सर्वोच्चलाई रञ्जिताको जवाफ– हत्या मुद्दामा दोषी ठहर भएकाले रेशम पार्टी सदस्य हुन समेत अयोग्य छन्
नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी हत्या मुद्दामा दोषी ठहर भएकाले आफ्नो पार्टीको अध्यक्ष बन्न अयोग्य रहेको जवाफ सर्वोच्च अदालतलाई दिएकी छन्। निर्वाचन आयोगले फागुन २४ गते नाउपा अध्यक्ष रेशम चौधरी रहेको विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो।...