९६.७ प्रतिशत घरमा पुग्यो बिजुली
नेपालको ९६.७ प्रतिशत घरपरिवारमा बिजुली पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको 'चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२'ले देशभर विद्युत सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको देखाएको हो। सर्वेक्षणले ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवाको निरन्तर स्रोतमा पहुँच पुगेको देखाएको हो।...
