गृहले फेर्यो ५४ दिनमै त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख
गृह मन्त्रालयले अध्यागन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालालाई ५४ दिनमै सरूवा गरेको छ। निजामती कर्मचारीलाई सामान्यतया एक वर्ष तोकिएको ठाउँमा जिम्मेवारी दिने गरिन्छ। तर गृह मन्त्रालयले अध्यागन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भने वर्ष दिनमै पटक-पटक परिवर्तन गर्ने...