ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

विद्युत प्राधिकरण घाटामा गएको हो? यसो भन्छन् ऊर्जामन्त्री खड्का

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गरिने बताएका छन्। शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्का यस्तो बताएका हुन्। उनले श्वेतपत्रमार्फत विद्युत प्राधिकरणको अहिलेको...

पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित

४३ मिनेट अघि   थाहाखबर

कास्की : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ पोखरामा सम्पन्न नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष खेलाडीको उपाधि अरूणा शाही र विश्वास अधिकारीले जितेका छन्। वर्ष उत्कृष्ट खेलाडीका लागि मनोनयनमा परेका उत्कृष्ट तीनमध्ये महिलातर्फ नेपाली राष्ट्रिय भलिबल...

रंगशाला निर्माणमा पहल गर्दै मन्त्री चौधरी

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशमा नयाँ रंगशालाको निर्माण तथा पुराना संरचनाको मर्मतका लागि उचित बजेट विनियोजन गर्ने बताएका छन्। तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्ताराष्ट्रिय रंगशाला निर्माणमा...

​भारतमा रहेका नेपालीलाई सुरक्षा निर्देशन पालना गर्न दूतावासको आग्रह

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न आग्रह गरेको छ। दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको हो। दूतावासले शुक्रवार विज्ञप्तिमार्फत उक्त आग्रह गरेको हो।  सूचनामा भनिएको छ, 'भारतको...

नेपालमा प्रशस्त सम्भावना रहेको भन्दै विदेशी व्यवसायीलाई लगानी गर्न चन्द्र ढकालको आग्रह

१ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेको भन्दै विदेशी व्यवसायीलाई लगानी गर्न आग्रह गरेका छन्। नेपालमा आयोजित नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन आएका चिनियाँ र बंगलादेशी प्रतिनिधिमण्डल तथा नेपालस्थित चिनियाँ र...

रुपेश जैसवाल बने कोप चेसको च्याम्पियन

१ घण्टा अघि   सेतोपाटी

प्रभु महालक्ष्मी दोश्रो कोप ओपन र्‍यापिड रेटिङ चेस प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जितेका छन्। रुपेशले नौ चरणको खेलमा ८ अंक प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा विजेता बन्न सफल भएका छन्। राष्ट्रिय सहकारी महासंघको आयोजना र प्रभु महालक्ष्मी लाइभ...

जयकुमारनाथ शाह मेमोरियल क्रिकेटको क्वार्टरफाइनल समिकरण पूरा

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको दोस्रो संस्करणको जयकुमारनाथ शाह मेमोरियल इन्टर-स्कूल क्रिकेटको अन्तिम आठको समिकरण पूरा भएको छ। समूह चरणका २१ खेल सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।  अब अन्तिम आठमा सैनिक आवासीय महाविद्यालय र ग्यालेक्सी पब्लिक...

सगरमाथा शिखर पुगे सात शेर्पा, डोरी टाँग्ने काम सम्पन्न

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : यस वर्षको आरोहण याम सुरु भएसँगै आज सात जना शेर्पा सगरमाथा शिखरमा पुगेका छन्। उनीहरू यस वर्षको आरोहणका लागि डोरी टाँग्दै (रोप फिक्सिङ) साँझ ५ः०० बजे शिखरमा पुगेको पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिए। विभागका अनुसार ‘एटके...

रातो मच्छिन्द्रनाथको रथबाट नरिवल खसालियो

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : रातो मच्छिन्द्रनाथको जात्राअनुसार आज रथको टुप्पोबाट धार्मिक परम्पराअनुसार नरिवल खसालिएको छ। खसेको नरिवल जसले समात्छ, उसले सुपुत्र प्राप्त गर्छ भन्ने मान्यता छ। यही अवसरमा ललितपुर महानगरपालिकाले आज आफ्ना कार्यालयमा सार्वजनिक बिदा पनि दिएको थियो।

भारत-पाक युद्धमा नेपालले आफ्नो भूमिका बढाउनुपर्छः विश्वप्रकाश शर्मा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत पाकिस्तानको युद्धमा नेपालले आफ्नो भूमिका बढाउनुपर्ने बताएका छन्।  शुक्रबार महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक ध्यानाकर्षण गर्दै सार्कको अध्यक्ष नेपाल रहेकाले भूमिका बढाउनुपर्ने बताएका हुन‍्। 'आतंकवाद नियन्त्रण तर युद्धको चाँडो समाप्तिका लागि सार्क अध्यक्षका रूपमा...

भारत–पाकिस्तान हवाई भिडन्तमा चीन र अमेरिकाको मुख्य चासो के?

२ घण्टा अघि   सेतोपाटी

पाकिस्तानले चीनमा बनेको लडाकू विमान प्रयोग गरेर फ्रान्समा बनेका भारतीय लडाकू विमान खसालेको दाबी गरेपछि अहिले सारा विश्वको ध्यान यी दुई देशको हवाई युद्धमा केन्द्रित छ। कश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको जबाफमा भारतले बुधबार बिहान पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो। त्यस क्रममा भारतका...

दूध किसानसँगको सहमति अझै कार्यान्वयन भएन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : केन्द्रीय दुग्ध सहकारी संघले यसअघि सरकारले कृषकहरूसँग गरेको १० बुँदे सम्झौता हालसम्म पनि कार्यान्वयन नगरेको भन्दै अल्टिमेटम दिएको छ। संघले गत वर्ष भएको आन्दोलनपश्चात् कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, सहसचिव, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, किसान प्रतिनिधिबीच भएको...

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’को पहिलो संस्करणको अन्तिम तयारीमा सरकार रहेको जानकारी दिएकी छिन्। मन्त्री डा राणाको अध्यक्षतामा आज परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उनले सो जानकारी गराएकी हुन्। उनले...

रूपन्देहीका सीमा नाकाहरूमा यसरी भइरहेको छ सुरक्षा निगरानी (भिडिओ/तस्बिर)

३ घण्टा अघि   सेतोपाटी

रूपन्देहीको सीमा नाकाहरूमा सुरक्षा निकायले निगरानी बढाएको छ। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले छिमेकी मुलुक भारत र पाकिस्तानबीच द्वन्द्व चर्किंदै जाँदा सम्भावित जोखिमलाई ध्यानमा राखेर सीमा क्षेत्रमा निगरानी बढाइएको जानकारी दिए। सीमा नाकाहरूमा सुरक्षा निगरानी र सुरक्षाकर्मी परिचालन नियमित...

महाधिवेशनको सम्मुखमा दलहरू : कसकाे तयारी कति ?

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : दुई वर्षपछि चरणबद्ध हुने स्थानीय, प्रदेश र संघको आमनिर्वाचका लागि घोषित तथा अघोषित रूपमा रणनीतिक तयारी अघि बढाएका दलहरूले त्यसअघि गर्नुपर्ने आफ्नै पार्टीको महाविधेशनलाई भने नजरअन्दाज गरेका छन्। आफैले आ–आफ्नै विधानमा व्यवस्था गरेबमोजिम गर्ने हो भने अधिकांश संसद्‍वादी दलहरू महाधिवेशनको...

लोकप्रियभन्दा कार्यान्वयन हुने बजेट ल्याउनुपर्छ : विनोद चौधरी

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका सांसद विनोद चौधरीले आगामी बजेटमा गर्न सकिने काम मात्र समावेश गर्न सुझाव दिएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले विगतमा भएका कमजोरीबाट पाठ सिकेर भोलिका दिनमा गर्न सकिने काममात्र समावेश गरिनुपर्नेमा जोड दिएका...

सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ : महेश बर्तौला

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले) का  प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताए। शुक्रवार संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उनले गभर्नर नियुक्तिका लागि भएको छलफलले केही समय लिएको बताए। उनले दलहरुबीच गभर्नर नियुक्तिको...

प्रचण्डले भेटे राष्ट्रपति पौडेल

३ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। शुक्रबार दिउँसो 'प्रचण्ड' ले राष्ट्रपति निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका हुन्। सो भेटमा समसामयिक परिस्थितिबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री बन्न आफन्तसँगै लड्ने अर्जुनको रोचक कथा, हेर्नुस् युट्युबमा

३ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमाबम बिस्फोटमा परेर आन्ध्र प्रदेशका मुख्यमन्त्री सन्जीवको मृत्यु हुन्छ। उनको अन्तिम इच्छा थियो– छोरा अर्जुन आफूपछि मुख्यमन्त्री बनून्। बाबुले छाडेको पदमा गएर थपक्क बस्न अर्जुनका निम्ति सहज हुँदैन। उनी अमेरिकामा पढेर भर्खरै फर्केका हुन्छन्। अर्जुन राजनीतिमा आऊलान् र मुख्यमन्त्रीको दाबेदार होलान्...

पहलगाम घटनाको जबाफी आक्रमणबारे के भन्छन् भारतीय विदेशमन्त्री?

३ घण्टा अघि   सेतोपाटी

भारतका विदेश सचिव विक्रम मिस्रीले जम्मू-कश्मिरको पहलगाममा आतंकवादी हमलाको जबाफ स्वरूप ‘अपरेसन सिन्दुर’ सञ्चालन गरिएको बताएका छन्। उनले बुधबार र बिहीबार विशेष ब्रिफिङमार्फत पछिल्ला घटनाक्रमबारे सार्वजनिक गरेका हुन्। काठमाडौंस्थित भारतीय दूतावासले पनि सचिव मिस्रीको विशेष वक्तव्य सार्वजनिक गरेको छ। मिस्रीले...

राष्ट्रपति भेट्न पुगे माओवादी अध्यक्ष प्रचण्ड

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच शुक्रवार भेटवार्ता भएको छ।  राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा वर्तमान राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।  राजनीतिक वृत्तमा शंका उपशंकाका बीच भएको यस...

भोलिदेखि हेटौंडामा शैक्षिक सम्मेलन

४ घण्टा अघि   थाहाखबर

हेटौंडा : शनिबारबाट मकवानपुर बहुमुखी क्याम्पसले अन्ताराष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ। स्थानीयस्तरमा दिगो विकासका लक्ष्यलाई समायोजन गर्ने, युवा विद्यार्थीको क्षमता बढाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको बताइएको छ। मकवानपुर बहुमुखी क्याम्पसले विश्वविद्यालय तहको शिक्षालाई व्यावहारिक र उपयोगी...

पाकिस्तानमा रहेका नेपालीहरू सम्पर्कमा छन् : सरकार

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जानकारी गराएको छ। परराष्ट्र मन्त्रालयले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दैै पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेका जनाएको हो । ...

सरकारले कहाँ बढाउँदैछ कर? यी तीन प्रतिवेदनलाई मानिँदैछ आधार

४ घण्टा अघि   सेतोपाटी

के सरकारले थप नयाँ क्षेत्रमा कर लगाउँदैछ? कुन-कुन क्षेत्रमा भन्सार महसुल बढाइँदैछ? आयकरसम्बन्धी अहिलेको व्यवस्थामा के परिवर्तन गरिँदैछ? भ्याटमा बहुदर लागु हुन्छ कि हुँदैन? राजस्व चुहावट रोक्नको लागि के कदम चाल्दैछ? अहिले सरकार आगामी वर्षको कर नीतिको तयारीमा छ। जेठ...