मौसमविद भन्छन्– सोमबार पानी पार्ने अर्को प्रणाली आउँछ
मंगलबार रातिलेखि बुधबार दिउँसोसम्म दोस्रो हिउँदे वर्षा भयो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अद्यावधिक विवरणअनुसार काठमाडौं उपत्यकासहित बुधबार देशका अधिकांश भूभागमा वर्षा भयो। तुलनात्मक रूपमा कोशी प्रदेशमा कम वर्षा भयो। महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा खानीखोला केन्द्रमा...
