ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

थपियो प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता समय

१३ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने अवधि थप गरिएको छ। निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै मंसिर १० गतेसम्मका लागि तोकिएको दल दर्ताको समय १४ गतेसम्मका लागि थप गरिएको बताएको छ। ‘निर्वाचन आयोगमा हालसम्म दर्ता कायम...

प्रधानमन्त्री कार्कीले गरिन् सचिवालयको संख्या कटौती

२० मिनेट अघि   सेतोपाटी

अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयको संख्या कटौती गरेकी छिन्। २६ सदस्यीय सचिवालयबाट कार्कीले १४ जनालाई हटाएकी हुन्। अब उनको सचिवालय ६ सदस्यीय भएको छ। अब कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर)...

अब प्रधानमन्त्री बन्न मरिहत्ते गर्दिनँ, जनताले मागे पछि हट्दिनँः प्रचण्ड

३५ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बन्न आवश्यक नरहेको उल्लेख गर्दै जनताको सेवकको रूपमा सधैं काम गर्ने बताएका छन्। बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्थानीय विकास, राष्ट्रिय राजनीति र वर्तमान...

रास्वपा र विवेकशील साझाबीच पार्टी एकता गर्ने निर्णय

३६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकीकरणको निर्णय भएको छ।  विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले आज विज्ञप्ति निकालेर पार्टी एकता निर्णयबारे जानकारी दिएका हुन्। दुई पार्टीबीच एकता घोषणा सभा आइतबार हुनेछ।

'ओलीले नै अघि सारेका मान्यता अहिले ईश्वर कमरेडले सम्झाउनुभएकाे हाे' [अन्तरवार्ता]

३६ मिनेट अघि   थाहाखबर

नेकपा एमाले ११औँ महाधिवेशनको सम्मुखमा छ। २७ देखि २९ सम्म काठमाडौँमा हुने महाधिवेशनका लागि प्रतिनिधि चयनको तयारी भइराख्दा मंगलबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भावी नेतृत्वका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।  नेतृत्वमा तेहरिन चाहेका केपी शर्मा ओलीलाई टक्कर दिने वरिष्ठ उपाध्यक्ष...

रास्वपा र विवेकशील साझाबीच एकताबारे छलफल

४८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकताबारे छलफल अघि बढेको छ। रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र विवेकशीलबाट उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच पार्टी एकताबारे चरण चरणमा छलफल अघि बढेको छ। रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपाबाट उपसभापति वाग्लेसहित ३ जनाको कार्यदलले...

रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर ल्याइयो (तस्बिरहरू)

५६ मिनेट अघि   सेतोपाटी

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुंमतीबाट आज पाटनको तःबहाल मन्दिर ल्याइएको छ। मच्छिन्द्रनाथलाई छ महिना पाटन छ महिना बुङ्मती राखिने चलनानुसार आज तःबहाल ल्याइएको हो। गुठियारहरूले निकालेको विशेष साइत अनुसार बुङ्मती गएर पूजापाठ र गुरूज्यूको पल्टनले सलामी दिएपछि आठ...

यो हिउँदमा पनि औसतभन्दा कम वर्षाको सम्भावना!

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : यो वर्षको हिउँदे सिजन केही दिनमा सुरु हुँदै छ। पछिल्ला तीनवटा हिउँद पानी नपरेपछि सुक्खा बित्यो। यो वर्ष पनि औसतभन्दा कम वर्षा हुने प्रक्षेपण वैज्ञानिकहरूले गरिसकेका छन्। नेपालको मौसमी पात्रोमा तय गरिएअनुसार मङ्सिर १५ देखि फागुन १५ (डिसेम्बर, जनवरी र...

मिराज ढुंगानालाई प्रश्न– दुर्गा प्रसाईंको समर्थनमा बोल्नुभएको रहेछ, तपाईं उहाँको निकट हो?

१ घण्टा अघि   सेतोपाटी

'गरिखान देऊ' का संयोजक मिराज ढुंगाना भदौ २३ र २४ को जेनजी आन्दोलनमा प्रत्यक्ष सहभागी थिएनन्। उनी आन्दोलन सकिएको केही दिनपछि मात्र बाहिर आएका थिए। त्यसयता प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्नुपर्ने माग अघि सारेका मिराजले आउँदो फागुन २१ गते हुने निर्वाचनमा आफू सहभागी नहुने बताउँदै आएका...

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलले दियो तीन अवार्ड

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंकले डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्टताका कारण भिसा इन्टरनेशनलबाट तीन प्रतिष्ठित अवार्ड पाएको छ।   ‘भिसा लिडरसीप कनक्लेभ’ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स, एक्सिलेन्स इन प्रिपेड कार्ड्स र एक्सिलेन्स इन पिओएस एक्युरिङ अवार्ड प्रदान गरिएको हो। भिसाले बैंकले...

मात्र तिमी!

१ घण्टा अघि   सेतोपाटी

हेर्नु ऐना अनि बोल्नु आफैसँग  पर्खिनु आफैलाई अनि डोर्‍याउनु आफ्नै छायालाई  लैजानु आफैले घुमाउन कतै  अनि सोध्नु आफैलाई आफ्नो कति माया लग्छ भनी? लेख्नु कविता पानाभरि अनि वाह! भनूँ आफै गाउनु गीत चर्को स्वरमा अनि आहा! भन्नू आफै बनाउनु एउटा...

नक्कली पिएचडी देखाएर नियुक्ति लिएपछि ४ प्राध्यापकविरूद्ध भ्रष्टाचार मुद्दा

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली पिएचडी देखाएर नियुक्ति लिएको भन्दै ४ प्राध्यापक विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गर्ने र लिने ४ प्राध्यापक विरूद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता भएको हो। सहपरीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्रा.डा...

रवी बोपाराको लगातार तेस्रो खेलमा अर्धशतक, चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा रवी बोपाराको अर्धशतकको मद्दतमा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ। टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १७४ रन जोड्यो।  चितवनका लागि रवी बोपाराले अर्धशतक...

चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : चितवन राइनोजले विराटनगर किङ्सलाई १७५ रनको लक्ष्य दिएको छ।  टस हारेर ब्याटिङमा उत्रिएको चितवनले ५ विकेट गुमाएर १७४ रन बनायो। चितवनका लागि लागि  रवि बोपराले ६५ रन बनाएर आउट भए भने  डेविड मिलन १७, देव खनाल २७, सैफ जैव ३२, दीपक बोहरा...

खाल्टै खाल्टाले भरिएको सडक!

१ घण्टा अघि   सेतोपाटी

म मोटरसाइकल यात्री। जता हिँड्दा पनि, जाडो होस् या गर्मी, धुलो मैलोबाट बच्नको लागि बाहिर एक सरो पातलो ट्र्याकसुट वा आउटर लगाई मुखमा मास्क लगाएर हिँड्ने। जाम, धुलो, धुवाँ खादै बेलुका घर पुगी मोटरसाइकलमा ओर्लिएर बाहिरको बोक्रा कपडा खोली धुलो...

प्रहरीले आज पनि पन्छायो बालुवाटार पुगेको मिराज ढुंगानाको टोलीलाई (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

बालुवाटारस्थित प्रधानमन्त्रीको निवास घेराउ गर्न पुगेको गरिखान देऊका संयोजक मिराज ढुंगाना सहितको टोलीलाई प्रहरीले आज पनि पन्छाएको छ। बुधबार अपराह्न प्रधानमन्त्री निवास पुगेका उनलाई प्रहरीले निषेधित क्षेत्रबाट पन्छाएको हो। प्रहरीले उनीहरूलाई धकेलेर अन्यत्र राखेको हो। मंगलबार पनि सिंहदरबार पुगेको उनको समूहलाई...

विराटनगरविरूद्ध रवि बोपराको अर्धशतक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : विराटनगर किङ्सविरूद्ध चितवन राइनोजका रवि बोपराले अर्धशतक प्रहार गरेका छन्।  टस हारेर ब्याटिङमा उत्रिएको चितवनका लागि रविले २० बलमा तीन छक्का र दुई चौकाको मद्धतमा अर्धशतक हानेका हुन्।  यस अगाडि उनले कर्णाली याक्स र लुम्बिनी लायन्सविरूद्ध पनि अर्धशतक हानेका थिए।

कांग्रेस महाधिवेशनको बाधक थाँक्रोमा चढेका लहराहरू हुन्: ओमकार श्रेष्ठ

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता ओमकार श्रेष्ठले पार्टीकै केही पदाधिकारीहरूले महाधिवेशन रोकेको बताएका छन्। ती पदाधिकारीहरूलाई उनले थाँक्रोमा चढेको लहराहरू भन्ने उपमासमेत दिए। ‘मैले कार्यवाहक सभापतिसहित केन्द्रीय सदस्यहरूसँग पनि कुरा गरेको छु, भोलि केन्द्रीय समिति बैठक छ। दाइ, सबैलाई स्वीकार्य नहुने निर्णय...

फागुनमै निर्वाचन भए के हुन्छ एसइई परीक्षा ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : यो वर्ष (२०८२)को माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत पहिलो हप्ता सञ्चालन हुने वार्षिक कार्य तालिका छ। राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसका लागि गत कात्तिक १७ गते नै परीक्षा आवेदन फारम खुला गरेको थियो। परीक्षा आवेदन...

यसकारण रोकियो मधेस प्रदेशका मुख्यमन्त्रीको तीन प्रस्ताव

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवका तीन महत्वपूर्ण प्रस्ताव रोकिएको छ। सर्वोच्च अदालतबाट सरकार गठन विरूद्धमा परेको मुद्धाको फैसला नआएका कारण प्रमुख सचिव लगायतका निजामती कर्मचारीले प्रस्ताव अघि नबढाउन भनेका हुन्।  मधेस आन्दोलनका सहिदलाई मधेस रत्न विभूषणले सम्मान गर्ने, मोन्था...

एआइजी कार्कीसहित तीन जनाले पाए दर्ज्यानी चिह्न

२ घण्टा अघि   सेतोपाटी

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका ईश्वर कार्कीसहित तीन जनाले दर्ज्यानी चिह्न पाएका छन्। बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच तीन जनालाई आइजिपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। मन्त्रिपरिषदको बैठकले एआइजी कार्कीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको...

जसपाका बागमती प्रदेश अध्यक्ष गोले एमाले प्रवेश

२ घण्टा अघि   सेतोपाटी

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले एमाले प्रवेश गरेका छन्।  गोले बुधबार अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा एमाले प्रवेश गरेका हुन्।  उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओली, एमाले बागमती अध्यक्ष कैलाश ढुंगेलले खादा लगाएर स्वागत गरेका थिए। उपेन्द्र...

दिपल एस ०७ आईसिएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शून्य खर्च

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : एमएडब्लु वृद्धिले ‘बाइब्याक ग्यारेन्टी र ५ वर्षसम्म शून्य खर्च’ स्किम पुनः शुरु गरेको छ। दिपल एस०७ प्रति ग्राहकको आत्मविश्वास बढाउने उद्देश्यमा यो स्किम पुनः शुरु गरिएको दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले जनाएको हो।​ स्किमले ‘रिसेल भ्यालु’को चिन्ता हटाउने...

कुलमान र खगेन्द्र सुनारको पार्टीले एउटै चिह्नमा चुनाव लड्ने‍ घोषणा

२ घण्टा अघि   सेतोपाटी

कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालबीच चुनावमा सहकार्य हुने भएको छ। आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनमा एउटै चिह्नमा चुनाव लड्ने घोषणा दुई दलले गरेका छन्। बुधबार बानेश्वरमा एक कार्यक्रम गरी एउटै चुनाव...