ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनमतले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

२ मिनेट अघि   सेतोपाटी

जनमत पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई १२ बुँदे ज्ञापनपत्र बुझाएको छ।  सोमबार पार्टीका उपाध्यक्ष जयकान्त राउत, महासचिव चन्दन सिंह प्रधानमन्त्री सुशीला कार्कीलाई मधेश, थरूहट र स्वराज आन्दोलनसँग सम्बन्धित विगतका सबै राजनीतिक सम्झौता कार्यान्वयन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो। पार्टीका अध्यक्ष सिके राउत...

कर्णालीलाई ९४ रनमै अलआउट गर्दा सुदूरपश्चिमका दीपेन्द्रको उत्कृष्ट बलिङ, निकाल्यो लगातार तेस्रो जित

५ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) लिगमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङको नमुना देखाएपछि सुदूरपश्चिम रोयल्यसले लगातार तेस्रो खेलमा जित निकालेको छ।  सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको जित निकालेको हो। जारी एनपिएलमा सुदूरपश्चिमसँगै विराटनगर किंग्सले लगातार तीन...

कर्णालीमाथि सुदूरपश्चिमको रवाफिलो जित, दीपेन्द्रले लिए चार विकेट

५ मिनेट अघि   थाहाखबर

काठमाडौं : कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सले रवाफिलो जित हात पारेको छ। सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनायो। कर्णालीका लागि पवन सर्राफ २७, मार्क वाट १७, कप्तान सोमपाल कामी १४, गुलशन झा र...

रास्वपा काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले लिए राजीनामा फिर्ता

१४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। पार्टीका प्रवक्ता मनिष झाका अनुसार विष्टले आज राजीनामा फिर्ता लिएका हुन्। यसअघि उनले राजीनामा पत्रमा आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पार्टीको वडा, पालिका क्षेत्रको सुझाव र समस्या, विधान,...

म अराजक होइन– महेश बस्नेत

२३ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत बारम्बार चर्चामा आइरहन्छन्। उनी २०६५ सालमा तत्कालीन नेकपा माओवादीको योङ कम्युनिस्ट लिग (वाइसिएल) सँग भिड्न गठन गरिएको युथ फोर्सको नेतृत्व गरेर चर्चामा आएका थिए। जेनजी आन्दोलनपछि सडकमा एमाले कार्यकर्ता उतारेर होस् या अध्यक्ष केपी शर्मा ओलीको रक्षा कवच बनेर, उनी अहिले पनि...

सीताराम विवाहपञ्चमी महोत्सव मटकोर विधि सम्पन्न

३० मिनेट अघि   थाहाखबर

जनकपुरधाम : सप्तदिवसीय सीताराम विवाहपञ्चमी महोत्सवअन्तर्गत पाँचौँ दिन सोमबार जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा मटकोर विधि सम्पन्न भएको छ।  मटकोर विधिलाई विवाहपञ्चमी महोत्सवको अत्यन्तै महत्त्वपूर्ण संस्कार मानिन्छ, जसमा सीता र रामको विवाहपूर्व गरिने परम्परागत माटो–पूजा गरिन्छ। गंगासागर क्षेत्र भक्तजन, साधुसन्त, झाँकी...

बारामा तस्कार समूहसँग भीडन्त हुँदा सात राउण्ड हवाइ फायर

४५ मिनेट अघि   सेतोपाटी

बारामा तस्कर समूह र प्रहरीबीच भीडन्त हुँदा ७ राउण्ड हवाइ फायर भएको छ।  आइतबार राति इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी गस्तीको टोली र तस्कर समूहको जम्काभेट भएको थियो। भारतसँग सिमाना जोडिएको बारा पचरौता नगरपालिका- ६ पकडिया चिकनी टोल जम्काभेट हुँदा...

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता नेपाली टोलीलाई प्रधानमन्त्रीको बधाई

५२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भएको टोलीलाई बालुवाटारमा बोलाएर बधाई दिएकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलसमेतलाई बोलाएर उनले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिएकी हुन्। नेपाली खेलकुदकै लागि ऐतिहासिक...

मुख्य सचिवमा सुमनराज

५९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको २९ औँ मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गर्ने भएको छ। ५८ वर्षे उमेरहदका कारण अवकाशमा जान लागेका एकनारायण अर्यालपछि सुमनराज अर्याल मुख्य सचिव पदमा नियुक्त हुन थालेका हुन्। मुख्य सचिवको रूपमा उनले अब ७ महिना...

हत्या भएको ९ दिनपछि मात्रै फेला परेको थियो बसपार्कमा मायाको शव

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको बसपार्कमा मृत फेला परेकी युवतीको शव ९ दिनअघि नै हत्या भएको खुलेको छ। शनिबार बिहान टोखा नगरपालिका-९ स्थित बसपार्क नजिकै सडक छेउमा पोको पारिएको अवस्थामा शव फेला परेको थियो। मृतक माया भन्ने आयुषा मगर हुन्। उनको हत्या भने कात्तिक...

एआइजीमा बढुवा भएका ईश्वर कार्कीको काठमाडौं उपत्यकामा पदस्थापन

१ घण्टा अघि   सेतोपाटी

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका ईश्वर कार्कीको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई बढुवा गर्ने निर्णय गरेको हो। सोही बैठकले रिक्त रहेको कार्यालयको प्रमुखमा कार्कीको पदस्थापन गरेको हो। कार्की यसअघि कोशी...

तीन जना डिआइजीको सरूवा

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरूवा भएको छ। सोमबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागको कर्मचारी प्रशासन शाखाले तीन जना डिआइजीको सरूवा गरेको हो। कोशी प्रदेश प्रहरी कार्यालयमा विनोद घिमिरेको सरूवा भएको हो। दिलिप सिंह...

रूसले तेलको भाउमा भारतलाई दियो भारी छुट!

१ घण्टा अघि   सेतोपाटी

अमेरिकाले रूसका शीर्ष  तेल उत्पादक कम्पनीलाई प्रतिबन्ध लगाएपछि रूसले भारतलाई कच्चा तेलको भाउमा भारी छुट प्रस्ताव गरेको छ। तेल बेचेर युक्रेनसँग युद्ध लडिरहेको रूसलाई दबाव हाल्न अमेरिकाले भर्खरै रूसका रसनेफ्ट र लुकोयल कम्पनीलाई प्रतिबन्ध लगाएको थियो। त्यसपछि रूसले भारतलाई आफ्नो...

एमाले उपाध्यक्ष बराललाई प्रश्न : चुनावको तयारी गरेर संसद् पुनःस्थापनाको अडान किन ? [अन्तरवार्ता]

१ घण्टा अघि   थाहाखबर

नेकपा एमाले संसद् विघटनविरुद्ध उभिँदै आएको छ। अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनलाई उसले ‘असंवैधानिक’ भनेको छ।   विगतमा दुई–दुई पटक आफैँ संसद् विघटन गरे पनि सर्वोच्च अदालतले ब्युँत्याइदिएको नजिर पेस गर्दै एमालेले अहिले संसद् पुनःस्थापनाका लागि आफ्नो शक्ति खर्चिरहेको छ।...

दिपल एस–०७ आइसिएमा ‘बाइब्याक ग्यारेन्टी’, शून्य खर्च स्किम पुनः सुरु

१ घण्टा अघि   सेतोपाटी

नेपालका लागि दिपल लक्जरी इभीका अधिकृत विक्रेता एमएडब्लु वृद्धिले आफ्नो फ्ल्यागसिप मोडल दिपल एस–०७ आइसिएमा ‘बाइब्याक ग्यारेन्टी’ र ५ वर्षसम्म शून्य खर्च स्किम पुनः सुरू गरेको छ।  स्किमले ग्राहकको ‘रिसेल भ्यालु’को चिन्ता घटाउँदै इभी स्वामित्व अनुभवलाई अझ सहज बनाउने कम्पनीको...

कर्णालीले सुदूरपश्चिमलाई रोक्यो १३९ रनमा

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार दिनको दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोयल्सलाई कर्णाली याक्सले १३९ रनमै रोकेको छ। १४० रनको लक्ष्य प्रस्तुत गरेको सुदुरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सबैभन्दा बढी ३९ रन बनाउन सके। टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको...

विदेशबाट मतदान: परराष्ट्र मन्त्रालयले देखायो १० चुनौती

१ घण्टा अघि   सेतोपाटी

परराष्ट्र मन्त्रायलले विदेशस्थित नेपाली नियोगहरूमा मतदाता उपस्थित भएर गरिने मतदानको व्यवस्थापन गर्न लगभग असम्भव रहेको जनाएको छ। नीति अनुसन्धान प्रतिष्ठानले विदेशमा भएका नेपाली नागरिकलाई तीन प्रकारको मतदानको सेवा उपलब्ध गराउन सकिने निष्कर्ष सहितको अध्ययन प्रतिवेदन सरकारलाई दिएको छ। जसमा दूतावासमा...

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ९ विकेट गुमाएर १३९ रन बनायो। सुदूरपश्चिमका   लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए। आरिफ शेख २७, हर्मित सिंह १९ क्रिश ली १८, विनोद...

सञ्चालनमा आयो पाँचतारे रिसोर्ट ‘रोयल टुलिप’, १ लाख रूपैयाँसम्मका कोठा

२ घण्टा अघि   सेतोपाटी

सौराहाको पाँचतारे रिसोर्ट ‘रोयल टुलिप’ सञ्चालनमा आएको छ। कम्पनीका अध्यक्ष रामेश्वर शाहले रिसोर्ट सञ्चालनमा ल्याएको जानकारी दिएका हुन्।  यो रिसोर्ट केटिएम हस्पिटालिटीले सन् २०२० बाट बनाउन थालेको थियो। देसमा घटेका विभिन्न राजनीतिक र सामाजिक घटनाले गर्दा होटल बनाउन केही ढिलाइ...

प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि जेनजीको आक्रोश

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेनजीहरू प्रधानमन्त्रीलाई भेट्न नपाएपछि आक्रोशित भएका छन्। ध्यानाकर्षण बुझाउन सोमवार सिंहदरबार पुगेका जेनजीले घण्टौं कुर्दा समेत प्रधानमन्त्री कार्कीसँग भेट्न नपाएपछि होहल्लासँगै आक्रोशित भएका हुन्। सरकार...

कांग्रेसका विशेष महाधिवेशन पक्षलाई राष्ट्रपतिले भने- आन्तरिक कुरा आफै मिलाउनू, चुनावकै तयारी गर्नू

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर कुराकानी गरेका छन्। शीतल निवासमा सोमबार विशेष महाधिवेशन पक्षधर नेताहरू र राष्ट्रपति पौडेलबीच करिब सवा घन्टा छलफल भएको हो। राष्ट्रपतिसँगको छलफलमा समसामयिक राजनीतिक घटनाक्रम, आगामी चुनाव र दलहरूले खेल्नुपर्ने...

सिंहदरबार छिर्न नपाएपछि गेटमै माग पत्र टाँसेर फर्किए मिराज ढुंगाना नेतृत्वको जेनजी समूह (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा प्रवेश नपाएपछि सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर मिराज ढुंगाना नेतृत्वको जेनजी समूह बाहिरिएको छ। सोमबार दिउँसो प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका जेनजी अगुवाहरू पुगेका थिए। प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले...

‘विश्वविद्यालयमा प्रधानमन्त्री होइन, प्राज्ञिक व्यक्ति कुलपति बन्नुपर्छ’

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ‘मैले प्रधानमन्त्रीज्यूलाई कति वटा विश्वविद्यालयको कुलपति हुनुहुन्छ‚ थाहा छ भनेर सोधेँ एक दिन, उहाँले कहाँ थाहा हुनु?, मलाई थाहै हुँदैन भन्नुभयो, अब कुलपतिले आफू यति वटा विश्वविद्यालयको कुलपति छु भन्ने थाहा नभएपछि कसरी चल्छ?,अनि यस्तो किसिमको कुलपति राखेर कसरी विश्वविद्यालय...

नागरिक सहभागिता र अन्तरसरकार सम्बन्धबाट राजस्व लक्ष्य पूरा गर्न सकिन्छ : समिति

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नागरिक सहभागिता र अन्तरसरकार सम्बन्धलाई बलियो बनाउने हो भने राजस्व संकलनको लक्ष्यमा पुग्न सकिने काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले निष्कर्ष निकालेको छ। आज(सोमबार) समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षमा संकलन भएको राजस्वसँग विगत वर्ष...