म ढुंगा हुँदा नै ठिक थिएँ!
म ऊ पर तिम्रो मानव बस्तीभन्दा टाढा नदीको तटमा घाम र जूनको स्पर्श गर्दै प्रकृतिको सामीप्यबाट आफ्नै अस्तित्वमा रहेको थिएँ! तिमी अचानक मेरो छेउ किनाराबाट हिँड्ने क्रममा एक्कासि ममाथि आँखा जुधायौ र बुरुक्क उफ्रिँदै खुसी भएर मलाई टपक्क टिपेर लेरायौ ...
