ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

वैदेशिक रोजगारको क्रममा प्रवेशाज्ञा र सेवा शुल्कमा मनपरी गरे इजाजतपत्र खारेज हुने

११ मिनेट अघि   सेतोपाटी

वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीहरूले प्रवेशाज्ञा, सेवा शुल्क तथा प्रवर्द्धन खर्चका नाममा तोकिएभन्दा बढी रकम असुल गरे कडा कारबाही हुने व्यवस्था गरिएको छ। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकले वैदेशिक रोजगार ऐन २०६४ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको...

स्थानीय तहले अब एक पटकको लागि जग्गाको पुनःवर्गीकरण गर्न पाउने

२७ मिनेट अघि   सेतोपाटी

  यसअघि वर्गिकरण भएका जग्गाको पुनःवर्गिकरण गर्ने बाटो खुलेको छ।  केही  नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकमार्फत् भूउपयोग ऐन २०७६ मा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो।  लामो सयमदेखि स्थानीय तहले जग्गाको वर्गिकरण गर्न नसक्दा घरजग्गाको कारोबार नै शिथिल भइरहेको...

अब सार्वजनिक पूर्वाधारको पनि बीमा

३२ मिनेट अघि   सेतोपाटी

अब सार्वजनिक पूर्वाधारको पनि बीमा हुने भएको छ। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकमार्फत् बीमा ऐनलाई संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो। हालसम्म सार्वजनिक पूर्वाधारहरूको बीमा नहुँदा त्यस्तो सम्पत्तिमा हुने क्षतिको दायित्व सरकारलाई नै पर्दै आएको थियो। २०७२ सालको...

सर्वोच्च अदालतले सोध्यो सुकुम्बासी हटाउँदाको विधि र प्रकृया, मानवअधिकार अवस्था

३४ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउँदा अकलम्बन गरिएको  विधि र प्रकृयाको विवरण मगाएको छ।  सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय विरूद्ध परेको रिटमा सोमबार न्यायाधीश सुनिल कुमार पोखरेलको इजलास पाँचवटा बुँदामा विवरण मगाएको छ।  यो विषयमा अन्तरिम आदेश दिने/ नदिने छलफल गर्न बुधवार...

'राजा शिवाजी' ले चार दिनमा कमायो ३९ करोड भारू

३४ मिनेट अघि   सेतोपाटी

मराठी फिल्म 'राजा शिवाजी' ले बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ। फिल्मले प्रदर्शनको चार दिनमा भारतमा नेट ३९ करोड ५० लाख भारू कमाइ गरेको हो।  रितेश देशमुख अभिनीत फिल्मले पहिलो दिनदेखि नै बलियो सुरूआत गरेको थियो। यद्यपि, प्रदर्शनको चौथो दिन...

लिपुलेक मार्गबारे कांग्रेस- नेपालको सार्वभौमिकताको सम्मान गर्न भारत र चीनलाई आग्रह

३९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले दुवै छिमेकी देशहरू भारत र चीनलाई नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेको छ। नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने भारत र चीनबीच भएको सहमतिप्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण रहेको उल्लेख गर्दै भनेको छ, ‘भारत...

मन्त्रालयगत बजेट छलफलमा अर्थमन्त्री, दुई दिनको समय

४८ मिनेट अघि   सेतोपाटी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट लेखन तयारीको क्रममा विभागीय मन्त्रीहरूसँग छलफल गरेका छन्। सोमबार मात्रै नौ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूसँग छलफल गरेका उनले आज (मंगलबार) बाँकी मन्त्रीहरूसँग छलफल गर्दैछन्। मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले निर्धारण गरेको समय...

धितोपत्र बोर्ड अध्यक्षको लागि ४७ जनाको आवेदन

१ घण्टा अघि   सेतोपाटी

नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष पदका लागि उल्लेख्य चासो देखिएको छ। छनोट समितिले सोमबारसम्म आवेदन दिन समय तोकिएकोमा सो अवधिभित्र ४७ जनाले आवेदन दिएका छन्।  वैशाख १५ देखि २१ गतेसम्म दरखास्त आह्वान गरिएको थियो। अब समितिले प्राप्त आवेदनहरूबाट संक्षिप्त सूची...

राहुल गान्धीसँग जोडिएको अफवाहमा कंगना आक्रोशित

१ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेत्री तथा सांसद कंगना रनौतले कांग्रेस नेता राहुल गान्धीसँग विवाह गर्ने भन्ने सामाजिक सञ्जालमा फैलिएको अफवाहको खण्डन गरेकी छन्। दैनिक भास्करका अनुसार, सामाजिक सञ्जालमा कंगनाले 'राहुल गान्धीले भाजपा ज्वाइन गरेमा आफू विवाह गर्न तयार हुने' भन्ने दाबी गरिएको पोस्ट भाइरल...

यी जिल्लामा चल्छ आज तीव्र गतिको हावाहुरी

१ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभागले मंगलबार यी जिल्लामा तीव्र गतिले हावाहुरी चल्ने पूर्वानुमान गरेको छ। विभागका अनुसार मंगलबार दिउँसो बाँके, दाङ, रूपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र गतिको हावाहुरीको सम्भावना छ। मंगलबार राति कपिलवस्तु, रूपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्र गतिको...

जो खोजिरहेका छन् सुकुम्बासी बस्तीमा गाई र कुकुर

१ घण्टा अघि   सेतोपाटी

वैशाख १२ गते थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाएर घरहरू भत्काउँदा त्यहाँ पालिएका गाईहरू यसै अलपत्र छाडिएको सुनेपछि प्रदीप थापाको टोली त्यसै दिन साँझ त्यहाँ पुगेको थियो। प्रदीप मठमन्दिर गाईबाच्छा बचाउ समाज विकास अभियान समितिमा काम गर्छन्। उनीहरू देशभरका विभिन्न ठाउँबाट गाईहरू उद्धार...

जनमत पार्टीभित्र विवाद- मधेस सरकारलाई समर्थन कायमै र फिर्ताको पत्र

१ घण्टा अघि   सेतोपाटी

सिके राउत नेतृत्वको जनमत पार्टीमा विवाद देखिएको छ। मधेस सरकारमा निरन्तर रहने कि बाहिरिने भन्नेमा जनमत पार्टीभित्र विवाद देखिएको हो। पार्टी र मधेसका अधिकांश सांसदहरू सरकारबाट बाहिरिने पक्षमा छन्। अध्यक्ष राउतले पार्टी संसदीय दल नेता पनि परिवर्तन गरेका छन्। सोमबार...

सुनको भाउ घट्ने क्रम जारी, आज कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ घटेको छ।  सोमबार तोलामा तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा किनबेच भइरहेको...

स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ

१ घण्टा अघि   सेतोपाटी

स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अध्यक्ष जोशीलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा सोमबार पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। उनलाई प्रहरीले काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरेको हो। जोशीले स्मार्ट सेल सञ्चालन गर्न...

१० युवालाई 'कर्णाली युथ आइकन अवार्ड'

२ घण्टा अघि   सेतोपाटी

कर्णाली प्रदेशका १० जना युवालाई 'कर्णाली युथ आइकन अवार्ड' प्रदान गरिएको छ। कर्णाली युवा महोत्सवको अवसरमा प्रदेशभरका उत्कृष्ट १० युवाहरूलाई अवार्ड प्रदान गरिएको हो। कर्णालीलाई कर्मथलो बनाएर समाजको विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका, प्रेरणादायी कार्य गरेका तथा सामाजिक रुपान्तरणका क्षेत्रमा काम गरेका...

सर्वसाधारणका लागि जेठ ८ गतेदेखि आइपिओ बिक्री गर्दै कालंगा हाइड्रो

२ घण्टा अघि   सेतोपाटी

कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले...

सुकुम्बासी बस्तीमा व्यस्त डोजर रोशीमा बाटो खोल्न पठाउनू– हर्क साम्पाङ

२ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतले लिपुलेकबाट मानसरोवर जाने बाटो खोल्दा के गरिराख्नु भएको थियो भन्दै सरकारलाई प्रश्न गरेका छन्। मंगलबार विज्ञप्तिमार्फत् उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘नेपालको भूभाग लिपुलेक हुँदै भारतले कैलाश–मानसरोबर जाने बाटो खोलिरहँदा के गरिराख्नु भएको...

विद्यार्थीले राजनीति सिक्दा गुरूबाट सिकून्, नेताको भीडबाट होइन– बालेन

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले विद्यार्थीले राजनीति सिक्दा गुरूबाट सिकून भन्ने चाहना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा फेसबुकमा मंगलबार स्ट्याटस लेख्दै प्रधानमन्त्री बालेनले विद्यार्थीले नेताको भीडबाट होइन राजनीति नसिकून् भनेका हुन्। ‘विद्यार्थीले राजनीति सिक्दा गुरूबाट सिकून्, नेताको भीडबाट होइन। कर्मचारीले विधि खोजून्,...

विद्यार्थी र कर्मचारी संगठन दलका 'स्लिपर सेल' बने– प्रधानमन्त्री बालेन

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले विद्यार्थी र कर्मचारी संघ–संघटन ‘स्लिपर सेल’ भनेको टिप्पणी गरेका छन्। अध्यादेशमार्फत् दलगत कर्मचारी संगठन र विश्वविद्यालयबाट विद्यार्थी संघ–संगठन हटाउने निर्णय गर्दै ती संस्थाहरू दलको छत्रछायामा हुर्किएको र अदृश्यरूपमा तिनैलाई सहयोग गर्नेजस्तो देखिएको भन्दै स्लिपर सेलको टिप्पणी गरेका...

तुलसीपुरमा 'को–मार्ट' सञ्चालनमा

३ घण्टा अघि   सेतोपाटी

तुलसीपुरमा 'को– मार्ट' सञ्चालनमा आएको छ।  सात वर्ष कोरियामा बिताएकी गंगा गिरीले स्वदेश फर्किएर दाङमै पहिलो 'को–मार्ट' खोलेकी हुन्। जहाँ कोरियाली खानाका परिकार मात्र पाइन्छ। झन्डै १५ लाख लगानी यो मार्टमा विश्वभर लोकप्रिय विभिन्न प्रोसेस्ड फुड जस्तै कोरियन नुडल्स, चोकोपाइ, मसला, जुस...

हिरासतमै छन् शेखर गोल्छा, अर्को कसुरमा अनुसन्धान सुरू

३ घण्टा अघि   सेतोपाटी

व्यवसायी शेखर गोल्छामाथि प्रहरीले अर्को कसुरमा म्याद थपेर अनुसन्धान अघि बढाउने भएको छ। गोल्छालाई सोमबार सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी ऐन २०६३ अनुसार भएको कसुरमा धरौटीमा छाड्न परमादेश दिएको थियो। उक्त कसुर अनुसार गोल्छाले केन्द्रीय अनुसान्धान ब्युरो (सिआइबी)मा ५ लाख रुपैयाँ...

कस्ता छन् उच्च लाभांश क्षमता भएका यी कम्पनी?

४ घण्टा अघि   सेतोपाटी

सोमबारसम्म एक दर्जन लघुवित्त कम्पनीहरूले वित्तीय विवरण प्रकाशित गरेका छन्। यसमध्ये एक कम्पनीको वित्तीय विवरणमा लाभांश क्षमता खुल्दैन भने एकको लाभांश क्षमता नै ऋणात्मक छ। बाँकी यी १० मध्ये अहिले सबभन्दा धेरै लाभांश क्षमता जीवन विकास लघुवित्त र सपोर्ट लघुवित्तको...

रोशी भेलबाढीमा फसेका ८९ यात्रुको उद्धार

४ घण्टा अघि   सेतोपाटी

सोमबार राति रोशी खोलाको भेलबाढीमा फसेका ८९ यात्रुको उद्धार गरिएको छ। बिपी राजमार्ग भएर यात्रा गर्दा रोशी खोलामा बाढी आएपछि ती यात्र फसेका थिए। रोशी गाउँपालिका–७ घुमाउने चारसय बेसीस्थित रोशी खोलामा यात्रु अड्कन पुगेको प्रहरीले जनाएको छ। पूर्वतर्फबाट आउँदै गरेका...

युएई र ओमानविरूद्धको सिरिजको अन्तिम खेल खेल्दै नेपाल

४ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपालले ओमानसँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल विहान साढे नौ बजे हुनेछ।  सिरिजको पहिलो खेलमा नेपालले ओमानसँगको खेल भने गुमाएको थियो।  युएईविरूद्धका दुवै खेलमा भने नेपालले...