अरनिको राजमार्ग विस्तार ढिलासुस्तीबारे जनप्रतिनिधिले देखाए चासो
छ लेनमा विस्तार भइरहेको अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक निर्माणमा भएको ढिलासुस्तीबारे यहाँका जनप्रतिनिधिले चासो राखेका छन्। आइतबार बनेपा नगरपालिका कार्यालयमा जनप्रतिनिधि तथा आयोजना एवं निर्माण व्यवसायीसँग सो विषयमा छलफल भएको थियो। छलफलमा काम छिटो सम्पन्न गरी वर्षामा...
