डेब्यू फिल्मको मुहूर्तमा दिव्याले भनिन्– जन्मभूमिलाई कर्मभूमि बनाउन नेपाल फर्किएँ
अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझीले 'एक्टर' मार्फत नेपाली फिल्ममा डेब्यू गर्दैछिन्। यो फिल्मको मंगलबार गरिएको शुभमुहूर्त समारोहमा दिव्या पनि सहभागी भइन्। उनले अभिनेता प्रदीप खड्कासँग एउटै फ्रेममा रहेर मिडियामा कुराकानी समेत गरिन्। त्यसक्रममा दिव्याले जन्मभूमिलाई कर्मभूमि बनाउन आफू नेपाल फर्किएको...