इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना
इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार दिउँसो दुर्घटनामा परेको छ। इरानी सञ्चारमाध्यम आइआरएनएमा उल्लेख भएअनुसार राष्ट्रपति इब्राहिम सवार हेलिकप्टरको ‘हार्ड ल्यान्डिङ’ भएको हो। घटनाको विवरण अहिलेसम्म अज्ञात छ। तर प्रारम्भिक रिपोर्टअनुसार सो हेलिकप्टर हुस्सु लागेका कारण दुर्घटना भएको देखिएको छ।...