'नेताहरूले सूचना बेचेको' भन्ने गृहमन्त्रीको आरोप प्रमाणित गर्न वा उनलाई पदबाट हटाउन कांग्रेसले माग गर्ने
आइतबार गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसलगायत विपक्षी दलका नेताहरूलाई लक्षित गर्दै 'देशको सूचना बेच्ने देशको मन्त्री होस् कि पार्टीको महामन्त्री सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने' भनेका थिए। गृहमन्त्री लामिछानेका यी भनाइ अराजनीतिक, गैरजिम्मेवार, आपत्तिजनक र निन्दनीय भएको भन्दै कांग्रेसले कि यो आरोप...