मन्त्रीलाई समयमै बैठकमा उपस्थित हुन राष्ट्रिय सभा अध्यक्षको रूलिङ
राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारका नाममा रूलिङ गरेको छ। बैठकको सुरूमै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरू हुने निर्धारण समयभित्रै नेपाल सरकारका मन्त्रीहरूलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न रूलिङ गरेका हुन्। राष्ट्रियसभाको आजको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि सरकारका...