अन्तुपोखरी– भैंसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म
इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैंसी चरन क्षेत्र थियो। विसं २०४० सम्म यहाँ चार गाउँका मान्छेले भैंसी चराउँथे। एकापट्टि पानीको आल थियो। अन्त पानी सुके पनि यहाँ कहिल्यै सुक्थेन। वरिपरि घर थिएन। जंगल पनि थिएन। तर, दिउँसै रात...
