ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू)

४ मिनेट अघि   सेतोपाटी

टुँडिखेलमा संविधान दिवस मनाइएको छ। शुक्रबार बिहान विशेष समारोह गरी संविधान दिवस मनाइएको हो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती थियो।  समारोहमा नेपाली सेनाले विभिन्न कलाकौशल प्रदर्शन गरेको थियो। ...

केपी ओलीको गम्भीर आरोप- प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानियो

३९ मिनेट अघि   सेतोपाटी

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताको हालै काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली चलाएको पाइएको दाबी गरेका छन्। भ्रष्टाचारविरूद्ध र सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजी पुस्ताले गत भदौ २३ र २४ गते काठमाडौं र देशैभर आन्दोलन गरेका थिए।...

पेरिसडाँडामा माओवादीले मनायो संविधान दिवस (तस्बिरहरू)

४६ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)ले संविधान दिवस मनाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम गरी माओवादी केन्द्रले संविधान दिवस मनाएको हो।  कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत अन्य पदाधिकारी र नेता/कार्यकर्ताको बाक्लो उपस्थिति छ।  जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते माओवादी केन्द्रको...

'लाइसेन्समा ३ पटक फेल गराउने कार्यालय' भन्दै प्रदर्शनकारीले लगाए आगो

५३ मिनेट अघि   सेतोपाटी

भदौ २४ गते अपराह्नसम्म देशका धेरैजसो सरकारी कार्यालयहरू जलिसकेका थिए। चितवनको अवस्था पनि उस्तै थियो। जिल्ला प्रशासन कार्यालय, मालपोत, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय जलाइसकेपछि प्रदर्शनकारीको ध्यान जिल्ला प्रहरी कार्यालयतिर थियो। प्रहरीहरू कार्यालय जोगाउनमा केन्द्रित थिए। भिडमा रहेका युवाहरू 'प्रहरी कार्यालय...

एमालेले यसरी मनायो संविधान दिवस (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)ले संविधान दिवस मनाएको छ।  शुक्रबार बिहान पार्टी कार्यालय च्यासलमा कार्यक्रम गरी एमालेले संविधान दिवस मनाएको हो। संविधान दिवस मनाउने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली भने उपस्थित थिएनन्।  भदौ २४ यता सेनाको सुरक्षामा रहेका उनी बिहीबारमात्रै बाहिर निस्किएका थिए। ...

छोराको खेल चलिरहदा बुबाको हृदयघातबाट निधन

१ घण्टा अघि   सेतोपाटी

श्रीलंकाका युवा स्पिनर दुनिथ वेललागेले बिहीबार एसिया कपमा अफगानिस्तानविरुद्ध खेलपछि आफ्ना बुबाको निधनबारे थाहा पाए। खेलमा श्रीलंकाले ६ विकेटको जित निकाल्दा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। २२ वर्षीय वेललागेलाई उनका बुबा सुरंगा वेललागेको कोलम्बोमा निधन भएकोबारे युएईमा खेल चलिरहँदा कुनै जानकारी...

भदौ २३ गते प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिइएको थिएन: ओली

१ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते भएको प्रदर्शनमा गोली हान्ने आदेश नभएको बताएका छन्। जेनजीले आह्वान गरेको आन्दोलन क्रममा भदौ २३ गते संसद भवनअगाडि पुगेका प्रदर्शनकारीहरूमाथि सुरक्षाकर्मीले गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो। संविधान...

च्यासलमा एमाले नेता कार्यकर्ताको चहलपहल, देखिएनन् ओली (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)ले संविधान दिवसका अवसरमा पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरेको छ।  शुक्रबार बिहान साढे ८ बजेपछि च्यासलमा संविधान दिवसको कार्यक्रम सुरू भएको हो।  कार्यक्रममा पदाधिकारी तहका नेतादेखि कार्यकर्ताको बाक्लो उपस्थिती छ। पार्टी अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा देखिएका छैनन्। ...

अष्टलक्ष्मीको अध्यक्षतामा एमालेको संविधान दिवस

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम सुरू भएको छ।  शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसको कार्यक्रम राखेको हो।  संविधान दिवस मनाउन आयोजित कार्यक्रमको अध्यक्षता अष्टलक्ष्मी शाक्यले गरेकी छन्। उनी पार्टी उपाध्यक्ष हुन्।  जेनजीको प्रदर्शनपछि अध्यक्ष केपी...

संविधान दिवस मनाउँदै एमाले, च्यासलमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)ले च्यासलस्थित पार्टी कार्यालयमा कार्यक्रम गरी संविधान दिवस मनाउँदैछ।  कार्यक्रमका लागि नेता कार्यकर्ताहरु च्यासल पुग्ने क्रम जारी छ।  च्यासलमा संविधान दिवसको कार्यक्रम हुने तय भएपछि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। बिहानैदेखि नेपाल प्रहरीको बाक्लो उपस्थिती छ। कार्यालय परिसर...

यो सामान्य अवस्थाको चुनाव होइन, तर गर्न चाहनेले नसक्ने भन्ने हुँदैन!

२ घण्टा अघि   सेतोपाटी

निर्वाचन एउटा खेल हो, फुटबल जस्तै। खेल भइसकेपछि स्वाभाविक रूपमा मैदानको जरूरत पर्छ। खेलाडीहरू यसका अभिन्न अंग हुन्। खेल भनिसकेपछि नियम आवश्यक पर्ने नै भयो। त्यसैले रेफ्री चाहिन्छ। रेफ्रीले नियम अधिनस्थ रहनुपर्ने हुनाले खेल खेलाउन नियम–विनियम पनि चाहिन्छ। निर्वाचनका दौरान पर्यवेक्षकहरू पनि...

परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता आवश्यक छ: प्रचण्ड

२ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औंल्याएका छन्।  संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको...

संविधान बाहिर गए झन् अस्थिरता निम्तन सक्छ: देउवा

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेकै संविधानबाट वर्तमान राजनीतिक परिस्थितको निकास खोज्न सकिने बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थितीमा उत्पन्न राजनीतिक ‍जटिलताको समाधान संविधानले दिने बताएका...

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र बार्सिलोनाको विजयी सुरूवात

३ घण्टा अघि   सेतोपाटी

युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र बार्सिलोनाले विजयी सुरूवात गरेका छन्। गएराति नापोलीलाई २-० गोल र बार्सिलोनाले न्यूकासललाई २-१ गोलले पराजित गर्दै सिटीले लिगमा विजयी सुरूवात गरेका हुन्। सिटीको जितमा एर्लिङ हालान्ड र जेरेमी डोकुले एक-एक गोल गरे। २१ मिनेटमा जियोभानी डि लोरेन्जो...

बढ्यो अमेरिकी डलरको मूल्य

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा कायम भएको छ। बिहीबार अमेरिकी डलर...

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु भएको छ।  हरिपूर्वा नगरपालिका-५ संग्रामपुरस्थित संग्रामपुर-बाँके सडकखण्डमा बिहीबार साँझ  बिआर ३० एई ८२२८ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना वृद्ध पैदलयात्रीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा सोही स्थानका ६८ वर्षीय गजेन्द्र...

नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना आज...

आज यी स्थानमा भारी वर्षा हुने

४ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थान (भारततर्फ) आसपास अवस्थित छ। विभागका अनुसार आज मुलुकभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही...

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

४ घण्टा अघि   सेतोपाटी

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैं विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ। समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्।...

एमालेले लिएका निर्णय, गरेका कामको गम्भीर समीक्षा हुनेछः विष्णु पौडेल

४ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले संविधान दिवसको सन्दर्भमा शुभकामना दिँदै विगतमा पार्टी ले लिएका निर्णय गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने बताएका छन्। सामाजिक सञ्जल फेसबुकमार्फत् शुभकामना सन्देश जारी गर्दै उनले युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र...

जेन–जी युवाहरूले फहराएको झन्डाको अर्थ

४ घण्टा अघि   सेतोपाटी

जेन–जी युवाहरूले भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जाल बन्दविरूद्ध भदौ २३ को आन्दोलनमा दुई किसिमका झन्डा फहराएका थिए। एउटा त नेपालको राष्ट्रिय झन्डा भइहाल्यो। अर्को थियो, कालो पृष्ठभूमिमा खोपडी र दुइटा हड्डी क्रस भएको झन्डा। फरक डिजाइन र फरक आकृतिको यो झन्डा सबैको ध्यान...

देउवा निवासमा जलेका नोट र पैसाको सुरूङ भेटिएको दृश्य भ्रामक– देउवा सचिवालय

१२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले बुढानिलकण्ठस्थित देउवा निवासमा पैसाको सुरूङ भेटिएको भनी सामाजिक सञ्जालमा गरिएको प्रचार झूटो भएको प्रस्टीकरण दिएको छ। देउवाका स्वकीय सचिव भानु देउवाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रस्टीकरण दिएका हुन्। देउवा निवासमा 'अत्यधिक पैसा...

कम काम, बढी पैसा– यस्तो सर्त राखेपछि दीपिका भइन् 'आउट'

१२ घण्टा अघि   सेतोपाटी

उच्च बजेट र अत्यधिक धेरै कलाकारका कारण चर्चा कमाएको फिल्म 'कल्की २८९८ एडी' अहिले एउटा नयाँ कारणले चर्चामा छ। कारण हो — यसको दोस्रो भागमा दीपिका पादुकोण देखिने छैनन्। फिल्म निर्माण कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै दीपिका पादुकोणले यसको सिक्वेल नखेल्ने घोषणा गरेको छ। पहिलो भागकी यी...

शृंखला खतिवडाले भनिन्– म सेल्फ-मेड व्यक्ति हुँ, हार्वर्ड पनि आफ्नै कमाइले पढेँ

१३ घण्टा अघि   सेतोपाटी

जति बेला सरकारले फेसबुकसहित सामाजिक सञ्जालका २६ वटा प्लेटफर्ममा प्रतिबन्ध लगाउँदै थियो, 'नेपोबेबी ट्रेन्ड' खुला सञ्जालहरूमा फैलिँदै थियो। यो अभियान मूलतः नेता तथा समाजका पहुँचवालाहरूका छोराछोरीप्रति लक्षित थियो। करदाताको पैसामा नेता र पहुँचवालाका सन्तानले विलासी जीवन भोग गरेको भन्दै यो ट्रेन्ड संसारका धेरै...