शेखर कोइरालाले कांग्रेसको पछिल्लो अवस्थाबारे गरे छलफल
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका छन्। काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा आज नेताहरू र बुद्धिजीविहरूसँग छलफल गरिएको कोइरालाको सचिवालयले जनाएको छ। छलफलमा निवर्तमान उपसभापति धनराज गुरूङ, पूर्वमहामन्त्री शशांक कोइराला, नेताहरू बद्री पाण्डे, जीवन परियार, मिनेन्द्र रिजाल,...
