ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

त्यो अपराधीलाई मैले किन दिएँ उन्मुक्ति!

३४ मिनेट अघि   सेतोपाटी

छाप्रोमुनि कान्लामा सेताम्मे फुलेको इन्द्रकमलमा मुनाको आँखा पर्‍यो। माझेका भाँडा पिँढीका चाक्ला ढुंगामा घोप्ट्याउँदै भाइलाई अह्राई, 'त्यो फूल टिपेर ल्याइदे न।' दिदीको अह्रोट भुइँमा नखस्दै एक हातले प्यान्ट समात्दै मनोज कान्लातिर कुद्‍यो । 'दुइटा मात्रै टिप्नू है', मुना कराई। उसले त्यसै...

पुराना खराब भए, नयाँ दल चाहिन्छ भन्ने विचार क्रान्तिकारी होइन- विप्लव

३५ मिनेट अघि   सेतोपाटी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले पुराना दल गलत भएकोले नयाँ दल चाहिन्छ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको बताएका छन्। शनिवार आयोजित पार्टीको निर्वाचनसम्बन्धि प्रशिक्षण कार्यक्रममा उनले हाल राजनीतिक वृत्तमा फैलाइएको नयाँ–पुराना दलको...

सर्लाही ४ मा उम्मेदवारीबारे गगन थापाले भने- सजिलो छाडेर अफ्ठ्यारो रोजेको हुँ

५५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले सधैँ सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोजेको बताएका छन्। शनिबार बानेश्वरमा सर्लाहीका मतदाताहरूसँगको अन्तरक्रिया कार्यक्रममा सभापति थापाले यसपालि तुलनात्मक रूपमा काठमाडौं-४ आफ्ना लागि सहज भए पनि सर्लाही गएर अफ्ठ्यारो बाटो रोजेको बताएका हुन्। 'यो...

जिम्बावेलाई हराएसँगै नेपालको सुपर-६ सम्भावना कायमै

१ घण्टा अघि   सेतोपाटी

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटअन्तर्गत समूह चरणमा नेपालले पहिलो जित दर्ता गराएको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपालले समूह ‘बी’ मा जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो।  टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जिम्बावेले ६...

यसरी नै अघि बढिराछ हाम्रो वैवाहिक सम्बन्ध!

१ घण्टा अघि   सेतोपाटी

मैले कहिल्यै त्यसरी सोचिनँ होला। जस्तो कि मासु खानु, नखानुले पनि जिन्दगीमा यति फरक पर्छ भनेर। बिहेअघि म मासुको स्वादसँग धेरै नै अभ्यस्त भइसकेकाले पनि होला त्योभन्दा बाहेकको खाने चिजले मोहनी लाउन भने सकेन। मेरी श्रीमती र मेरो मागी बिहे भएको...

झापाबाट फर्कँदा सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो- ओली

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको आरोप लगाएका छन्।  गृहजिल्ला झापाबाट शुक्रवार  काठमाडौं फर्कने क्रममा विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गरेको अध्यक्ष ओलीले बताएका हुन्। शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै...

चुनावी प्रचारमा बालबालिका प्रयोग भएकोबारे जेनजी फ्रन्टको ध्यानाकर्षण

२ घण्टा अघि   सेतोपाटी

जेनजी फ्रन्टले निर्वाचन प्रचार प्रसारमा बालबालिकाहरुको प्रयोग भइरहेको विषयप्रति आपत्ति जनाएको छ। जेनजी फ्रन्टले शनिबार विज्ञप्ती जारी गरी आगामी फागनु २१ मा हुने निर्वाचनका लागि बालबालिकाहरूको प्रयोग भएको जनाउँदै त्यसप्रति फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको बताएको हो। उसले बालबालिकालाई संलग्न गराउनु...

'ब्याटल अफ गलवान' को गीतमा सलमानसँग देखिए अनुपविक्रम (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

बलिउड स्टार सलमान खान अभिनीत फिल्म 'ब्याटल अफ गलवान' को गीत शनिबार सार्वजनिक भएको छ। 'मातृभूमि' बोलको उक्त गीतमा नेपाली अभिनेता अनुपविक्रम शाही सलमान खानसँगै देखिएका छन्। देशभक्ति भावना समेटिएको उक्त गीतको एक दृश्यमा अनुप सलमानसँग सँगै देखिन्छन्। यसले फिल्ममा उनको भूमिका...

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा दौड प्रतियोगिता

२ घण्टा अघि   सेतोपाटी

७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित ४ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। भन्सार विभाग त्रिपुरेश्वरदेखि थापाथली, माइतीघर, बानेश्वर, तीनकुने, हुँदै त्रिवि भन्सार कार्यालयसम्म दौड प्रतियोगिता भएको थियो। प्रतियोगितामा पुरूषतर्फ सशस्त्र प्रहरीका रूपेश कार्कीले १५.३१ मिनेटमा दुरी पार गर्दै प्रथम स्थान हासिल...

कस्तो रह्यो 'बोर्डर २' को बक्स अफिस ओपनिङ?

२ घण्टा अघि   सेतोपाटी

बलिउड फिल्म 'बोर्डर २' ले भारतीय बक्स अफिसमा बलियो ओपनिङ गरेको छ। प्रदर्शनको पहिलो दिन शुक्रबार फिल्मले भारतमा ३२ करोड १० लाख भारू ग्रस कमाइ गरेको हो। सार्वजनिक बिदा नभएको दिनमा रिलिज भएर पनि फिल्मले ठूलो कमाइ गरेको बलिउड व्यापार विश्लेषक...

बादलमुनि काठमाडौं (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

पश्चिम नेपालका केही भूभागहरूमा शुक्रबारदेखि वर्षा भइरहेको छ। पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम र कर्णालीका केही जिल्लाहरूमा हल्कादेखि मध्यम र लुम्बनी प्रदेशका केही भूभागहरूमा छिटपुटदेखि हल्का वर्षा भएका छन्। चौबीस घन्टाको अवधीमा बैतडीमा ३० मिलिमिटर वर्षा भएको छ। डोटीको साहुखर्कमा...

गैंडा त हात्तीसँग डराउँदो रहेछ!

३ घण्टा अघि   सेतोपाटी

नवलपरासीको एउटा फार्महाउस बाहिर जंगल सफारीको जीप हामीलाई पर्खिरहेको थियो। हामी पन्ध्र जनाले उत्साहका साथ जीपमा चढ्यौं। अमलतारी बफर जोन कम्युनिटी पुग्न हामीलाई दुई घण्टा लाग्यो। त्यहाँबाट हामीले प्रवेश टिकट किन्यौं र गुन्द्रही ढकहा सामुदायिक वनमा गैंडाको खोजीमा जंगल सफारी...

त्रिपक्षीय वार्ता जारी रहँदा रूसले युक्रेनमा गर्‍यो यो वर्षकै ठूलो हमला

३ घण्टा अघि   सेतोपाटी

आबुधाबीमा त्रिपक्षीय वार्ता नसकिँदै रूसले युक्रेनको राजधानी किभ लगायतका क्षेत्रमा रूसले यो वर्षकै ठूलो हमला गरेको छ। गएराति रूसले राजधानी लगायतका क्षेत्रमा ठूलो संख्यामा मिसाइल र ड्रोनले हमला गरेको अमरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। शुक्रबार अबुधाबीमा रूस-युक्रेन-अमेरिकी अधिकारीबीच पहिलो...

मोरङ–६ मा फेरि बदलिन्छ कि मतदाताको मन?

४ घण्टा अघि   सेतोपाटी

२०४८ यता नेपालमा संविधान सभाका दुईसहित सात वटा आम निर्वाचन भएका छन्।  मोरङ- ६ मा एउटा उपनिर्वाचन पनि भएकाले यहाँका मतदाताले अहिलेसम्म ८ पटक आफ्ना प्रतिनिधि छानिसकेका छन्।  यो क्षेत्रमा भएका यी आठ वटै चुनावमा एउटा रोचक संयोग के छ भने...

मत माग्न सुरू भइसकेछ, घोषणापत्र अझै देख्न पाइएन- भावना राउत

५ घण्टा अघि   सेतोपाटी

जेनजी अभियानी भावना राउतले घोषणापत्र सार्वजनिक गर्नुअघि नै उम्मेदवारहरूले मत माग्न सुरू गरेको भन्दै चुनावी संस्कारमै प्रश्न उठाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, 'यो निर्वाचनदेखि त घोषणापत्रको संस्कार नै लोप हुने हो कि क्या हो? मत माग्न सुरू भइसकेको छ...

हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निस्कासित

५ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता हरिबोल गजुरेलसहित ७ जना नेता पार्टीबाट निस्कासित भएका छन्। पार्टीको आधिकारिक उम्मेवार विरूद्ध बागी उम्मेदवार खडा गरी त्यसको प्रस्तावक र समर्थक बनेको भन्दै गजुरेलसहित ७ जनालाई नेकपाले निस्कासन गरेको हो। निस्कासित नेताहरूमा गजुरेलसहित सिन्धुलीकै महेश्वर दाहाल,...

यस्तो नबनोस् नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र

६ घण्टा अघि   सेतोपाटी

घोषणापत्र फर्केर हेर्दा निर्वाचनअघि हरेक राजनीतिक पार्टीले चुनावपछि कार्यान्वयन गर्ने भनी कबुल गरेका कार्यक्रमको फेहरिस्त सार्वजनिक गर्छ। चुनावी घोषणापत्रका रूपमा सार्वजनिक गरिने यो दस्तावेजमा राजनीतिक दलहरूले आफू वा आफ्ना उम्मेदवारलाई किन भोट हाल्ने भनी कारण खुलाउँछन्। तर विडम्बना के भने,...

पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू)

६ घण्टा अघि   सेतोपाटी

खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङ पछिल्लो समय पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक समृद्धि र पहुँचयुक्त पूर्वाधारले यस क्षेत्रलाई पर्यटकका लागि सहज गन्तव्य बनाएको हो। समुद्री सतहबाट...

लेखक तथा विश्लेषक युग पाठक नेकपामा प्रवेश

६ घण्टा अघि   सेतोपाटी

लेखक, विश्लेषक तथा नागरिक अभियानी युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । शनिबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टीमा स्वागत गरे। पेरिसडाँडा युग पाठकलाई स्वागत गर्दा नेकपा सह-संयोजक माधवकुमार नेपाल, नेताहरू बेदुराम भुसाल,...

मण्डला नाटकघरमा बहुरिया (तस्बिरहरू)

७ घण्टा अघि   सेतोपाटी

काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा नाटक बहुरियाको नियमित मञ्चन भइरहेको छ।  सुरज यादवको लेखन तथा निर्देशनमा तयार भएको यस नाटकको रचनात्मक निर्देशन सरिता गिरीले गरेकी हुन् भने निर्माण बुद्धि तामाङले गरेका हुन्।  मण्डला थिएटरको प्रस्तुतिमा बनेको नाटकले मधेसको लवज र सामाजिक...

जुम्ला सदरमुकाम खलंगामा हिमपात (तस्बिरहरू)

७ घण्टा अघि   सेतोपाटी

पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षसँगै हिमपात भएको छ। शुक्रबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा वर्षा र हिमपात भइरहेको छ। जुम्ला सदरमुकाम खलंगा बजारमा पनि शनिबार बिहान हिमपात भएको छ।  यसपालि हिउँद लागेपछि पहिलो...

सुदूर पहाडमा हिमपात, किसान खुसी

७ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ । बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। वर्षासँगै हिमपात भइरहे पनि राजमार्गहरूमा...

निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार परेन आवेदन

८ घण्टा अघि   सेतोपाटी

बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप गर्दा पनि माग अनुसारको आवेदन आउन सकेको छैन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका जिल्लामा एक हजार २९८ जना नेपाल प्रहरीतर्फ र १८९ जना सशस्त्र प्रहरीबाट गरी कूल एक हजार...

शान्त र मनमोहक मकालु पदमार्ग (तस्बिरहरू)

८ घण्टा अघि   सेतोपाटी

प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा हिँड्न चाहनेका लागि सङ्खुवासभाको मकालु पदमार्ग उत्कृष्टमध्येको एक हो। मकालु हिमाल ‘मकालु–बरूण राष्ट्रिय निकुञ्ज’ मा पर्दछ। सरकारले २०४९ मा बनाएको यो निकुञ्जको क्षेत्रफल १ हजार ५०० वर्ग कि.मि. छ। निकुञ्जको उचाइ ४३५...