जसपाको घोषणापत्र- विदेश जानेलाई निःशुल्क भिसा र टिकट, हरेक प्रदेशमा एआईमा आधारित अनुसन्धान केन्द्र (पूर्णपाठ)
जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। ललितपुरको ग्वार्कोस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार एक कार्यक्रम गरी जसपा नेपालले घोषणा पत्र सार्वजनिक गरेको हो। जसपाले यसपालि २५ पृष्ठको घोषणापत्र ल्याएको...
