एक्सनप्रधान फिल्म 'परिवर्तन' शुक्रबारदेखि देशभर प्रदर्शनमा
एक्सनप्रधान नेपाली फिल्म 'परिवर्तन' शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। फ्राइडे रिलिजको अवसर पारेर प्रदर्शनमा आएको फिल्मको शीर्ष भूमिकामा अभिनेता सुशील श्रेष्ठ छन्। यो फिल्मले अन्याय, संघर्ष र प्रतिशोधको कथालाई केन्द्रमा राख्दै समाजमा देखिने विकृति र त्यसविरूद्ध उठ्ने पात्रहरूको लडाइँलाई प्रस्तुत गर्छ।...
