ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

करण केसीको उत्कृष्ट प्रदर्शनमा स्कटल्यान्डमाथि नेपालको रोमाञ्चक जित

२ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको छ।  सोमबार स्कटल्यान्डमा भएको खेलमा नेपालले स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको हो। स्कटल्यान्ड दिएको २९७ रनको लक्ष्य नेपालले एक बल...

आगामी आवको बजेट यथार्थपरक छ : अर्थमन्त्री पौडेल

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट यथार्थपरक भएको बताएका छन्।  इकोनोमिक मिडिया सोसाइटीले आगामी आवको बजेटका सम्बन्धमा आयोजित छलफल कार्यक्रममा उनले आफूले लोकप्रियभन्दा पनि यथार्थमा आधारित भएर बजेट निर्माण गरेको बताए। “नेकपा (एमाले)...

गतिरोधकाबीच संसद्‍मा मंगलवारदेखि बजेट छलफलको कार्यसूची

४ घण्टा अघि   थाहाखबर

काडमाडौँ : संसद्‍मा भोलिदेखि आगामी वर्षको बजेटमाथिको छलफल सुरु गर्ने कार्यसूची छ।  संसद सचिवालयले आज सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार भोलि बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि...

शिक्षक महासंघसँगको वार्ता पटकपटक भएको छ, निष्कर्ष उन्मुख छौँ : शिक्षामन्त्री पन्त

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सहमतिपछि शिक्षक महासंघसँगको वार्ता पटकपटक भएको र अब निष्कर्ष उन्मुख रहेको बताएका छन्। सोमवार साँझ मन्त्रिपरिषद्को बैठकपछि मन्त्री पन्तले शिक्षक महासंघसँगको चरणबद्ध वार्तापछि सहमतिबाट विषयहरु टुंगिन लागेको बताए।  शिक्षक महासंघसँगको वार्ता औपचारिक...

न्यायपालिका अधिकृत समाजमा नयाँ कार्यसमिति, अध्यक्षमा कुइकेल

४ घण्टा अघि   सेतोपाटी

न्यायपालिका अधिकृत समाजमा नयाँ कार्यसमिति चयन भएको छ। काठमाडौंमा शुक्रबार र शनिबार सम्पन्न समाजको पाँचौं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो। सामूहिक छलफलमार्फत कार्यसमिति तय गरिएको थियो। अध्यक्षमा सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सहरजिस्ट्रार अच्युत कुइकेल चयन भएका छन्।...

अफलाइन बार्गेनिङ गर्ने २७८ जना राइडरलाई कारबाही

४ घण्टा अघि   सेतोपाटी

राइड सेयरिङ एपमार्फत यात्रुहरूलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने २७८ जना राइडरलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। सोमबार यातायात व्यवसायीहरूले आन्दोलन गरी सार्वजनिक यातायात नचलाएपछि राइड सेयरिङ एपहरूमा उपभोक्ताको चाप बढेको थियो। चाप बढेसँगै राइडरहरूले यात्रुसँग बढी भाडा...

चिडियाखानाको एक मात्र रेडपान्डा चोर्न खोज्ने २ जना पक्राउ

४ घण्टा अघि   सेतोपाटी

ललितपुर, जावलाखेल रहेको चिडियाखानाको एक मात्र रेडपान्डा (हाब्रे) चोर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले दुई जनालाई पक्राउ गरेको एसपी चक्रराज जोशीले जानकारी दिए। पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौको स्वयम्भू क्षेत्र बस्ने २१...

रवि लामिछानेलाई 'झुटा मुद्दा' लगाएको भन्दै रास्वपाले प्रतिशोध विरूद्ध वृहत अभियान चलाउने

५ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी, बचत अपचलन र हिनामिनामा झुटा मुद्दा लगाएको भन्दै प्रतिशोध विरूद्ध न्यायका लागि वृहत अभियान चलाउने निष्कर्ष निकालेको छ। सोमबार बसेको सचिवालय बैठकले संसदीय छानबिन समितिले समेत सहकारीबाट रकम अपचलन...

गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद अघि बढ्दैन : रास्वपा

५ घण्टा अघि   थाहाखबर

कामठाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने निर्णय गरेको छ।  सोमवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी...

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने रास्वपाको निष्कर्ष

५ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ। सोमबार बसेको पार्टी सचिवालय बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा काण्डमा अनुसन्धान थाले पश्चात् मुख्य अभियुक्तलाई अनुसन्धानको घेरा बाहिर राख्ने प्रयत्न स्वरूप गृहमन्त्रीले...

रास्वपाले गर्‍यो कोशी प्रदेशका दुई नेताको सदस्यता खारेज

५ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका दुई नेताको सदस्यता खारेज गरेको छ। रास्वपाको सोमबार बसेको सचिवालय बैठकले कोशी प्रदेशका निवर्तमान सभापति राजेश तिम्सिना र प्रवक्ता कमलबाबु मैनालीको पार्टी सदस्यता खारेज गरी केन्द्रीय समितिमा अनुमोदनका लागि पेस गर्ने निर्णय गरेको...

यातायात व्यवसायी र सरकारी टोलीबीच छलफल जारी, निष्कर्ष आउला?

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ  : सरकार र यातायात व्यवसायीबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफल अहिले पनि जारी छ। बिहान ८ बजेदेखि चरणचरणमा छलफल भइरहेको र अहिले साढे ८ बज्दा समेत वार्ता चलिरहेको छ। सरकारी टोलीमा सहभागी गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र...

प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलविरुद्ध अदालतको अवहेलनामा रिट निवेदन पेश

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलविरुद्ध अदालतको अवहेलना गरेको दावीसहित निवेदन पेश गरेका हुन्। उनले संविधान र सर्वोच्च अदालतको आदेशको...

शान्ति वार्ताको एक दिनअघि रूसमाथि युक्रेनको भीषण हमला

६ घण्टा अघि   सेतोपाटी

टर्कीमा हुन लागेको युद्धविराम वार्ताकै पूर्वसन्ध्यामा युक्रेनले रूसमाथि सम्भवतः अहिलेसम्मकै ठूलो र साहसिक आक्रमण गरेको छ। तीन वर्षअघि रूसले हमला गरेपछि सुरू भएको युद्ध अन्त्य गर्न टर्कीमा सोमबार शान्ति वार्ता हुने तय भएको थियो। त्यसको ठिक एक दिनअघि आइतबार युक्रेनले ठूलो संख्यामा ड्रोनहरू प्रयोग गरेर...

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने व्यक्ति डिस्चार्ज

६ घण्टा अघि   सेतोपाटी

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केन्द्रमा मस्तिष्क मृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरेका व्यक्ति प्रत्यारोपणको १९ औं दिनमा डिस्चार्ज भएका छन्। शिव महर्जन कलेजो र मिर्गौला प्रत्यारोपण भएर डिस्चार्ज भएका हुन्। मस्तिष्क मृत्युबाट मिर्गौला प्रत्यारोपण भएकी फूलमाया नेपाली...

उतारचढावपूर्ण शेखर–गगन सम्बन्ध, १५औँ महाधिवेशनमा सँगै उभिने सम्भावना कति?

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका नेताद्वय डा. शेखर कोइराला र गगन थापा पछिल्लो समय आ-आफ्नै ढंगले हिँडे। एक्लाएक्लै विभिन्न कार्यक्रमहरू गरे, विभिन्न जिल्लासमेत पुगे। पार्टी महामन्त्रीसमेत रहेकाले गगनले पार्टीकै प्लेटफर्मलाई बढी उपयोग गरे भने शेखर समान्तर कार्यक्रमहरूमार्फत देश दौडाहामा रहे।  पछिल्लो...

एनआरएनए टोली र राष्ट्र बैंकका गभर्नर पौडेलबीच भेट

६ घण्टा अघि   सेतोपाटी

महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलसँग भेट गरेको छ। भेटमा नेपालको आर्थिक विकास र लगानी प्रवर्द्धनबारे कुराकानी भएको थियो। ‘नेपालको आर्थिक विकास र लगानी प्रवर्द्धनमा सहकार्यको नयाँ अध्याय सुरू होस्। एनआरएनएको पुँजी, सीप...

स्कटल्यान्डले नेपाललाई दियो २९७ रनको लक्ष्य

७ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डले नेपाललाई २९७ रनको लक्ष्य दिएको छ। टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ७ विकेटको क्षतिमा २९६ रन जोड्यो। स्कटल्यान्डका लागि ओपनिङ् ब्याटर चार्ली...

हामीले गृहमन्त्रीलाई दोषी भनेका छैनौँ, छानबिनमा सघाउन राजीनामा दिनुपर्छ भनेका हौँ : वर्षमान

७ घण्टा अघि   थाहाखबर

कामठाडौँ : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले गृहमन्त्री दोषी भनेर आफूहरुले नभनेको बताएका छन्। सोमवार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकपछि उनले उनले भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि छानबिनका लागि राजीनामा दिनुपर्ने मात्रै भनेको र आजको बैठकले पनि...

थाइल्यान्डसँग नेपाल पराजित

७ घण्टा अघि   सेतोपाटी

नेपाली महिला राष्ट्रिय फुटबल टोली थाइल्यान्डविरूद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ। सोमबार आफ्नो घरेलु मैदानमा थाइल्यान्डले नेपाललाई २-० गोलले पराजित गर्‍यो।  नेपालले दुवै गोल दोस्रो हाफमा खाएको थियो। ५९ मिनेटमा चचावनले फ्रिकिकमार्फत् उत्कृष्ट गोल गरिन्। उनले डिबक्स बाहिरबाट हानेको...

विपद् व्यवस्थापनमा चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकको निर्देशन

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिएका छन्। सशस्त्र प्रहरी बल नेपालले गरेको विपद् पूर्वतयारीबारे आज जानकारी लिँदै उनले मनसुन सुरु नहुँदै तयारी अवस्थामा बस्न निर्देशन दिए।...

शीर्ष नेताको बैठक : गृहमन्त्री लेखकको राजीनामाबारे दुवै पक्षको अडान यथावत

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : संसदको जारी गतिरोध अन्त्यका लागि बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष सकिएको छ। बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने आफूहरूको अडान यथावत राखेको बैठकपछि नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। प्रधानमन्त्री तथा...

फिल्मका स्टार जन्माउने रंगमञ्चको दुनियाँ

७ घण्टा अघि   सेतोपाटी

द कन्भरसेसन– ४८ बत्तिसपुतलीको शिल्पी थिएटरमा केही समयदेखि एउटा क्याफे सञ्चालन भइरहेको छ। काठका टेबल-कुर्सी राखिएको सामान्य डिजाइनको उक्त क्याफेको लाइटिङ आकर्षक छ। परिस्थितिअनुसार रङ परिवर्तन भइरहने त्यही लाइटिङमुनि दुई जना रंगकर्मी 'सिंगल सट' अमेरिकानाको चुस्की लिँदै कुराकानीमा मग्न छन्। कुराकानीको विषय...

हदबन्दी छुट पाएको चिया उद्योगको जग्गामा घर, घडेरीको व्यवसाय रोक्न गगन-विश्वप्रकाशको प्रस्ताव

७ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हदबन्दीभन्दा बढी जग्गा भएका चिया लगायतका उद्योगका जग्गामा घरजग्गा व्यवसाय गर्न, घडेरी वा अपार्टमेन्ट निर्माण गरी बेचबिखन रोक्न संशोधन दर्ता गराएका छन्। प्रतिनिधि सभामा सरकारले दर्ता गराएको भूमिसम्बन्धी विधेयकमा महामन्त्रीद्वयले संयुक्त संशोधन दर्ता गराएका हुन्। ...