२२३ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
काठमाडौंबाट २२३ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले तारकेश्वर नगरपालिका-६ जितपुरफेदीबाट एक जनालाई पक्राउ गरेको एसपी जनकबहादुर शाहीले जानकारी दिए। नुवाकोट सूर्यगढी घर भएका ४३ वर्षीय कुलबहादुर तामाङ पक्राउ परेका हुन्। उनको डेराबाट प्रहरीले...
