नागरिक सर्वशक्तिशाली हुनुपर्नेमा दलहरू सर्वशक्तिशाली भए : कवीन्द्र बुर्लाकोटी
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले नागरिक सर्वशक्तिशाली हुनुपर्नेमा नेपालमा दलहरू सर्वशक्तिशाली भएको बताएका छन्। उनले देश कस्तो बनाउने भन्ने कुरा नागरिकले निर्धारण गर्न सक्नुपर्ने बताएका छन्। भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले...