रास्वपा छाडेकी शर्माले भनिन्- प्राइमरी गर्ने भनेर आकांक्षीबाट पैसा उठाइयो, व्यवहारमा लागू भएन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी छाडेकी छन्। बुधबार विज्ञप्ती जारी गरी शर्माले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी गराएकी छन्। शर्मा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीबाट आकांक्षी थिइन्। रास्वपाले...
