भारतमा बन्धक बनाइएका ४५३ युवालाई उद्धार गरी ल्याइयो नेपाल
सुनौला सपनाको एउटा यस्तो भूलभुलैया, जहाँ छिर्न त सजिलो छ तर, निस्किन त्यति नै गाह्रो। अशिक्षा, गरिबी र बेरोजगारीका कारण युवाहरू कसरी ठगिन पुग्छन् भन्ने एउटा भयावह र कारूणिक दृश्य शनिबार बेलहिया नाकामा देखियो। भारत उत्तर प्रदेशको कुशीनगर। विश्व शान्तिका अग्रदूत...
