमतीका मेयर भरत थापाले भरत ताल निर्माणमा भ्रष्टाचार गरेको ठहर

१ घण्टा अघि   सेतोपाटी

बागमतीका मेयर भरत थापाले सर्लाहीको भरत ताल निर्माणमा भ्रष्टाचार गरेको ठहर भएको छ। मेयर थापा विमल कुमार पोखरेल र सागर पौडेल उनीहरू तीन जनाले बागमती नगरपालिकामा भरत ताल निर्माण गर्न भ्रष्टाचार गरेको ठहर भएको हो। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर र...

छात्रवृत्तिमा पढेका डाक्टर दुगर्मममा जान मानेनन्: मुख्यमन्त्री पाण्डे

२ घण्टा अघि   सेतोपाटी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका डाक्टरको सेवा अवधि बढाउनुपर्ने बताएका छन्।  प्रदेश समस्या समाधान समितिको बुधबार बसेको १२ औं बैठकमा बोल्दै मुख्यमन्त्री पाण्डेले एक जनालाई डाक्टर पढाउनका लागि राज्यले कम्तीमा पनि ५० लाख लगानी गर्ने भएकाले छात्रवृत्तिमा...

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका उपमहासचिव फातिमाको भेट

२ घण्टा अघि   थाहाखबर

तुर्कमेनिस्तान : प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले आज शिष्टाचार भेट गरेकी छिन्। भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा...

बाल यौन दुर्व्यवहारका अभियुक्त पक्राउ

२ घण्टा अघि   सेतोपाटी

बाल यौन दुरूपयोग मुद्दामा कसुरदार ठहर भएका एक फरार प्रतिवादी पक्राउ परेका छन्। सुनसरी जिल्ला  बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइराला मंगलबार अपराह्न विराटनगरस्थित महेन्द्र चोकबाट पक्राउ परेका हुन्।  सुनसरी प्रहरी प्रवक्ता डिएसपी योगराज खतिवडाले सेतोपाटीलाई दिएको जानकारी अनुसार अमेरिकाको...

पूर्व-नायब महान्यायाधिवक्ता घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्ष बनाउन परामर्श

२ घण्टा अघि   सेतोपाटी

पूर्व-नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्ष बनाउन न्याय परिषदले सरकारलाई परामर्श दिएको छ। बुधबार बसेको न्याय परिषदको बैठकले घिमिरेलाई उक्त अदालतको अध्यक्ष बनाउन सिफारिस गरेको प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए। घिमिरेले नायब महान्यायाधिवक्ताको पदबाट साउन २ गतेदेखि लागू हुने गरी...

बलात्कार आरोपमा रास्वपाका गाउँ सभापति पक्राउ

२ घण्टा अघि   सेतोपाटी

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बलात्कार आरोपमा पक्राउ परेका छन्।  लिखुपिके गाउँपालिका २ का बासिन्दा समेत रहेका रास्वपा गाउँ सभापति रामचन्द्र बस्नेतलाई प्रहरीले काठमाडौंको वनस्थलीबाट पक्राउ गरेको हो। बलात्कारको आरोप लागेपछि फरार उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सोलुखुम्बु प्रहरीले...

सरुवा–बढुवाका लागि मन्त्री र सचिव भेट्नुपर्ने कर्मचारी मनोविज्ञान अन्त्य गर्छु : मन्त्री न्यौपाने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरुवा तथा बढुवा प्रणाली पारदर्शी र नीति आधारित बनाउन आवश्यक बताएकी छिन्। बुधवार सिंहदरबारस्थित मन्त्रालयमा प्रेस चौतारी नेपालका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै मन्त्री न्यौपानेले यस्तो बताएकी हुन्।  दिनैपिच्छे सरुवा हुने तथा  कर्मचारीले...

पाथीभरामा केबलकार आवश्यक छैन : सांसद तिमिल्सिना

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)की सांसद गोमादेवी तिमिल्सिनाले पाथीभरामा केबलकार बनाउन नहुने बताएकी छन्। बुधवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले पाथीभरामा केबलकार निर्माण गर्न सरकारले निकुञ्जको पनि प्रयोग गर्न दिएको...

दिनकै १० अर्ब रूपैयाँ कारोबार हुने इ–सेवाको कथा

२ घण्टा अघि   सेतोपाटी

प्रविधि र समाज- १ इ–सेवा प्रालि नेपालको अग्रणी फिनटेक (फाइनान्सियल टेक्नोलोजी) कम्पनी हो। इ–सेवा वालेट तथा अनलाइन भुक्तानी प्लेटफर्म करिब एक करोड नेपालीले प्रयोग गर्छन्। यति ठूलो संख्यामा नेपालीहरूसँग जोडिएका र उनीहरूलाई पलपलमा सेवा दिँदै आएका थोरै मात्र निजी कम्पनी छन्। इ–सेवाका सिइओ...

कर्णाली नदीमा पुरूषको शव फेला, पहिचान खुल्न बाँकी

३ घण्टा अघि   सेतोपाटी

बर्दियाको गेरूवास्थित कर्णाली नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।  दिउँसो ३ बजेतिर  गेरूवा गाउँपालिका– ६ गुप्तीपुरस्थित गेरूवा कर्णाली नदी किनारमा पहिचान नखुलेको मानिसको शव फेला परेको हो।  जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार नदीमा मानिसको शव फेला परेको सूचनापछि...

पछिल्ला २५ वर्षमा नेपाली क्रिकेटले धेरै फड्को मार्‍यो : पारस खड्का

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पछिल्लो २०/२५ वर्ष नेपाली क्रिकेटले अन्तरराष्ट्रियस्तरमा धेरै फड्को मारेको बताएका छन्। धुम्बाराहीमा बुधवार सम्पन्न काठमाडौँ जिल्ला क्रिकेट संघको छैटौँ साधारणसभाका अवसरमा क्यानका सचिव खड्काले नेपाली क्रिकेटको यो सफलता सहज नभए...

पत्रपत्रिकालाई सिडिओ अफिसमा दर्ता हुन किन गाह्रो ? : काँग्रेस सचेतक घिमिरे

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले तोकेको निकायअन्तर्गत सञ्चारमाध्यम दर्ता हुनुपर्ने बताएका छन्। बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। सरकारले अबबाट जिल्ला प्रशासन कार्यालयअन्तर्गत सञ्चारमाध्यम दर्ता हुनुपर्ने प्रावधान ल्याएको हो? भन्ने प्रश्नमा...

प्रतिपक्षी दलहरूले गरे निर्वाचन आयोगले ल्याएको 'राजनीतिक दल स्वमूल्यांकन कार्यविधि' को विरोध

३ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा बुधबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस र नेकपा (एमाले) बाहेक दलहरूको बैठकले ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ संविधानविरोधी रहेकोले यसको विरोध गर्ने निष्कर्ष निकालेको छ। निर्वाचन आयोगले ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ ल्याउँदै यही साउन...

पार्टी एकताबारे वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव चन्दबीच भेटवार्ता

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच आज पार्टी एकताबारे छलफल भएको छ। वरिष्ठ उपाध्यक्ष श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको भेटघाटमा समसामयिक राजनीतिक परिस्थिति, नेपालको कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता...