फेब्रुअरीमा लोकरकको उत्सव, चार सहरमा गुञ्जिँदै नेपथ्य
वैश्विक हिसाबले प्रेमिल अनि आसन्न चुनावले गर्दा राजनीतिक रंगमा घोलिन लागेको यो फेब्रुअरीलाई लोकरक ब्याण्ड नेपथ्यले भने संगीतको महिना पनि तुल्याउन थालेको छ । यस वर्ष दुई चरणमा स्वदेश यात्रा तय गर्न लागेको नेपथ्यले पहिलो चरण अन्तर्गत ४ फेब्रुअरी (माघ २१...
