गाउँमा बोल्ने कोही छैन! ६ मिनेट अघि सेतोपाटी गाउँ गाउँ जस्तै रहेन, अब गाउँमा मान्छे देखिनै मुस्किल परेको छ। घरका भर्याङ चढ्ने पाइला हराएका छन्। चौतारोका ढुंगा माटोले छोपिएका छन्, अब त्यहाँ न गीत गाउने मान्छे छन्, न त गफ गर्ने मान्छे छन्। एक समय थियो गाउँमा बिहान...
लाओसमा सेतो हेरोइन प्याकेजिङ गरेर काठमाडौं ल्याएका दुई भारतीय नागरिक पक्राउ १२ मिनेट अघि सेतोपाटी लागुऔषधसहित दुई जना भारतीय नागरिक काठमाडौंमा पक्राउ परेका छन्। उनीहरू लाओसबाट नेपाल आएका थिए। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। ३५ वर्षीय फिरोज अहमद र ३२ वर्षीय मोलिस्वारन नानजुदामुरथी कुरानल भेल पक्राउ परेको...
विशेषज्ञ चिकित्सकको स्पेशल एक्जाममा आश्चर्य पार्ने नतिजा १८ मिनेट अघि थाहाखबर काठमाडौँ : विशेषज्ञ चिकित्सकहरूको विशेष परीक्षा (स्पेशल एक्जाम)मा योपटक आश्चर्य गरी चिकित्सकहरू परीक्षामा पास भएका छन्। नेपाल मेडिकल काउन्सिलले यही साउन १५ र १६ गते लिएको विशेषज्ञ चिकित्सकहरूको स्पेशल एक्जाममा हालसम्मकै सबैभन्दा धेरै ९१.८२ प्रतिशत उत्तीर्ण भएका हुन्। काउन्सिलका अनुसार उक्त...
फरहान अख्तरको फिल्म '१२० बहादुर' को टिजर सार्वजनिक (भिडिओ) १९ मिनेट अघि सेतोपाटी भारतीय निर्माता तथा अभिनेता फरहान अख्तरको आगामी फिल्म '१२० बहादुर' को टिजर सार्वजनिक गरिएको छ। सैन्य एक्सन यो फिल्मको टिजर मंगलबार युट्युबमा रिलिज गरिएको हो। यो फिल्म सन् १९६२ को भारत–चीन युद्धको ऐतिहासिक 'रेजाङ ला' को लडाइँमा आधारित रहेको बताइएको छ। सार्वजनिक...
आठौं संस्करणको 'द पर्पल बुक अफ ट्याक्स' बजारमा २६ मिनेट अघि सेतोपाटी विगत आठ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको कर पुस्तक 'द पर्पल बुक अफ ट्याक्स' को आठौं संस्करण बजारमा ल्याइएको छ। सिए. शेष मणि दाहालद्वारा लिखित यस पुस्तकमा आर्थिक ऐन, २०८२ ले संसोधन गरेको आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन नेपाली तथा...
सरकार महाप्रतिगमनलाई मान्यता दिँदै : सांसद शर्मा ३८ मिनेट अघि थाहाखबर काठमाडौँ : नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले बहुविवाह जस्तो महाप्रतिगमनलाई सरकारले कानूनी मान्यता दिन लागेको भन्दै आपत्ति जनाएकी छन्। प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो आपत्ति जनाएकी हुन्। संविधानप्रदत महिला अधिकार र नेपाल पक्षराष्ट्र भएर गरेका अन्ताराष्ट्रिय सन्धि...
जलविद्युत्को पछि लाग्न आवश्यक छैन : हितेन्द्र शाक्य ५२ मिनेट अघि थाहाखबर काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार र ब्याट्रीले बिजुली पुर्याउन सके विद्युत् प्राधिकरण जलविद्युत्को पछि लाग्न जरुरी नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार राति र दिउँसो बिजुली सोलार र ब्याट्रीले पुर्याउन सके हाइड्रो बनाइरहनुपर्ने बाध्यता हट्नेछ। अहिले...
‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन १ घण्टा अघि थाहाखबर काठमाडौं :‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ले आज सभामुख देवराज घिमिरे समक्ष प्रतिवेदन बुझाएको छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा समितिका संयोजक जीवन परियारले सभामुखलाई सो प्रतिवेदन बुझाएका हुन्। सोमबार रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको...
'सिटामोल' को गीत 'रातो पछ्यौरी' सार्वजनिक (भिडिओ) १ घण्टा अघि सेतोपाटी प्रदर्शन तयारीमा रहेको फिल्म 'सिटामोल' को नयाँ गीत 'रातो पछ्यौरी' सार्वजनिक गरिएको छ। साउन २३ (यही शुक्रबार) देखि देशभर एकसाथ रिलिज हुने तयारीमा रहेको फिल्मको टिमले यो गीत रिलिज गरेको हो। गीतको भिडिओमा फिल्मका मुख्य कलाकार अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा...
बबई नदीमा पानीको सतह बढेपछि डुबान हुनसक्ने ठाउँमा खटियो सशस्त्र प्रहरी १ घण्टा अघि सेतोपाटी बबई नदीमा पानीको सहत बढेपछि डुबान पर्नसक्ने स्थानहरूमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। सो नदीमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरू डुवान पर्नसक्ने भएकोले सशस्त्र प्रहरी परिचालन गरिएको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। बबई जलमापन...
लिभरपुलका १६ वर्षीय फरवार्डको किन भइरहेको छ चर्चा? १ घण्टा अघि सेतोपाटी इंग्लिस च्याम्पियन लिभरपुलका महँगा नयाँ खेलाडीहरूले डेब्यू गरे पनि सबैको ध्याँन भने १६ वर्षीय रिओ नुमोहाले खिँचेका छन्। यसअघि स्टार खेलाडीसँग नखेले पनि उनले सबैलाई आकर्षित गर्न सफल भएका हुन्। लिभरपुलले स्पेनिस क्लब एथलेटिक बिल्बाओविरुद्ध एकैदिन दुईवटा मैत्रीपूर्ण खेल खेलेको...
भिजिट भिसाबारे राप्रपा र रास्वपाको आन्दोलनलाई सरकार र संसदले चासो देखाएनः सांसद सिंह १ घण्टा अघि थाहाखबर काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलन गरेको ७० दिन बितिसक्दा पनि सरकारले चासो नदेखाएको बताएका छन्। मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका छन्। संसदमा दुई राजनीतिक दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी र...
खोरसोरमा दिदी-भाइको मस्ती! (भिडिओ) १ घण्टा अघि सेतोपाटी नाम विनम्रकली र वेदगज। जन्मस्थल एउटै, उमेर एक महिनाको फरक छ। झट्ट हेर्दा उनीहरू उत्रै अनि उस्तै देखिन्छन्। चितवनस्थित हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा धेरै हात्तीहरू छन्। विनम्रकली र वेदगजलाई अरूको पर्वाह छैन। आफ्नै संसारमा मस्त छन् उनीहरू। कहिले विनम्रकली लखेट्छिन्,...
मुख्य सचिव र सचिवहरूले 'बिन्ती छ कुलिङ पिरियड हटाउन अनुरोध गर्छौं' भनेका थिए: रामहरि खतिवडा १ घण्टा अघि सेतोपाटी प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफूले कुलिङ पिरियडमा त्रुटि नगरेको बताएका छन्। सुरूदेखि अन्तिमसम्म आफू कुलिङ पिरियडका पक्षमा उभिएको दाबी उनको छ। खतिवडा सभापति रहेको राज्य व्यवस्था तथा सुशासन समितिले पनि निजामती कर्मचारी अवकाश वा राजीनामाको...
काठमाडौं-तार्केश्वरको सीमा विवादमा पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष प्रहरी नियन्त्रणमा १ घण्टा अघि सेतोपाटी तारकेश्वर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष कविराज बस्नेत प्रहरी कार्यालयमा हाजिर भएका छन्। काठमाडौं र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादमा झडप हुँदा घाइते भएका व्यक्तिले वडाध्यक्ष बस्नेतविरूद्ध जाहेरी दिएका थिए। जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि वडाध्यक्ष...
यसपालिको नाडा अटो शोमा उड्ने कार राखिने १ घण्टा अघि सेतोपाटी यस वर्षको नाडा अटो शोमा उड्ने कार, रोबोट्स लगायत गाडी तथा पार्टहरूको प्रदर्शनी हुने भएको छ। नाडा अटो मोबाइल्स एसोसियसन अफ नेपाल (नाडा)को आयोजनामा आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म आयोजना गरिने अटो शोको तयारीको सवालमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा...
भिजिट भिसा प्रकरण राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित, योजनाबद्ध, दलाल संरचनाको कर्तुत होः रास्वपा १ घण्टा अघि थाहाखबर काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार व्यक्तिगत भुल र प्रशासनिक त्रुटी मात्रै नभएको बताएका छन्। प्रतिनिधि सभाको मंगलवारको बैकठमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली युवाहरू भविष्यको कर्णधार भएको र...
'माग्ने राजा र जनै हराएको मान्छे'सँग सँगै आउँदैछ फिल्म 'ताराहरू' १ घण्टा अघि सेतोपाटी आशान्त शर्माको निर्देशनमा बनेको फिल्म 'ताराहरू' भदौ ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। अन्य दुई नेपाली फिल्महरू 'माग्ने राजा' र 'जनै हराएको मान्छेः सम्बन्धका धागाहरू' सँग 'ताराहरू' पनि एकसाथ रिलिज हुन लागेको हो। यो फिल्मको हालै नयाँ पोस्टर सार्वजनिक गरिएको छ। जसमा आन्तरिक द्वन्द्वमा अल्झिएका...
एएफसी यू-२० एसियन कपमा छनोट हुने कठिन लक्ष्य १ घण्टा अघि सेतोपाटी बुधबारदेखि भुटानमा एएफसी यू-२० वुमन्स एसियन कप छनोट प्रतियोगिता हुँदैछ। समूह ‘ए’ यो छनोटमा आयोजक भुटानसँगै नेपाल, उत्तर कोरिया र साउदी अरेबियाले प्रतिस्पर्धा गर्नेछन्। समूहको खेलपछि शीर्ष टोली अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यू-२० एसियन कपमा पुग्नेछ। दोस्रो हुने टोलीको...
कुलिङ पिरियडमा हेरफेरसम्बन्धी छानबिन समिति सभापति जीवन परियारले सभामुखलाई बुझाए प्रतिवेदन १ घण्टा अघि सेतोपाटी संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा भएको त्रुटिसम्बन्धी छानबिन गर्न गठित समितिले प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ। समितिका सभापति नेपाली कांग्रेसका सांसद जीवन परियारले १०१ पृष्ठको प्रतिवेदन मंगलबार दिउँसो सभामुख घिमिरेलाई बुझाएका हुन्। सभापति परियारले सर्वसम्मत रूपमा तयार...
'नत्र भने जिन्दगी व्यर्थ छ' हिट भएपछि 'कोशेढुंगा' टिमले ल्यायो प्रेमिल गीत १ घण्टा अघि सेतोपाटी फिल्म 'कोशेढुंगा' को नयाँ गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश तीजको डान्सिङ गीत 'नत्र भने जिन्दगी व्यर्थ छ' हिट भएपछि निर्माण टिमले प्रेमिल गीत ल्याएको हो। 'भँगेरा र भँगेरी' शीर्षकको गीतमा प्रेममा रहेका युवायुवतीले कथा देखाइएको छ। एकले अर्कालाई सँगै जीवन बिताउन आग्रह...
सोलार र ब्याट्रीले डिमाण्ड पूरा गर्नसक्छ भने विद्युत प्राधिकरण हाइड्रोको पछाडि लाग्न जरुरी छैन : कार्यकारी निर्देशक शाक्य २ घण्टा अघि थाहाखबर काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार, ब्याट्रीले विद्युत आवश्यकता पूरा गर्नसके विद्युत प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरुरी नरहेको स्पष्ट पारेका छन्। उनकाअनुसार राति र दिउँसोको बिजुलीको डिमाण्ड सोलार ब्याट्रीले धान्नसक्ने स्थिति भयो भने धेरै खर्च गरेर...
देश छोड्ने लहर: बाध्यता कि रहर? २ घण्टा अघि सेतोपाटी नेपालको शान्त पहाडहरूमा ज्येष्ठ नागरिक र बालबालिकाहरूले भरिएका गाउँ बस्तीहरू देख्नु सामान्य कुरा हो। पछिल्लो तथ्याङ्क र प्रवृत्ति हेर्ने हो भने अधिकांश उत्पादक युवा पुस्ता विदेशी भूमिमा पुगिसकेका छन्। बिरामी पर्दा अस्पताल लैजाने, मर्दा लास बोक्ने व्यक्ति समेत नहुँदा जीवन...
सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता २ घण्टा अघि सेतोपाटी सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता पत्र अन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ।...